default_image

3 years ago

August 18, 2021

बार्सिलोनामा कोउटिन्होलाई अर्को मौका

एजेन्सी – फिलिप्पे कोउटिन्होले बार्सिलोनामा अर्को एक पटक मौका पाउने भएका छन् । प्रशिक्षक रोनाल्ड कोम्यान र क्लबकानिर्देशकहरु कोउटिन्होलाई क्याम्प नोउमा तेस्रो पटक मौका दिने निर्णय गरेका छन् । अन्य क्लबबाट अपेक्षा अनुसारको प्रस्ताव नआएपछि ब्राजिलियन मिडफिल्डरलाई २०२१-२२ सिजनका लागि राख्नका लागि बार्सिलोना तयार भएको हो । २०१७-१८ सिजनको मध्यमा लिभरपुलबाट बार्सिलोना पुगेका कोउटिन्हो उच्च […]

50 views

0 Bookmark

एजेन्सी – फिलिप्पे कोउटिन्होले बार्सिलोनामा अर्को एक पटक मौका पाउने भएका छन् । प्रशिक्षक रोनाल्ड कोम्यान र क्लबकानिर्देशकहरु कोउटिन्होलाई क्याम्प नोउमा तेस्रो पटक मौका दिने निर्णय गरेका छन् ।

अन्य क्लबबाट अपेक्षा अनुसारको प्रस्ताव नआएपछि ब्राजिलियन मिडफिल्डरलाई २०२१-२२ सिजनका लागि राख्नका लागि बार्सिलोना तयार भएको हो । २०१७-१८ सिजनको मध्यमा लिभरपुलबाट बार्सिलोना पुगेका कोउटिन्हो उच्च प्रदर्शनका लागि संघर्ष गरिरहेका छन् । २०१९-२० को सिजनमा उनी लोनमा बायर्न म्युनिख पुगेका थिए । उनले उक्त अवधिमा बार्सिलोनाविरुद्ध नै च्याम्पियन्स लिग खेलमा ८-२ को जित दर्ता गरेपछि समर्थक रुष्ट बनेका थिए ।

त्यसपछि गत सिजन बार्सिलोना फर्केपछि उनलाई क्लबलले मौका दिएको थियो । त्यो मौकालाई राम्रो सदुपयोग गरेका कोउटिन्होका लागि चोटले सताएको थियो । चोटका कारण उनी लामो समय मैदान बाहिर रहे । यसपटक प्रि सिजनमा फिटनेस उनका लागि चिन्ताको विषय रह्यो । जसका कारण उनले खासै प्रभाव पार्न सकेनन् । क्लब उनलाई विक्री गर्न चाहन्थ्यो । तर त्यस्तो आकर्षक प्रस्ताव नआएपछि क्लबले २९ वर्षे खेलाडीलाई यो सिजन राख्ने तय गरेको छ ।

बार्सिलोनालाई पनि अहिले मिडफिल्डर जरुरी रहेको छ । जब जर्जिनियो वाइनाल्डमलाई भित्राउन असफल भएपछि कोउटिन्होलाई राख्न बार्सिलोना तयार भएको थियो । अर्को लिओनल मेस्सीको बहिर्गमनले पनि गोल गर्ने र अवसर सिर्जना गर्ने क्षमता रहेकाले कोउटिन्होलाई विकल्पका रुपमा हेरिएको छ । तर पनि कोउटिन्होलाई सहज भने पक्कै हुने छैन ।

बार्सिलोनाका समर्थकसँग पनि कोउटिन्होको खासै राम्रो सम्बन्ध रहन सकेको छैन । जसले गर्दा उनलाई बेन्चमै सिमित पनि पार्न सक्छ । ठूलो रकममा बार्सिलोना नपुगेका उनले एक पटक फेरि आफूलाई प्रमाणित गर्ने मौका भने पाउने भएका छन् ।

April 24, 2024

युभेन्ट्स कोपा इटालियाको‌ फाइनलमा

एजेन्सी – युभेन्ट्स कोपा इटालियाको फाइनलमा प्रवेश गरेको छ। खेलको अन्त्यतिर गोल गरेपछि समग्रमा लाजियोलाई ३-२ ले पछि पार्दै युभेन्टस अन्तिम दुईमा पुगेको हो। बुधबार भएको दोस्रो लेगमा २-१ ले पराजित भएको युभेन्ट्सले पहिलो लेगमा २-० को‌ जित निकालेको थियो।८३ औं मिनेटमा परिवर्तित खेलाडीका रुपमा मैदान प्रवेश गरेको केही सेकेन्डमै आर्काडिउज मिलिकले गोल गरेपछि युभेन्ट्सको […]

April 24, 2024

चेल्सीमाथि आर्सनलको सानदार जित

एजेन्सी – आर्सनलले इंग्लिस प्रिमियर लिगमा ३ अंकको‌ स्पष्ट अग्रता लिएको छ। चेल्सीलाई मंगलबार ५-० ले हराउँदै आर्सनलले दोस्रो स्थानको लिभरपुललाई ३ अंकले पछि छाडेको छ । आर्सनलको ७७ अंक छ । लिभरपुलले एक खेल कम खेलेको छ भने २ खेल कम खेलेको तेस्रो स्थानको म्यानचेस्टर सिटी ७३ अंक छ।एफए कपको सेमिफाइनलमा सिटी सँग पराजित […]

April 23, 2024

महिला लिग छनोटमा लुम्बिनीको पहिलो जित

सुर्खेत (हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले महिला लिग छनोटमा पहिलो जित हासिल गरेको छ । उत्कृष्ट पूनरागमन गर्दै लुम्बिनीले मंगलबार बागमती प्रदेशलाई ३–१ को नतिजामा माथ दिएको हो । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलमा पहिलो अग्रता बागमतीले बनायो। २४औं मिनेटमा सुमित्रा तामाङको गोलमा बागमती अगाडि लागेको थियो । तर यो अग्रता खेलको ४०औं मिनेटमा […]

Success

Thank you for your time.