default_image

3 years ago

August 20, 2021

बायर्न छाडे लेवान्डोस्कीको गन्तव्य कता ?

एजेन्सी – जर्मन च्याम्पियन बायर्न म्युनिखका पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीले क्लब छाड्ने संकेत दिएका छन् । बायर्नबाट सबथोक जितिसकेका कारण नयाँ चुनौती स्वीकार्न तयार रहेको भन्दै उनले क्लब छाड्ने संकेत गरेका हुन् । ‘म खुल्ला विचारको हुँ । मलाई बायर्न धेरै राम्रो लाग्छ । शहर उत्कृष्ट छ, यो एक उत्कृष्ट क्लब हो । नयाँ भाषा, […]

44 views

0 Bookmark

एजेन्सी – जर्मन च्याम्पियन बायर्न म्युनिखका पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीले क्लब छाड्ने संकेत दिएका छन् । बायर्नबाट सबथोक जितिसकेका कारण नयाँ चुनौती स्वीकार्न तयार रहेको भन्दै उनले क्लब छाड्ने संकेत गरेका हुन् ।

‘म खुल्ला विचारको हुँ । मलाई बायर्न धेरै राम्रो लाग्छ । शहर उत्कृष्ट छ, यो एक उत्कृष्ट क्लब हो । नयाँ भाषा, नयाँ संस्कृति सिक्न समेत इच्छुक हुन्छु । तर यो फुटबलमा हुनेछ वा मेरो करिअर पछाडि, मलाई पनि थाहा छैन ।’

बायर्नलाई लगातार नवौं सिजन जर्मन बुन्डेसलिगाको उपाधि जिताएका उनले एकै सिजन बायर्नमा सर्वाधिक गोल गर्ने कीर्तिमान समेत बनाएका छन् । उनले यो सिजन ४१ गोल गर्दै ४७ वर्षअघि अर्थात १९७१–७२ मा यसै साता निधन भएका गर्ड मुलरले राखेको ४० गोलको कीर्तिमानलाई भंग गरेका थिए ।

लेवान्डोस्की २०१४ देखि बायर्नमा रहेका छन् । त्यसअघि उनी २०१० देखि २०१४ सम्म अर्काे जर्मन क्लब बोरुसिया डर्टमुन्डमा रहेका थिए । लेवान्डोस्कीले बायर्नबाट ३२९ खेलमा २९४ गोल गरिसकेका छन् । उनले गत सिजन बायर्नबाट ४० खेलबाट ४८ गोल गरेका थिए ।

गत दुई सिजन बायर्न र युरोपियन क्लब फुटबलकै सर्वाधिक गोलकर्ता रहेका लेवान्डोस्कीले पछिल्लो ११ मध्ये ९ जर्मन बुन्डेसलिगाको उपाधि जितेका छन् । ३२ वर्षीय लेवान्डोस्कीले शनिबार ३३ वर्ष लाग्दैछन् । बायर्नमा उनको सम्झौता २०२३ सम्म रहेको छ । तर, यो पुस्ताको सर्वाधिक सफल फरवार्डले बायर्न छाड्लान् ? बायर्न छाडेपछि उनको सम्भावित गन्तव्यबारे चर्चा गरिएको छ ।

म्यानचेस्टर सिटी

रोबर्ट लेवान्डोस्कीका लागि इंग्लिस क्लब म्यानचेस्टर सिटी सम्भावित उचित गन्तव्य बन्न सक्छ । तर पेप ग्वार्डिओलाले इंग्लिस फरवार्ड ह्यारी केनलाई अनुबन्धको तयारी गरिरहेको छ । सेन्टर फरवार्डको खोजीमा रहेको सिटीले केनलाई अनुबन्ध गर्न नसके लेवान्डोस्कीलाई अनुबन्ध गर्न सक्नेछ ।

रियल म्याड्रिड

स्पेनिस क्लब रियल म्याड्रिड आफ्नो सदावहार फरवार्ड क्रिस्टियानो रोनाल्डोको बर्हिगमनपछि करिम बेन्जेमाको सहयात्री फरवार्डको खोजीमा रहेको छ । यो समरमा रोनाल्डोसँगै नर्वेजियन युवा स्टार एर्लिङ हालान्डलाई अनुबन्ध गर्ने चर्चा चलेको थियो ।

लेवान्डोस्की पनि रियलको सुचीमा नै छ । तर तत्कालको लागि रियलको पहिलो रोजाईमा फ्रान्सेली युवा फरवार्ड केलियन एमबाप्पे अनुबन्धमै ध्यान छ । एमबाप्पे पीएसजीमै रहे रियलले दोस्रो विकल्पमा लेवान्डोस्कीलाई अनुबन्धको प्रयास थाल्नेछ । पोलिस फरवार्ड यसअघि नै रियलसँग जोडिएका थिए ।

