default_image

3 years ago

August 18, 2021

साफमा नेपालको पहिलो खेल माल्दिभ्ससँग

काठमाडौं (हाम्रो खेलकुद)– आयोजक समेत रहेको साविक विजेता माल्दिभ्ससँग खेल्दै नेपालले यस पटकको साफ च्याम्पियनसिपको सुरुवात गर्ने भएको छ । ५ राष्ट्रको सहभागिता रहने साफ च्याम्पियनसिप असोज १५ गतेदेखि माल्दिभ्समा सुरु हुँदैछ । सन् २०१८ मा बंगलादेशमा भएको पछिल्लो साफको सेमिफाइनलपछि नेपाल र माल्दिभ्सबीच पहिलो पटक भेट हुनेछ । त्यति बेला नेपाल सेमिफाइनलमा माल्दिभ्ससँग ३–० […]

100 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– आयोजक समेत रहेको साविक विजेता माल्दिभ्ससँग खेल्दै नेपालले यस पटकको साफ च्याम्पियनसिपको सुरुवात गर्ने भएको छ । ५ राष्ट्रको सहभागिता रहने साफ च्याम्पियनसिप असोज १५ गतेदेखि माल्दिभ्समा सुरु हुँदैछ ।

सन् २०१८ मा बंगलादेशमा भएको पछिल्लो साफको सेमिफाइनलपछि नेपाल र माल्दिभ्सबीच पहिलो पटक भेट हुनेछ । त्यति बेला नेपाल सेमिफाइनलमा माल्दिभ्ससँग ३–० ले पराजित भएको थियो । यसपटक माल्दिभ्ससँग खेल्दै नेपालले साफको सुरुवात गर्नेछ ।

मालेमा हुने च्याम्पियनसिपमा नेपालले आफ्नो दोस्रो खेल श्रीलंकाविरुद्ध आसोज १७ गते खेल्नेछ । त्यस्तै तेस्रो खेल नेपाली टोली साफको सर्वाधिक सफल टोली भारतसँग असोज २२ गते खेल्नेछ । असोज २५ गते नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ ।

राउन्ड रोविन लिगको शीर्ष २ टोलीले असोज २७ गते उपाधिका लागि फाइनल खेल्नेछन् । नेपाल टोलीले अहिलेसम्म साफको सेमिफाइनल पार गर्न सकेको छैन । यति बेला नेपाली टोली साफ च्याम्पियनसिपको तयारीका क्रममा पोखरामा प्रशिक्षण गरिरहेको छ ।

प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले साफ च्याम्पियनसिपको तयारीमा रहेको टोलीबाट सोमबार मात्र तेस्रो चरणको छनोटमा २८ खेलाडी छनोट गरेका थिए । पोखरा भ्रमणका लागि घोषणा गरिएको ३८ सदस्यीय टोलीबाट १० खेलाडी सोमबार बाहिरिएका हुन् । अनुभवी फरवार्ड भरत खवास, मिडफिल्डर विक्रम लामा र डिफेन्डर रञ्‍जित धिमाल साफ च्याम्पियनसिपको टोलीमा नहुने पक्का भएको छ । यस्तै फरवार्ड जर्जप्रिन्स कार्की, राजीव लोप्चन, संजोक राई, त्रिदेव गुरुङ, सेसेहाङ आङदेम्बे, रन्दिप पौडेल र विशाल सुनार पनि टोलीबाट बाहिरिएका छन् ।

नेपालले साफ च्याम्पियनसिपको तयारीका लागि भारतसँग दुई मैत्रीपूर्ण खेल खेल्दैछ । खेल भदौ १७ र २० गते दशरथ रंगशालामा हुनेछ । नेपाली टोली हाल दुई साता लामो प्रशिक्षण क्याम्पका लागि पोखरामा छ ।

हाल टोलीमा रहेका खेलाडीमध्य अर्पण कार्की, शिशिर लेखी र राजन गुरुङ पहिलो पटक सिनियर टोलीमा स्थान बनाउन प्रयासरत छन् । यी तीनसँगै गोलरक्षक विशाल श्रेष्ठ, दीप कार्की र अर्पण कार्कीले भने राष्ट्रिय टोलीबाट डेब्यु गरेका छैनन् । बाँकी सबै खेलाडीले सिनियर टोलीको अनुभव बोकिसकेका छन् ।

२८ सदस्यीय टोली :

किरण चेम्जोङ, विशाल श्रेष्ठ, दीप कार्की, विकेश कुथु, अर्पण कार्की, सुमन अर्याल, दिनेश राजवंशी, गौतम श्रेष्ठ, अनन्त तामाङ, रोहित चन्द, सुरज ठकुरी, सुमन लामा, कमल थापा मगर, नितिन थापा, तेज तामाङ, राजन गुरुङ, पुजन उपरकोटी, विशाल राई, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुनिल बल, मनिष डाँगी, अन्जन विष्ट, आयुष घलान, नवयुग श्रेष्ठ, आशिष लामा, अभिषेक रिजाल, शिशिर लेखी

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

April 25, 2024

एभर्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]

Success

Thank you for your time.