default_image

3 years ago

August 20, 2021

प्रतिवेदन नबुझाइ समितिको विवाद सुल्झाउने प्रयास असफल

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङ र पुरुष राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीबीच झन्डै महिना देखि चलेको विवाद अझै मिल्न सकेको छैन । नेम्बाङ र अलमुताइरीबीच साउन १९ गतेको भेटपछि विवाद अन्त्य गर्दै मिलेर जाने सहमति जुटेको भनिए पनि त्यसै दिन राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले […]

49 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङ र पुरुष राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीबीच झन्डै महिना देखि चलेको विवाद अझै मिल्न सकेको छैन ।


नेम्बाङ र अलमुताइरीबीच साउन १९ गतेको भेटपछि विवाद अन्त्य गर्दै मिलेर जाने सहमति जुटेको भनिए पनि त्यसै दिन राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले विवाद छानविन समिति गठन गरेपछि प्रक्रिया थप लम्बिएको थियो । राखेप सदस्य पुरेन्द्रविक्रम लाखेको नेतृत्वमा रहेको ७ सदस्यीय समितिले नेम्बाङ, अलमुताइरीसहित १४ जनाको बयान लिएर छानविन प्रक्रिया पूरा गरिसकेको छ । तर, राखेप सदस्य सचिवलाई प्रतिवेदन बुझाउनु अघि नेम्बाङ र अलमुताइरीबीचको विवाद समाधानका लागि छानविन समितिले विहीबार पहल गरेको छ ।

एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा, महासचिव इन्द्रमान तुलाधरसहित नेम्बाङ र अन्य एन्फा पदाधिकारीबीच विहीबार भेट गराउँदै सहमतिको लागि गरिएको प्रयास विफल भएको सहभागी एक पदाधिकारीले बताए । छलफलमा राखेप सदस्य सचिव रमेश सिलवाल, संयोजक लाखे, समितिका अन्य तीन सदस्य, एन्फा अध्यक्ष शेर्पा, महासचिव तुलाधार, नेम्बाङ, अन्य दुई उपाध्यक्ष कृष्णबहादुर थापा, वीरबहादुर थापा, एन्फा सदस्य समेत रहेका राष्ट्रिय टोलीका व्यवस्थापक मदुसुधन उपाध्याय सहभागी थिए ।

प्रतिवेदन सार्वजनिक गर्नुअघि नै समितिले सहमति जुटाउन पहल गरेको देखिन्छ । छलफलमा नेम्बाङले पुरानै माग अलमुताइरीले आफ्नो विरुद्धमा लेखेको फेसबुक स्ट्यासट मेटाएर सरी भन्नु पर्ने दोहोर्याएका थिए । तर, त्यसमा एन्फा अध्यक्ष शर्पा र तुलाधरले आफूहरु त्यस्तो गराउन नसक्ने जवाफ दिएपछि सहमति हुन नसकेको बताइएको छ । नेम्बाङले आफ्नो गल्ति भए राजीनामा दिन तयार रहेको छलफलमा पनि बताएका थिए । नेम्बाङले एन्फा नेतृत्वकै कमजोरीका कारण विवाद समाधान गर्न नसकेको समितिमा बयान दिने क्रममा बताएका थिए ।

गत महिना सुरु भएको विवादका विषयमा समितिले पनि बढी दोष अलमुताइरीकै देखेको हुन सक्ने सम्भावनाका आधारमा प्रतिवेदन सार्वजनिक गर्नुअघि नै सहमति जुटाउने प्रयास गरेको देखिन्छ । तर, अलमुताइरी पटक पटक एन्फामाथि हावी हुँदै आएका कारण विवाद समाधान हुने सम्भावना अझै देखिएको छैन ।

अध्यक्ष, महासचिवले नै अलमुताइरीलाई माफी मगाउन राजी गर्न कठिन हुने जवाफ दिएपछि बिहीबार साँझ तीन घण्टा भन्दा बढी चलेको छलफल विना निष्कर्ष टुंगिएको थियो । समितिले फेरि एक पटक अलमुताइरीसँग छलफल गर्न सम्भावना रहेको ती पदाधिकारीले अनुमान गरे । अलमुताइरी राष्ट्रिय टोलीको बन्द प्रशिक्षणका लागि पोखरामा छन् । सुरुमा एन्फाले अर्को व्यवस्था नभएसम्मका लागि भन्दै प्रशिक्षणमा रोक लगाएपछि पोखरामा भने प्रशिक्षण गर्न अनुमति दिएको थियो ।

समितिले गत साता ३ दिनको अन्तरमा कुल १४ जना सँग बयान लिएको थियो । समितिले बयानको अन्तिम दिन बिहीबार वरिष्ठ उपाध्यक्ष नेम्बाङ, दुई संचारकर्मी, कप्तान किरण चेम्जोङ, प्रशिक्षक अलमुताइरी र इक्वेस्ट्रीएन संघका अध्यक्ष रवि राजकर्णिकारसँग बयान लिएको हो । बयान दिएपछि अलमुताइरीले आफू छानविन प्रक्रियाबाट सन्तुष्ट रहेको बताएका थिए ।

