default_image

3 years ago

August 20, 2021

ओडेगार्ड रियल छाडेर आर्सनलमा

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिड छोडेर नर्वेली मिडफिल्डर मार्टिन ओडेगार्ड इंग्लिस प्रिमियर लिगको आर्सनलमा अनुबन्धित भएका छन् । गत सिजन लोनमा आर्सनल आएका २२ वर्षीय मिडफिल्डरले प्रभावशाली प्रदर्शन गरेपछि लन्डन क्लबले उनलाई स्थायी रुपमा अनुबन्ध गरेको हो । आर्सनलले उनलाई खरिद गर्न ३० मिलियन पाउण्डको हाराहरीमा खर्च गरेको बुझिएको छ । ओडेगार्ड यस विन्डोमा […]

50 views

0 Bookmark

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिड छोडेर नर्वेली मिडफिल्डर मार्टिन ओडेगार्ड इंग्लिस प्रिमियर लिगको आर्सनलमा अनुबन्धित भएका छन् ।

गत सिजन लोनमा आर्सनल आएका २२ वर्षीय मिडफिल्डरले प्रभावशाली प्रदर्शन गरेपछि लन्डन क्लबले उनलाई स्थायी रुपमा अनुबन्ध गरेको हो । आर्सनलले उनलाई खरिद गर्न ३० मिलियन पाउण्डको हाराहरीमा खर्च गरेको बुझिएको छ । ओडेगार्ड यस विन्डोमा आर्सनल आउने चौथो खेलाडी हुन् ।

यसअघि आर्सनलले डिफेन्डर बेन व्हाइट, अल्बर्ट साम्बी लोकोन्गा र नुनो टाभारेसलाई अनुबन्ध गरिसकेको छ । इंग्लिस गोलरक्षक आरोन राम्सडेल पनि आर्सनल आउने चर्चा रहेको छ । आर्सनलले गत सिजन खराब प्रदर्शन गरेपछि प्रशिक्षक मिकेल आर्टेटा निकै दबाबमा छन् । सिजनको पहिलो खेलमा आर्सनल ब्रेन्टफर्डसँग २-० ले पराजित भएको थियो ।

ओडेगार्डले गत सिजन २० खेल खेल्दै २ गोल गरेका थिए । उनले आइतबार हुने चेल्सीविरुद्ध खेल भने खेल्ने छैनन् । सन् २०१५ मा १६ वर्षको उमेरमा रियल म्याड्रिडमा अनुबन्धित उनले अपेक्षा गरे अनुसार प्रदर्शन गर्न सकेनन् । उनले रियलबाट कुल ८ खेलमात्र खेले । उनी लोनमा हेरेनभीन, भिटेस र रियल सोसीडाडमा खेलेका थिए ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.