default_image

3 years ago

August 19, 2021

अगुएरोले मेस्सीको १० नम्बर जर्सी नलगाउने

एजेन्सी – बार्सिलोनामा लिओनल मेस्सीले खेलाडीका रुपमा जुन कीर्तिमान बनाएका थिए । उनको जस्तो प्रदर्शन अर्को खेलाडीले दोहोराउन कठिन देखिन्छ । झन्डै २ दशक क्लबको बसाईमा मेस्सीले क्लबलाई र आफूलाई बेग्लै उचाईमा पुर्याए । जहाँ उनले जर्सी नं १० लगायर आफ्नो यात्राको अन्त्य गरेका थिए । त्यहि नम्बरको जर्सी क्लबमा लगाउन अन्य खेलाडीले भने आँट […]

64 views

0 Bookmark

एजेन्सी – बार्सिलोनामा लिओनल मेस्सीले खेलाडीका रुपमा जुन कीर्तिमान बनाएका थिए । उनको जस्तो प्रदर्शन अर्को खेलाडीले दोहोराउन कठिन देखिन्छ । झन्डै २ दशक क्लबको बसाईमा मेस्सीले क्लबलाई र आफूलाई बेग्लै उचाईमा पुर्याए ।

जहाँ उनले जर्सी नं १० लगायर आफ्नो यात्राको अन्त्य गरेका थिए । त्यहि नम्बरको जर्सी क्लबमा लगाउन अन्य खेलाडीले भने आँट गरेको देखिन्न । मेस्सीले बनाएको त्यो उचाईका कारण उनले लगाएको जर्सी नम्बर लगाउन अन्य खेलाडीले हिच्किचाएको बुझ्न सकिन्छ । मेस्सीका नजिकका साथ रहेको अर्जेन्टिनी फरवार्ड सर्जियो अगुएरोले १० नम्बर जर्सी नलगाउने भएका छन् । उनले १९ नम्बर जर्सी लगाउने भएका छन् ।

१० नम्बर जर्सी कसैले लगाउँदै भन्ने प्रश्नमा बार्सिलोनाका रक्षक जेरार्ड पिकेले भनेका छन्, ‘कसैले त्यो आट गरेका छैनन् । कसैले त लगाउनु पर्छ भन्ने हो । मैले अगुएरोलाई भनेको थिए । तर उनी त्यसमा पक्का हुन सकेनन् ।’ अहिले समाजिक सञ्जालमार्फत अगुएरोले आफूले प्रयोग गर्ने जर्सी १९ सार्वजनिक गरेका छन् ।

April 16, 2024

आरसी ३२ को तेस्रो जित

काठमाडौं (हाम्रो खेलकुद)– आरसी–३२ ले सहिद स्मारक लिग ‘सी’ डिभिजनमा लगातार तेस्रो जित निकाल्दै शीर्ष स्थानमा उक्लेको छ । सातदोबाटोको एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा आरसीले महावीरलाई १–० ले हरायो । अर्को खेलमा बागमती युवा क्लबले सामाजिक युवा क्लबलाई २–० ले पराजित गरेको छ । विवेक राईले २८ औं मिनेटमा गरेको गोल आरसी ३२ का […]

April 16, 2024

चेल्सीको‌ जितमा पाल्मेरको ४ गोल

एजेन्सी – चेल्सीले इंग्लिस प्रिमियर लिगमा सोमबार सानदार जित निकालेको छ। घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीले एभर्टनलाई ६-० ले हराएको हो । चेल्सीका कोले पाल्मेरले ४ तथा निकोलस ज्याक्सन र अल्फी गिलक्रिस्टले समान १ गोल गरेका थिए। १३ औं मिनेटमा पहिलो गोल गरेका पाल्मेरले २९ औंमा ह्याट्रिक पूरा गरेका थिए। उनले दोस्रो गोल […]

April 16, 2024

पुलिस जीतपुरसिमरा गोल्डकप च्याम्पियन

सुनिल गाउँले, सिमरा नेपाल पुलिस क्लबले जगदम्बा स्टिल १४ औं जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । सिमरा रंगशालामा सोमबार भएको प्रतिस्पर्धात्मक फाइनल खेलमा मच्छिन्द्र क्लबलाई टाइब्रेकरमा ४–३ ले हराउँदै पुलिसले वर्षको पहिलो उपाधि जितेको छ । निर्धारित ९० मिनेट र थप समय गोलरहित बराबरीमा टुंगिएपछि टाइब्रेकरमा पुलिसले बाजी मारेको थियो । परिवर्तित गोलकिपर […]

Success

Thank you for your time.