समितिले त्यसअघि एन्फा अध्यक्ष शेर्पा, सदस्य किरण राई र राखेप अन्तर्गत फुटबलको मुख्य प्रशिक्षक अरुणा गुरुङ, बुधबार उपाध्यक्षद्वया थापा र खड्का, फुटबल प्रशिक्षक बालगोपाल महर्जन, महासचिव तुलाधर तथा व्यवस्थापक उपाध्यायको बयान लिएको थियो । एन्फाको साउन १५ गते बसेको कार्यकारी समितिको आपतकालिन बैठकले विवाद समाधान गर्न नसकेपछि छानबिनका लागि एन्फाले युवा तथा खेलकुद मन्त्रालयलाई अनुरोध गरेको थियो । त्यसकै आधारमा मन्त्रालयले राखेपलाई छानबिनका लागि पत्र काटेको थियो ।

साउन १९ गते नेम्बाङ र अलमुताइरीबीच गत साता मंगलबार एक होटलमा भएको भेटपछि दुवै पक्ष पुरानो विवादलाई नचर्काउन र आउने दिनमा सहकार्य गर्दै अघि बढ्न सहमत भएपछि तत्कालका लागि विवाद समाधान हुने सम्भवाना देखिएको थियो । फुटबलप्रेमीलाई सकारात्मक सन्देश दिनका लागि संयुक्त वक्तव्य जारी गर्ने भनिएपनि अहिले सम्म विज्ञप्ती जारी हुन सकेन । एक्वेस्टरियन संघका अध्यक्ष राजकर्णिकारको पहलमा नेम्बाङ र अलमुताइरीबीच विवाद समाधानका लागि पार्न भेटघाट भएको थियो ।

विवादको सुरुवात भने साउन ७ गतेको घटनाबाट भएको थियो । अलमुताइरी र दुई सञ्चारकर्मीसँगको विवादबाट बढ्दै जाँदा त्यसमा नेम्बाङ पनि तानिएका थिए । अलमुताइरीले एन्फा कम्पाउन्ड बाहिर धुमपान गरेको विषय उनलाई दुई सञ्चाकर्मीले गरेको प्रश्नबाट विवाद सुरु भएको थियो ।

साउन १० गते अलमुताइरीले वरिष्ठ उपाध्यक्ष नेम्बाङका कारण आफूलाई काम गर्न अप्ठेरो भएको आशयका साथ पदबाट राजीनामा दिने घोषणा फेसबुकमार्फत गरेका थिए । सञ्चारकर्मीसँगको घटनामा नेम्बाङको संलग्नता रहेको दाबी अलमुताइरीले गर्दै आएका थिए । त्यसमा नेम्बाङले कडा आपत्ती जनाउँदै अलमुताइरीविरुद्ध छानबिनको माग राखेका थिए । अलमुताइरीले पनि नेम्बाङ र दुई सञ्चारकर्मीविरुद्ध छानविनको माग गरेका थिए ।

April 24, 2024

सुदूरपश्चिमसँग मधेशको हार, कोशी शीर्षमा

सुर्खेत (हाम्रो खेलकुद)– सुदूरपश्चिम प्रदेशले महिला लिग छनोटमा दोस्रो जित निकालेको छ । अस्मिता चौधरीको २ गोलको मद्दतमा सुदूरपश्चिमले बुधबार मधेश प्रदेशलाई ३–० ले हराएको छ । कर्णाली प्रदेश रंगशालामा भएको खेलमा पाँचौं मिनेटमा यसोदाकुमारी चिरलको गोलबाट सुदूरपश्चिमले अग्रता लिएको थियो । अस्मिताले ५१ औं र ६१ औं मिनेटमा गोल गर्दै टोलीलाई जित दिलाइन् । […]

April 24, 2024

रानीवन र गोलबजारको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक सी डिभिजन लिगमा पुछारमा रहेको गोलबजार स्पोर्ट्स क्लबसँग रानीवन स्पोर्ट्स क्लब १–१ को बराबरीमा रोकिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा योञ्जन हमालको गोलमा खेलको १६औं मिनेटमा गोलबजारले अग्रता बनायो। तर यो अग्रतालाई जोगाउन भने सकेन। ४४औं मिनेटमा हिमाञ्चल सिंहले बराबरी गोल फर्काए । दोस्रो हाफमा दुवै टिमबाट […]

April 24, 2024

शीर्षस्थानको कोशीसँग गण्डकीको हार

सुर्खेत (हाम्रो खेलकुद) – समिक्षा मगरको गोलमा कोशी प्रदेशले महिला लिग छनोट गण्डकी प्रदेशलाई ३–० ले सहजै हराएको छ । लगातार तेस्रो जितपछि ९ कोशी शीर्षस्थानमा छ । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा बुधबार भएको खेलमा कोशीले एकपक्षीय दबाब बनायो। छैटौं मिनेटमा समिक्षाले गोल गर्दै टोलीलाई पहिलो हाफमा १–० को अग्रता दिलाइन् । गण्डकी दोस्रो हाफमा […]

Success

Thank you for your time.