default_image

3 years ago

August 21, 2021

साफ च्याम्पियनसिपको खेल तालिका परिवर्तन

काठमाडौं (हाम्रो खेलकुद) – अर्काे महिना माल्दिभ्समा आयोजना दक्षिण एसियाली राष्ट्रको सर्वाेच्च फुटबल प्रतियोगिता १३औं संस्करणको साफ च्याम्पियनसिप तीन दिन बढी लम्बिने भएको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले शनिबार साफको समयतालिका तीन दिन बढी लम्ब्याउने निर्णय गर्दै खेल तालिका समेत परिमार्जन गरेको छ । हरेक खेलको बिचमा २ दिन विश्राम दिने भएपछि प्रतियोगिता लम्बिएको हो । ५ राष्ट्रको सहभागिता रहने साफ च्याम्पियनसिप […]

39 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अर्काे महिना माल्दिभ्समा आयोजना दक्षिण एसियाली राष्ट्रको सर्वाेच्च फुटबल प्रतियोगिता १३औं संस्करणको साफ च्याम्पियनसिप तीन दिन बढी लम्बिने भएको छ ।

दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले शनिबार साफको समयतालिका तीन दिन बढी लम्ब्याउने निर्णय गर्दै खेल तालिका समेत परिमार्जन गरेको छ । हरेक खेलको बिचमा २ दिन विश्राम दिने भएपछि प्रतियोगिता लम्बिएको हो । ५ राष्ट्रको सहभागिता रहने साफ च्याम्पियनसिप नयाँ तालिका अनुसार साफ च्याम्पियनसिप १ देखि १६ अक्टोवर (१६ देखि ३० असोज) सम्म माल्दिभ्सको मालेका आयोजना हुनेछ ।

नेपालले आयोजक समेत रहेको साविक विजेता माल्दिभ्ससँग १५ असोजमा खेल्दै यसपटकको साफ च्याम्पियनसिप सुरुवात गर्नेछ । सन् २०१८ मा बंगलादेशमा भएको पछिल्लो साफको सेमिफाइनलपछि नेपाल र माल्दिभ्सबीच पहिलोपटक भेट हुनेछ । त्यतिबेला नेपाल सेमिफाइनलमा माल्दिभ्ससँग ३–० ले पराजित भएको थियो ।

मालेमा हुने च्याम्पियनसिपमा नेपालले आफ्नो दोस्रो खेल श्रीलंकाविरुद्ध १८ असोजमा खेल्नेछ । त्यस्तै तेस्रो खेल नेपाली टोली साफको सर्वाधिक सफल टोली भारतसँग २४ असोजमा तथा राउन्ड रोविन लिगको अन्तिम खेलमा नेपालले २७ असोजमा बंगलादेशसँग खेल्नेछ । यसअघि नेपालले १७, २२ र २५ गते राउन्ड रोविनको तथा फाइनल २७ असोजमा हुने तालिका निकालेको थियो । अब फाइनल ३० असोजमा हुनेछ । राउन्ड रोविन लिगको शीर्ष २ टोलीले उपाधिका लागि खेल्नेछन् ।

नेपाली टोलीले अहिलेसम्म साफको सेमिफाइनल पार गर्न सकेको छैन । यतिबेला नेपाली टोली साफ च्याम्पियनसिपको तयारीका क्रममा पोखरामा प्रशिक्षणरत रहेको छ । प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले साफ च्याम्पियनसिपको तयारीमा रहेको टोलीबाट गत सोमबार मात्र तेस्रो चरणमा २८ खेलाडी छनोट गरेका छन् ।

पोखरा भ्रमणका लागि घोषणा गरिएको ३८ सदस्यीय टोलीबाट १० खेलाडी सोमबार बाहिरिएका छन् । अनुभवी फरवार्ड भरत खवास, मिडफिल्डर विक्रम लामा र डिफेन्डर रञ्जित धिमाल साफ च्याम्पियनसिपको टोलीमा नहुने पक्का भएको छ । यस्तै फरवार्ड जर्जप्रिन्स कार्की, राजीव लोप्चन, सन्जोक राई, त्रिदेव गुरुङ, सेसेहाङ आङदेम्बे, रन्दिप पौडेल र विशाल सुनार पनि टोलीबाट बाहिरिएका छन् ।

नेपालले साफ च्याम्पियनसिपको तयारीका लागि भारतसँग दुई मैत्रीपूर्ण खेल खेल्दैछ । खेल १७ र २० भदौंमा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । हाल टोलीमा रहेका खेलाडीमध्ये अर्पण कार्की, शिशिर लेखी र राजन गुरुङ पहिलोपटक सिनियर टोलीमा स्थान बनाउन प्रयासरत छन् ।

यी तीनसँगै गोलरक्षक विशाल श्रेष्ठ, दीप कार्की र अर्पण कार्कीले भने राष्ट्रिय टोलीबाट डेब्यु गरेका छैनन् । बाँकी सबै खेलाडीले सिनियर टोलीको अनुभव बोकिसकेका छन् ।

२८ सदस्यीय टोली :

किरण चेम्जोङ, विशाल श्रेष्ठ, दीप कार्की, विकेश कुथु, अर्पण कार्की, सुमन अर्याल, दिनेश राजवंशी, गौतम श्रेष्ठ, अनन्त तामाङ, रोहित चन्द, सुरज ठकुरी, सुमन लामा, कमल थापा मगर, नितिन थापा, तेज तामाङ, राजन गुरुङ, पुजन उपरकोटी, विशाल राई, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुनिल बल, मनिष डाँगी, अन्जन विष्ट, आयुष घलान, नवयुग श्रेष्ठ, आशिष लामा, अभिषेक रिजाल, शिशिर लेखी

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.