default_image

3 years ago

August 18, 2021

तिम्सिना आई लिग च्याम्पियन गोकुलमको गोलरक्षक प्रशिक्षक

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली प्रशिक्षक मनीष तिम्सिना भारतको आइ लिग च्याम्पियन गोकुलम केरेला एफसीको गोलरक्षक प्रशिक्षक नियुक्त भएका छन् । एएफसी ए लाइन्स कोर्षमा सहभागी भएका ३३ वर्षीय तिम्सिना र केरेलाबीच सोमबार सन् २०२१-२२ को सिजनका लागि सम्झौता भएको हो । सम्झौता अनुसार उनी सन् २०२२ मे अन्तिमसम्म क्लबमा आबद्ध रहनेछन् । आइ लिग […]

104 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली प्रशिक्षक मनीष तिम्सिना भारतको आइ लिग च्याम्पियन गोकुलम केरेला एफसीको गोलरक्षक प्रशिक्षक नियुक्त भएका छन् ।

एएफसी ए लाइन्स कोर्षमा सहभागी भएका ३३ वर्षीय तिम्सिना र केरेलाबीच सोमबार सन् २०२१-२२ को सिजनका लागि सम्झौता भएको हो । सम्झौता अनुसार उनी सन् २०२२ मे अन्तिमसम्म क्लबमा आबद्ध रहनेछन् ।

आइ लिग टोलीमा कुनै पनि नेपाली प्रशिक्षक आबद्ध भएको यो पहिलो अवसर हो । गोकुलम त्यहि टोली जसको महिला टोलीले महिला आई लिग जित्दा त्यसबाट नेपाली राष्ट्रिय टोलीकी सावित्रा भण्डारीले खेलेका थिइन् । गत सिजन गोकुलमको महिला र पुरुष दुवै टोलीले लिग उपाधि जित्न सफल भएको थियो ।

तिम्सिनाले आई लिग टोलीको गोलकिपर प्रशिक्षक नियुक्त हुनुलाई आफ्नोसँगै नेपाली फुटबलका लागि पनि खुसीको खबर भएको बताएका छन् । ‘नेपालमा स्तरीय प्रशिक्षक छन् भन्ने विश्वास दक्षिण एसियाको फुटबलको पावर हाउस मानिने भारतका क्लबमा भएको छ’, उनले भने, ‘त्यसअर्थ खुसी छु । हाम्रा कामलाई यसरी मुल्याङ्कन गरिँदो रहेछ ।

एन्फाको धरान एकेडेमीका गोलकिपर प्रशिक्षकका रुपमा कार्यरत ३३ वर्षे तिम्सिनाले खेलाडीका रुपमा थ्री स्टार, आरसिटी, हिमालयन शेर्पा, बाँसबारी, स्वयम्मु, ब्रिगेड ब्वाइजबाट खेलिसकेका छन् ।

पूर्वाञ्चलबाट पाँचौ राष्ट्रिय खेलकुदमा स्वर्ण पदक जितेका मनीष आठ वर्षयता प्रशिक्षणमा सामेल छन् । विराटनगरका उनले साफ यू १५ मा नेपाली टोलीको गोलकिपर प्रशिक्षकको भूमिका पनि निर्वाह गरिसकेका छन् ।

आई लिग टोलीको मौकाले भविष्यमा त्यसले नेपाली फुटबललाई नै फाइदा पुग्ने विश्वास लिएको बताएका छन् । ‘नेपालका खेलाडी वा प्रशिक्षकले व्यवसायिक रुपमा विदेशी क्लबमा मौका पाउँदा अन्तत त्यसले देशकै फुटबल विकासमा मद्दत पुग्छ भन्ने लाग्दछ’, उनले भने, ‘यसले भविष्यमा अन्य प्राविधिक जनशक्तिलाई पनि मौकाको ढोका खुलेको महसुस गरेको छु ।’

तिम्सिनालाई बुधबार अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पाले विदाई गरे ।

April 24, 2024

रानीवन र गोलबजारको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक सी डिभिजन लिगमा पुछारमा रहेको गोलबजार स्पोर्ट्स क्लबसँग रानीवन स्पोर्ट्स क्लब १–१ को बराबरीमा रोकिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा योञ्जन हमालको गोलमा खेलको १६औं मिनेटमा गोलबजारले अग्रता बनायो। तर यो अग्रतालाई जोगाउन भने सकेन। ४४औं मिनेटमा हिमाञ्चल सिंहले बराबरी गोल फर्काए । दोस्रो हाफमा दुवै टिमबाट […]

April 24, 2024

शीर्षस्थानको कोशीसँग गण्डकीको हार

सुर्खेत (हाम्रो खेलकुद) – समिक्षा मगरको गोलमा कोशी प्रदेशले महिला लिग छनोट गण्डकी प्रदेशलाई ३–० ले सहजै हराएको छ । लगातार तेस्रो जितपछि ९ कोशी शीर्षस्थानमा छ । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा बुधबार भएको खेलमा कोशीले एकपक्षीय दबाब बनायो। छैटौं मिनेटमा समिक्षाले गोल गर्दै टोलीलाई पहिलो हाफमा १–० को अग्रता दिलाइन् । गण्डकी दोस्रो हाफमा […]

April 24, 2024

युभेन्ट्स कोपा इटालियाको‌ फाइनलमा

एजेन्सी – युभेन्ट्स कोपा इटालियाको फाइनलमा प्रवेश गरेको छ। खेलको अन्त्यतिर गोल गरेपछि समग्रमा लाजियोलाई ३-२ ले पछि पार्दै युभेन्टस अन्तिम दुईमा पुगेको हो। बुधबार भएको दोस्रो लेगमा २-१ ले पराजित भएको युभेन्ट्सले पहिलो लेगमा २-० को‌ जित निकालेको थियो।८३ औं मिनेटमा परिवर्तित खेलाडीका रुपमा मैदान प्रवेश गरेको केही सेकेन्डमै आर्काडिउज मिलिकले गोल गरेपछि युभेन्ट्सको […]

Success

Thank you for your time.