default_image

3 years ago

August 21, 2021

पोखरामा फुटबल टोलीको स्वागतमा कार्यक्रम

पोखरा (हाम्रो खेलकुद) – साफ च्याम्पियनसिप प्रशिक्षणका क्रममा पोखरामा रहेको राष्ट्रिय फुटबल टोलीलाई खेलकुदका विभिन्न ५ निकायले संयुक्त रुपमा स्वागत गरेका छन् । सोही कार्यक्रममा प्रदेश खेलकुद परिषद् गण्डकीका नवनियुक्त उपाध्यक्ष ध्वजकुमार गरुङलाई बधाई तथा शुभकामना दिइएको थियो । राष्ट्रिय खेलकुद परिषद् (राखेप), पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति, प्रदेश खेलकुद परिषद् गण्डकी, कास्की जिल्ला खेलकुद […]

61 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – साफ च्याम्पियनसिप प्रशिक्षणका क्रममा पोखरामा रहेको राष्ट्रिय फुटबल टोलीलाई खेलकुदका विभिन्न ५ निकायले संयुक्त रुपमा स्वागत गरेका छन् । सोही कार्यक्रममा प्रदेश खेलकुद परिषद् गण्डकीका नवनियुक्त उपाध्यक्ष ध्वजकुमार गरुङलाई बधाई तथा शुभकामना दिइएको थियो ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप), पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति, प्रदेश खेलकुद परिषद् गण्डकी, कास्की जिल्ला खेलकुद विकास समिति र पोखरा महामनगर खेलकुद विकास समितिले शनिबार संयुक्तरुप पोखरा रंगशालामा कार्यक्रम आयोजना गरेका थिए ।

राखेपका सदस्य राजेश गुरुङ, प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्य सचिव तेज गुरुङ, जिल्ला फुटबल संघ कास्कीका अध्यक्ष मिलन गुरुङ, क्षेत्रिय खेलकुद विकास समितिका प्रमुख लक्ष्मण योगीलगायतले टोलीलाई स्वागत गरेको थियो ।

दश दिनयता फुटबल टोली पोखरा रंगशालामा प्रशिक्षण गरिरहेको छ । दुई साताका प्रशिक्षणका लागि टोली पोखरा पुगेको थियो । यसै महिना नेपाल र भारतबीच दशरथ रंगशालामा दुई वटा मैत्रीपूर्ण खेल हुँदैछ । पहिलो खेल भदौ १७ र दोस्रो खेल भदौ २० गते हुनेछ ।

साफ च्याम्पियनसिप असोज १५ गतेदेखि २७ गते सम्म माल्दिभ्समा आयोजना हुँदैछ । ५ राष्ट्रको सहभागिता रहने च्याम्पियनसिपमा असोज १५ गते साविक विजेता समेत रहेको माल्दिभ्ससँग खेल्दै नेपालले प्रतियोगिताको सुरुवात गर्नेछ ।

त्यस्तै असोज १७ गते श्रीलंका, असोज २२ गते भारतसँग खेल्ने नेपालले राउन्ड रोविनको अन्तिम खेल असोज २५ गते बंगलादेशसँग खेल्नेछ । शीर्ष २ टोलीले असोज २७ गते फाइनल खेल्नेछन् ।

April 23, 2024

आदर्श च्यालेन्ज कप – आदर्श र ध्रुवताराबीच उद्घाटन खेल हुने

हिमाल खरेल, मेचीनगरझापाको बुद्धशान्तिमा शनिबार सुरु हुने तेस्रो आदर्श च्यालेन्ज कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । खेल मैदान बुद्ध आदर्श माविको सभाहलमा आज भएको पत्रकार सम्मेलनमा खेल तालिका सार्वजनिक भएको हो । खेल तालिकाअनुसार उद्घाटन खेलमा आयोजक आदर्श युवा क्लबले दमकको ध्रुवतारा स्पोर्टिङ क्लबको सामना गर्नेछ । त्यस्तै, दोस्रो खेल आइतबार बिर्तामोड […]

April 23, 2024

बेलिङहमले जिते ब्रेकथ्रु अवार्ड

एजेन्सी – इङ्ल्यान्ड तथा स्पेनिस क्लब रियल म्याड्रिडका युवा मिडफिल्डर जुड बेलिङहमले अवार्ड जितेका छन् । बेलिङहमले सन् २०२४ को लौरेस वल्ड स्पोर्ट्स ब्रेकथ्रु अफ द इयर अवार्ड जितेका हुन् । गत समरमा जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट ८९ मिलियन पाउण्डमा रियल आएका २० वर्षीय बेलिङहम क्लबका लागि महत्वपूर्ण खेलाडी बनेका छन् । उनले आइतबार एल […]

April 23, 2024

इन्टर मिलान सिरी ‘ए’ च्याम्पियन

एजेन्सी – मिलान डर्वीमा शहरी प्रतिद्धन्द्धी एसी मिलानलाई पराजित गर्दै इन्टर मिलान यस सिजन २०२३–२४ को इटालियन सिरी ‘ए’ को च्याम्पियन बनेको छ । मिलानोमा सोमबार राति भएको खेलमा इन्टरले एसी मिलानलाई २–१ ले पराजित गर्दै २०औं पटक सिरी ‘ए’ को च्याम्पियन बन्न सफल भएको हो । इन्टर यो सिजन पाँच खेल अगावै च्याम्पियन बनेको […]

Success

Thank you for your time.