default_image

3 years ago

August 20, 2021

पुष्पसदनमा च्यासलको एकेडेमी

काठमाडौं (हाम्रो खेलकुद) – ललितपुरको च्यासल युथ क्लबले किर्तिपुरस्थित पुष्पसदन बोर्डिङ हाई स्कुलसँग सहकार्य गर्दै युवा खेलाडी विकास र उत्थानका लागि एकेडेमी सञ्चालन गर्ने भएको छ । च्यासल र पुष्पसदनको सहकार्यमा अखिल नेपाल फुटबल संघ (एन्फा) को पनि साथ रहनेछ । एकेडेमी संचालनका लागि च्यासल युथ क्लबका अध्यक्ष रमेश व्यन्जनकार र पुष्पसदन बोर्डिङ हाई स्कुलको तर्फबाट प्रिन्सिपल राम […]

16 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – ललितपुरको च्यासल युथ क्लबले किर्तिपुरस्थित पुष्पसदन बोर्डिङ हाई स्कुलसँग सहकार्य गर्दै युवा खेलाडी विकास र उत्थानका लागि एकेडेमी सञ्चालन गर्ने भएको छ ।

च्यासल र पुष्पसदनको सहकार्यमा अखिल नेपाल फुटबल संघ (एन्फा) को पनि साथ रहनेछ । एकेडेमी संचालनका लागि च्यासल युथ क्लबका अध्यक्ष रमेश व्यन्जनकार र पुष्पसदन बोर्डिङ हाई स्कुलको तर्फबाट प्रिन्सिपल राम धन राईद्वारा सम्झौता पत्रमा हस्ताक्षर गरे । एन्फाका उपाध्यक्ष तथा ग्रासरुट तथा युवा संयोजक उपेन्द्रमान सिंहले एन्फाबाट सम्झौतामा हस्ताक्षर गरेका हुन्।

अखिल नेपाल फुटबल संघको तर्फबाट अध्यक्ष कर्मा छिरिङ शेर्पाको पनि उपस्थिती रहेको थियो । एकेडेमी च्यासल–पुष्पसदन युथ फुटबल एकेडेमीको नामबाट संचालन हुने छ । क्लबका ७ खेलाडी र स्कूलका ७ जना गरि जम्मा १४ जना खेलाडीहरु पहिलो वर्ष एकेडेमीमा सामेल हुनेछन् भने क्लबले दोस्रो बर्षमा अन्य सात जना खेलाडीहरु थप्दै कुल २१ खेलाडीलाई प्रशिक्षण दिनेछ ।

एन्फाले राष्ट्रिय क्लब लाइसेन्स प्राप्त गर्न मापदण्ड बनाएपछि सबै क्लबले विद्यालयसँग मिलेर एकेडेमी संचालनमा ल्याएका छन् । विभागीय टोलीसँगै अधिकांश क्लबले प्रक्रिया पूरा गरिसकेका छन् भने केहि छलफलमा छन् ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.