default_image

3 years ago

August 19, 2021

ग्रिजमन बार्सिलोनामै रहने

एजेन्सी – एन्टोइन ग्रिजमनले बार्सिलोनाबाट आफू अर्को सय खेल पूरा गर्ने योजनामा रहेको बताएका छन् । गत साता बार्सिलोनाबाट सय खेल पूरा गरेपछि ग्रिजमनले यस्तो बताएका हुन् । रियल सोसिडाडविरुद्ध खेल्दै सिजनको सुरुवात गरेको बार्सिलोनाका लागि ग्रिजमनको त्यो एक सयौं खेल थियो । केहि साता अघि सम्म पनि उनले बार्सिलोना छाड्ने चर्चा थियो । तर […]

45 views

0 Bookmark

एजेन्सी – एन्टोइन ग्रिजमनले बार्सिलोनाबाट आफू अर्को सय खेल पूरा गर्ने योजनामा रहेको बताएका छन् । गत साता बार्सिलोनाबाट सय खेल पूरा गरेपछि ग्रिजमनले यस्तो बताएका हुन् ।

रियल सोसिडाडविरुद्ध खेल्दै सिजनको सुरुवात गरेको बार्सिलोनाका लागि ग्रिजमनको त्यो एक सयौं खेल थियो । केहि साता अघि सम्म पनि उनले बार्सिलोना छाड्ने चर्चा थियो । तर अब भने फ्रान्सेली स्टारले लामो समय क्याम्प नोउमा बस्न चाहेको बताएका छन् ।

ग्रिजमनले के भने

‘सय खेल पूरा गरेकोमा मलाई गर्व छ । आशा छ म अर्को सय खेल पनि खेल्ने छु र टोलीको इतिहास निर्माणका लागि सक्ने सबै गर्नेछु’, उनले भने, ‘म मैदान बाहिर र भित्र दुवै ठाँउबाट क्लबलाई मद्दत गर्न चाहान्छु । आक्रमण र रक्षापक्तिमा सहयोग गर्नुका साथै बार्सिलोनामा रमाउन चाहन्छु ।’

ग्रिजमनको सय खेल

ग्रिजमनले बार्सिलोनाका लागि ला लिगाका ७८, च्याम्पियन्स लिगका १६, कोपा डेल रेका ९ र स्पेनिस सुपर कपका ३ खेल खेलेका छन् । सन् २०१९ मा एट्लेटिको म्याड्रिडबाट बार्सिलोनामा आबद्ध भएका ग्रिजमनले सय खेलमा उनले ३५ गोल गरेका छन् । बार्सिलोनाका लागि सर्वाधिक गोल गर्ने फ्रान्सेली खेलाडी थिएरी हेनरीको कीर्तिमानलाई बराबरी गर्न ग्रिजमन १४ गोलले टाढा छन् ।

ग्रिजमनले बार्सिलोना छाड्लान् ?

बार्सिलोना आर्थिक रुपमा कमजोर अवस्थामा छ । सिजनको सुरुवातमा बार्सिलोनाले उनलाई विक्री गर्न चाहेको थियो । बार्सिलोनामा उनी सर्वाधिक पारिश्रमिक लिने खेलाडी मध्ये पर्दछन् । ग्रिजमन जस्तो खेलाडीलाई राख्न कठिन हुने क्लबका अध्यक्ष जोन लार्पोटाले गत महिना बताएका थिए ।

ग्रिजमनका लागि टोलीले सोचे जस्तो प्रस्ताव पाउन सकेन । उनलाई विक्री गर्ने विषयमा भने क्लब खुला रहेको बताइको थियो । तर अब सरुवा बजार बन्द हुन दुई साता मात्र बाँकी रहेकोले कम्तीमा अहिले ग्रिजमनको विक्रीको सम्भवना देखिएको छैन ।

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

Success

Thank you for your time.