default_image

3 years ago

August 19, 2021

पीएसजीमा कसले हान्छ पेनाल्टी ?

एजेन्सी – यो सिजनको समरसँगै फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) मा स्टार खेलाडीको बाहुल्यता भएको छ । विश्व फुटबलमा छुट्टै पहिचान बनाएका स्टार फरवार्ड, डिफेन्डर र गोलरक्षकले पीएसजी भरिएको छ । दुई साताअघि मात्रै विश्व फुटबलका हस्ती अर्जेन्टिनी लियोनेल मेस्सी फ्रि ट्रान्सफरमा पीएसजी पुगेका छन् । स्पेनिस सेन्टरब्याक सर्जियो रामोस पनि फ्रि एजेन्टमा रियल […]

45 views

0 Bookmark

एजेन्सी – यो सिजनको समरसँगै फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) मा स्टार खेलाडीको बाहुल्यता भएको छ । विश्व फुटबलमा छुट्टै पहिचान बनाएका स्टार फरवार्ड, डिफेन्डर र गोलरक्षकले पीएसजी भरिएको छ ।

दुई साताअघि मात्रै विश्व फुटबलका हस्ती अर्जेन्टिनी लियोनेल मेस्सी फ्रि ट्रान्सफरमा पीएसजी पुगेका छन् । स्पेनिस सेन्टरब्याक सर्जियो रामोस पनि फ्रि एजेन्टमा रियल म्याड्रिडबाट पीएसजी पुगेका छन् । स्टार खेलाडीद्वय ब्राजिली नेयमार जुनियर र फ्रान्सेली केलियन एमबाप्पे पीएसजीमै रहेका छन् ।

जिओर्जिनिओ वाइनाल्डम र अचरफ हाकिमी पनि यसै समरमा पीएसजी पुगेका छन् । स्टार खेलाडीले भरिएको पीएसजीको मुख्य लक्ष्य च्याम्पियन्स लिग जित्नु नै रहेको छ ।स्टार खेलाडीले भरिएको पीएसजीले खेलमा पेनाल्टी पाउँदा कसले प्रहार गर्ला भन्ने सबैको चासोको विषय बनेको छ ।

अझ पिएसजीमा चार खेलाडी एकैपटक खेलेको अवस्थामा कसले पेनाल्टी प्रहार गर्ला भन्ने सबैलाई चासो हुनेछ । मेस्सीले बार्सिलोनामा लगातार पेनाल्टी प्रहार गर्दै आइरहेका छन् । क्रिस्टियानो रोनाल्डोको बर्हिगमनपछि रियल म्याड्रिडमा सर्जियो रामोसले पेनाल्टी प्रहार गर्दै आएका थिए । पीएसजीमा नेयमार र एमबाप्पेले आलोपालो पेनाल्टी प्रहार गर्दा प्राय पेनाल्टी नेयमारले नै प्रहार गर्ने गर्दछन् । पेनाल्टी प्रहारकै विषयमा नेयमार र एडिन्सन काभानीबीच विवाद भएको फुटेज बाहिरिएको थियो ।

एक टोलीमा चार जना पेनाल्टी प्रहार गर्ने खेलाडी रहँदा मेस्सी र नेयमारले पेनाल्टी प्रहार गर्ने सम्भावना बढी छ । तर मेस्सीको पेनाल्टी तथ्यांक खासै राम्रो छैन । मेस्सी पीएसजी जानुअघि नेयमारले पहिलो रोजाईमा पेनाल्टी प्रहार गर्दै आइरहेका छन् । मेस्सी र नेयमारको अनुपस्थितिमा यो जिम्मेवारी एमबाप्पेले पाउने सम्भावना छ । त्यसपछि मात्रै रामोसको पालो आउन सक्नेछ ।

तर यो निर्णय प्रशिक्षक मौरिसियो पोचेटिनोको निर्णयमा नै भर पर्नेछ । अर्थात खेलाडीहरुबीच नै समझदारी पनि हुन सक्ने सम्भावना छ । यसअघि मेस्सीले बार्सिलोनामा रहँदा पटक पटक अन्य खेलाडीलाई पेनाल्टी प्रहार गर्न दिएको नजिर पनि छ ।

मेसी, नेयमार, एमबाप्पे र रामोसको पेनाल्टी तथ्यांक

मेसीले अहिलेसम्म आफ्नो करियरमा १३० पेनाल्टी प्रहार गरेका छन् । त्यसमध्ये उनले १०१ लाई गोलमा परिणत गरेका छन् । बाँकी २९ पेनाल्टी चुकाएका छन् । यो तथ्यांक हेर्दा उनी पेनाल्टी प्रहारमा ७७ प्रतिशत सफल छन् ।

त्यस्तै, नेयमारले हालसम्म ७६ पेनाल्टी प्रहार गरेका छन् । जसमध्ये ६२ पेनाल्टीमा गोल गरेका छन् । १४ पेनाल्टी चुकाएका छन् । यो तथ्यांकलाई हेर्दा नेयमार ८१ प्रतिशत सफल छन् । भेट्रान डिफेन्डर रामोसले हालसम्म ३५ पेनाल्टी प्रहार गरेका छन् । जसमध्ये ३० गोल हुदा ५ चुकेको छ । यस हिसाबमा एमबाप्पे पेनाल्टी प्रहारमा ८५ प्रतिशत सफल छन् ।

एमबाप्पेले हालसम्म १६ पेनाल्टी प्रहार गरेका छन् । जसमध्ये १३ गोल भएको छ । ३ पेनाल्टी चुकेको छ । उनी पेनाल्टी प्रहारमा ८१ प्रतिशत सफल छन् ।

पछिल्लो तथ्यांकमा मेस्सी, नेयमार र एमबाप्पेभन्दा रामोसको रेकर्ड राम्रो छ । उनले पछिल्ला १० पेनाल्टीलाई गोलमा परिणत गरेका छन् । नेयमार र एमबाप्पे दुबैले पछिल्ला १० मध्ये ९ पेनाल्टीमा गोल गरेका छन् । मेस्सीले १० मध्ये ८ लाई गोलमा परिणत गरेका छन् ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.