default_image

3 years ago

August 20, 2021

मेस्सीको पिएसजी डेब्यु आज पनि नहुने

एजेन्सी – फ्रान्सेली लिग अन्तर्गत शुक्रबार राती हुने खेलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले ब्रेस्टको सामना गर्दैछ । खेल नेपाली समयअनुसार रातको १२:४५ बजे हुनेछ । पिएसजीले यसै ट्रान्सफर विन्डोमा फ्रि ट्रान्सफरमा भित्र्याएका अर्जेन्टिनी फरवार्ड लिओनेल मेस्सी भने खेलमा उपस्थित हुने छैनन् । गत साता नै क्लबमा आबद्ध मेस्सीले यसअघि स्ट्रासबर्गविरुद्ध खेल पनि गुमाएका थिए […]

43 views

0 Bookmark

एजेन्सी – फ्रान्सेली लिग अन्तर्गत शुक्रबार राती हुने खेलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले ब्रेस्टको सामना गर्दैछ । खेल नेपाली समयअनुसार रातको १२:४५ बजे हुनेछ ।

पिएसजीले यसै ट्रान्सफर विन्डोमा फ्रि ट्रान्सफरमा भित्र्याएका अर्जेन्टिनी फरवार्ड लिओनेल मेस्सी भने खेलमा उपस्थित हुने छैनन् । गत साता नै क्लबमा आबद्ध मेस्सीले यसअघि स्ट्रासबर्गविरुद्ध खेल पनि गुमाएका थिए । आजको खेलमा पनि नखेल्ने भएपछि उनको डेब्युको प्रतीक्षा कम्तिमा एक साता लम्बिने भएको छ ।

मेस्सीसँगै ब्राजिलियन स्टार नेयमार र अर्जेन्टिनी डिफेन्डर लिआन्द्रो पारेडेस पनि टोलीमा समावेश छैनन् । दुवै खेलाडीले मेस्सीसँग कोपा अमेरिका फाइनल खेलेका कारण प्रशिक्षक माउरिसियो पोचेटिनोले पूर्ण फिटनेसको लागि ध्यान दिइरहेका छन् ।

युरोका सर्वोत्कृष्ट खेलाडी तथा इटालीका गोलरक्षक जियानलुइजी डोनारुम्मा भने टोलीमा अटाएका छन् । उनले आज पिएसजीका लागि डेब्यु गर्ने सम्भावना छ । स्पेनिस डिफेन्डर सर्जियो रामोस भने चोटका कारण अझै केहि समय बाहिर रहनेछन् ।

पिएसजीले मेस्सीलाई अगस्ट १० मा औपचारिक अनुबन्ध गरेपछि शनिबार लिग अन्तर्गत खेल खेलिसकेको छ । उक्त खेलअघि मेस्सीसँगै टोलीले यसै ट्रान्सफर विन्डोमा अनुबन्ध गरेका ५ खेलाडीलाई सार्वजनिक गरिएको थियो । नयाँ खेलाडीमध्य अक्रफ हाकिमी र जिओर्जिनिओ वाइनाल्डमले खेलिसकेका छन् । सर्जियो रामोस चोटका कारण फिट छैनन् ।

मेस्सी र गोलरक्षक जियानलुइजी डोनारुम्माले भने अन्तर्राष्ट्रिय खेलबाट ढिलो आएका कारण केहि प्रतीक्षा गर्नुपर्ने भएको हो । डोनारुम्माले केहि अघि नै प्रशिक्षण थालेकाले अर्को साता खेल्ने सम्भावना छ । तर मेस्सीको हकमा भने प्रि सिजन प्रशिक्षण पनि नगरेकाले पूर्ण म्याच फिट हुन अझै केहि समय प्रतीक्षा गर्नुपर्ने देखिन्छ ।

पिएसजीले फ्रान्सेली लिगअन्तर्गत आज ब्रेस्टको सामना गर्दैछ । हाल म्याच फिटनेसका लागि प्रशिक्षण गरिरहेका मेस्सीले अगस्ट २९ मा हुने राइम्सविरुद्ध खेलमा सुरुवात गर्न सक्नेछन् । पिएसजीका समर्थकले उनलाई घरेलु मैदानमा हेर्न भने सेप्टेम्बर १२ को क्लेरमन्ट फुटविरुद्ध खेल कुर्नुपर्ने हुन्छ । त्यसअघि मेस्सीले अर्जेन्टिनाबाट विश्वकप छनोट अन्तर्गत तीन खेल खेल्ने सम्भावना छ ।

पिएसजीको खेल तालिका (नेपाली समय अनुसार):

ब्रेस्ट विरुद्ध पिएसजी (अगस्ट २१ शनिबार विहान १२:४५ बजे (शुक्रबार मध्यराती))

राइम्स विरुद्ध पिएसजी (अगस्ट ३० सोमबार विहान १२:३० बजे (आइतबार मध्यरात))

अर्जेन्टिनाको विश्वकप छनोट अन्तर्गत भेनेजुएला, ब्राजिल र बोलिभियाविरुद्ध खेल

पिएसजी विरुद्ध क्लेरमन्ट फुट – सेप्टेम्बर १२

April 23, 2024

महिला लिग छनोटमा लुम्बिनीको पहिलो जित

सुर्खेत (हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले महिला लिग छनोटमा पहिलो जित हासिल गरेको छ । उत्कृष्ट पूनरागमन गर्दै लुम्बिनीले मंगलबार बागमती प्रदेशलाई ३–१ को नतिजामा माथ दिएको हो । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलमा पहिलो अग्रता बागमतीले बनायो। २४औं मिनेटमा सुमित्रा तामाङको गोलमा बागमती अगाडि लागेको थियो । तर यो अग्रता खेलको ४०औं मिनेटमा […]

April 23, 2024

आदर्श च्यालेन्ज कप – आदर्श र ध्रुवताराबीच उद्घाटन खेल हुने

हिमाल खरेल, मेचीनगरझापाको बुद्धशान्तिमा शनिबार सुरु हुने तेस्रो आदर्श च्यालेन्ज कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । खेल मैदान बुद्ध आदर्श माविको सभाहलमा आज भएको पत्रकार सम्मेलनमा खेल तालिका सार्वजनिक भएको हो । खेल तालिकाअनुसार उद्घाटन खेलमा आयोजक आदर्श युवा क्लबले दमकको ध्रुवतारा स्पोर्टिङ क्लबको सामना गर्नेछ । त्यस्तै, दोस्रो खेल आइतबार बिर्तामोड […]

April 23, 2024

बेलिङहमले जिते ब्रेकथ्रु अवार्ड

एजेन्सी – इङ्ल्यान्ड तथा स्पेनिस क्लब रियल म्याड्रिडका युवा मिडफिल्डर जुड बेलिङहमले अवार्ड जितेका छन् । बेलिङहमले सन् २०२४ को लौरेस वल्ड स्पोर्ट्स ब्रेकथ्रु अफ द इयर अवार्ड जितेका हुन् । गत समरमा जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट ८९ मिलियन पाउण्डमा रियल आएका २० वर्षीय बेलिङहम क्लबका लागि महत्वपूर्ण खेलाडी बनेका छन् । उनले आइतबार एल […]

Success

Thank you for your time.