पीएसजी

यदि केलियन एमबाप्पे रियल म्याड्रिड पुगेको अवस्थामा पीएसजीले नेयमार र लियोनेल मेस्सीको साथमा विश्वकै ट्रिओ आक्रमण गुमाउनेछन् । कतारीको स्वामित्वमा रहेको क्लबमा कुनै आर्थिक समस्या छैन ।

एमबाप्पेले छाडेको अवस्थामा क्लबले उनको परिपुर्तिका लागि मोटो रकम खर्चन सक्नेछ । यसमा लेवान्डोस्की रहन सक्नेछन् । च्याम्पियन्स लिग जित्ने लक्ष्यमा रहेको पीएसजीका लागि लेवान्डोस्की उचित फरवार्ड हुन सक्नेछ ।

बार्सिलोना

ला लिगाको नयाँ आर्थिक नियमावलीका कारण आफ्ना स्टार फरवार्ड लियोनेल मेस्सी गुमाएको बार्सिलोनालाई यसै समरमा आबद्ध भएको अर्जेन्टिनी फरवार्ड सर्जियो अगुएरोको चोटले सताएको छ । यो अवस्थामा बार्सिलोनाले लेवान्डोस्कीलाई प्रस्ताव गर्न सक्नेछ ।

तर यो समरमा यो स्थानान्तरण नहुन पनि सक्नेछ । बार्सिलोनाको बित्तिय संकटलाई सन्तुलन गर्न पनि मोटो रकममा बार्सिलोनामा रहेका खेलाडी बेच्दै लेवान्डोस्की नयाँ परियोजना हुन सक्छ ।

बोरुसिया डर्टमुन्ड

लेवान्डोस्कीको अर्काे गन्तव्य जर्मन क्लब बोरुसिया डर्टमुन्ड नै हुन सक्नेछ । उनी डर्टमुन्डबाटै बायर्न पुगेका थिए । यो विकल्प नर्वेजियन युवा स्टार एर्लिङ हालान्डले क्लब छाडेको अवस्थामा मात्रै हुन सक्नेछ । तर यो समरमा यो सम्भावना रहनेछैन ।

किनभने हालान्ड यो सिजनको अन्त्यसम्म डर्टमुन्डमै रहने सम्भावना छ । लेवान्डोस्कीले भविष्यमा पुर्व टिम सहयात्री म्याट हमेल्सको यात्रा पछ्याउन सक्छन् ।

April 24, 2024

सुदूरपश्चिमसँग मधेशको हार, कोशी शीर्षमा

सुर्खेत (हाम्रो खेलकुद)– सुदूरपश्चिम प्रदेशले महिला लिग छनोटमा दोस्रो जित निकालेको छ । अस्मिता चौधरीको २ गोलको मद्दतमा सुदूरपश्चिमले बुधबार मधेश प्रदेशलाई ३–० ले हराएको छ । कर्णाली प्रदेश रंगशालामा भएको खेलमा पाँचौं मिनेटमा यसोदाकुमारी चिरलको गोलबाट सुदूरपश्चिमले अग्रता लिएको थियो । अस्मिताले ५१ औं र ६१ औं मिनेटमा गोल गर्दै टोलीलाई जित दिलाइन् । […]

April 24, 2024

रानीवन र गोलबजारको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक सी डिभिजन लिगमा पुछारमा रहेको गोलबजार स्पोर्ट्स क्लबसँग रानीवन स्पोर्ट्स क्लब १–१ को बराबरीमा रोकिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा योञ्जन हमालको गोलमा खेलको १६औं मिनेटमा गोलबजारले अग्रता बनायो। तर यो अग्रतालाई जोगाउन भने सकेन। ४४औं मिनेटमा हिमाञ्चल सिंहले बराबरी गोल फर्काए । दोस्रो हाफमा दुवै टिमबाट […]

April 24, 2024

शीर्षस्थानको कोशीसँग गण्डकीको हार

सुर्खेत (हाम्रो खेलकुद) – समिक्षा मगरको गोलमा कोशी प्रदेशले महिला लिग छनोट गण्डकी प्रदेशलाई ३–० ले सहजै हराएको छ । लगातार तेस्रो जितपछि ९ कोशी शीर्षस्थानमा छ । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा बुधबार भएको खेलमा कोशीले एकपक्षीय दबाब बनायो। छैटौं मिनेटमा समिक्षाले गोल गर्दै टोलीलाई पहिलो हाफमा १–० को अग्रता दिलाइन् । गण्डकी दोस्रो हाफमा […]

Success

Thank you for your time.