default_image

3 years ago

August 19, 2021

जर्गिन्हो, कान्टे र डि ब्रुएन युइएफए वर्ष खेलाडीको शीर्ष तीनमा

एजेन्सी – इंग्लिस क्लब चेल्सीका मिडफिल्डरद्धय जर्गिन्हो र एङ्गोलो कान्टेसँगै म्यानचेस्टर सिटीका केभिन डि ब्रुएन युइएफए वर्ष खेलाडीको शीर्ष तीनको मनोनयनमा परेका छन् । युइएफएले २०२०–२१ सिजनको वर्ष पुरुष खेलाडीको शीर्ष तीनको मनोनयन सार्वजनिक गरेको हो । युईएफ वर्ष खेलाडीको अवार्डको मनोनयनमा पहिलोपटक तीन जना नै मिडफिल्डर पर्न सफल भएको हो । गत सिजन दोस्रो […]

50 views

0 Bookmark

एजेन्सी – इंग्लिस क्लब चेल्सीका मिडफिल्डरद्धय जर्गिन्हो र एङ्गोलो कान्टेसँगै म्यानचेस्टर सिटीका केभिन डि ब्रुएन युइएफए वर्ष खेलाडीको शीर्ष तीनको मनोनयनमा परेका छन् ।

युइएफएले २०२०–२१ सिजनको वर्ष पुरुष खेलाडीको शीर्ष तीनको मनोनयन सार्वजनिक गरेको हो । युईएफ वर्ष खेलाडीको अवार्डको मनोनयनमा पहिलोपटक तीन जना नै मिडफिल्डर पर्न सफल भएको हो ।

गत सिजन दोस्रो भएका बेल्जियन केभिन डि ब्रुएनले सिटीलाई प्रिमियर लिगको उपाधि दिलाएका थिए । यस्तै टोलीलाई च्याम्पियन्स लिगको फाइनलमा पु¥याउन सफल भएका थिए । चोटका कारण उनले चेल्सीविरुद्धको फाइनल खेल गुमाएका थिए ।

इटालीका जर्गिन्हो एकै वर्षमा च्याम्पियन्स लिग र युरोपेली च्याम्पियनसिप जित्ने १०औं खेलाडी बने । उनले चेल्सीबाट च्याम्पियन्स लिग तथा इटालीबाट युरोकप जित्न सफल भएका थिए ।

चेल्सीले च्याम्पियन्स लिग जित्दा एङ्गोलो कान्टे टोलीका मुख्य सदस्य रहेका थिए । विशेष गरी सेमिफाइनलमा स्पेनिस क्लब रियल म्याड्रिडविरुद्ध र फाइनलमा प्रिमियर लिग प्रतिद्धन्द्धी म्यानचेस्टर सिटीविरुद्ध उनले अद्भुत प्रदर्शन गरेका थिए । युरोकपमा उनको प्रदर्शन औसतकै रहेको थियो ।

शीर्ष १० मा क्याटलान क्लब बार्सिलोना (हाल पीएसजी) का अर्जेन्टिनी फरवार्ड लियोनेल मेस्सी र शीर्ष पाँचमा जर्मन क्लब बायर्न म्युनिखका पोलिस फरवार्ड रहे । एसी मिलान (हाल पीएसजी) तथा इटालीका जियानलुइजी डोन्नररुम्मा, पीएसजी तथा फ्रान्सका केलियन एमबाप्पे, म्यानचेस्टर सिटी तथा इंग्ल्यान्डका रहिम स्टर्लिङ, युभेन्ट्स तथा पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र बोरुसिया डर्टमुन्ड तथा नर्वेका एर्लिङ हालान्ड क्रमशः शीर्ष १० मा रहे ।

यो अवार्डको लागि युईएफएले एक सिजन भर खेलाडीले गरेको प्रदर्शनलाई मापन गर्दै छनोट गर्ने गर्दछ । जसमा युरोकपको २४ राष्ट्रका प्रशिक्षक, गत सिजनको च्याम्पियन्स लिगका ३२ र युरोपा लिगको ४८ गरी ८० प्रशिक्षक, युरोपियन स्पोर्ट्स मिडिया (इएसएम) का ५५ जना खेल पत्रकारको मतबाट खेलाडी छनोट गर्ने गरिन्छ । एकै क्लब तथा राष्ट्रका प्रशिक्षकले आफ्नै खेलाडीलाई मत दिन पाइनेछैन ।

युईएफए वर्ष खेलाडीको महिलातर्फका शीर्ष तीनको मनोनयमा बार्सिलोनाकै तीन खेलाडी हर्माेसो, मार्टिन्स र पुटेलास मनोनयमा परेकी छन् ।

पुरुष प्रशिक्षकतर्फ म्यानेस्टर सिटीका पेप ग्वार्डिओला, इटालीका रोबर्टाे मान्सिनी र चेल्सीका थोमस टुचेल मनोनयनमा छन् । महिला प्रशिक्षकतर्फ कोर्टेस, जरहार्डसन र हाएस शीर्ष तीनको मनोनयनमापर्न सफल भएकी छन् ।

पुरुष गोलरक्षकतर्फ रियल म्याड्रिड तथा बेल्जियनका थिवाउट कोर्टुवा, ब्राजिल तथा म्यानचेस्टर सिटीका इडर्सन मोराएस र चेल्सीका इडुआर्ड मेन्डी मनोनयमा परेका छन् । डिफेन्डरतर्फ सेसर एज्पिलिक्वेटा, रुवेन डियास र एन्टेनियो रुडिगर छन् ।

मिडफिल्डमा केभिन डि ब्रुएन, जर्गिन्हो र एङ्गोलो कान्टे तथा फरवार्डमा हालान्ड, रोबर्ट लेवान्डोस्की र केलियन एमबाप्पे मनोनयनमा परेका छन् ।

महिला गोलरक्षकतर्फ वर्गर, इन्डलेर र पानोस शीर्ष तीनको मनोनयनमा छिन् । डिफेन्समा इरिक्सन, मापी लिओन र पारेडेस रहेकी छिन् । मिडफिल्डमा बोनमाती, जि र पुटेलास रहँदा फरवार्डमा ग्राहम हान्सेन, हर्माेसो र मार्टिन शीर्ष तीनको मनोनयनमा परेकी छिन् ।

यस्तै युरोपा लिगतर्फ इडिन्सन काभानी, ब्रुनो फर्नान्डेस र जेराड मोरेनो वर्ष खेलाडीको सुचीमा शीर्ष तीनको मनोनयमा परेका छन् ।

विजेताको घोषणा २६ अगस्टमा हुनेछ । सोही दिन नयाँ सिजनको च्याम्पियन्स लिग र युरोपा लिगको समूह विभाजनसँगै खेल तालिका सार्वजनिक गरिनेछ ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.