default_image

3 years ago

August 21, 2021

बार्सिलोनालाई बिल्वाओको चुनौती

एजेन्सी – स्पेनिस ला लिगाको दोस्रो राउन्डको खेलमा आज राति विभिन्न चार खेलमा प्रतिस्पर्धा हुँदा क्याटलान क्लब बार्सिलोना बिल्वाओ पुग्नेछ । एथलेटिक बिल्वाओ र बार्सिलोनाबीचको खेल नेपाली समयअनुसार राति १:४५ बजे सान मेमेस वारिया बिल्वाओमा हुनेछ । पहिलो खेलमा एल्चेसँग गोलरहित बराबरीमा रोकिएको बिल्वाओ घरेलु मैदानमा बार्सिलोनालाई स्तब्ध पार्दै नयाँ सिजनको ला लिगामा पहिलो जित […]

45 views

0 Bookmark

एजेन्सी – स्पेनिस ला लिगाको दोस्रो राउन्डको खेलमा आज राति विभिन्न चार खेलमा प्रतिस्पर्धा हुँदा क्याटलान क्लब बार्सिलोना बिल्वाओ पुग्नेछ ।

एथलेटिक बिल्वाओ र बार्सिलोनाबीचको खेल नेपाली समयअनुसार राति १:४५ बजे सान मेमेस वारिया बिल्वाओमा हुनेछ । पहिलो खेलमा एल्चेसँग गोलरहित बराबरीमा रोकिएको बिल्वाओ घरेलु मैदानमा बार्सिलोनालाई स्तब्ध पार्दै नयाँ सिजनको ला लिगामा पहिलो जित दर्ता गर्ने लक्ष्यमा हुनेछ ।

बिल्वाओको टोलीमा इनाकी विलियम्स, इकर मुनिएन, राहुल गार्सिया, एलेक्स बेरेनगुएर, डानी गार्सिया, मिकेल बालेनजियागा, इनिगो मार्टिनेज, यारे अल्भारेज, इनिगो लिकु र गोलरक्षक जुलेन एगिरेजावाला टोलीमा रहेका छन् ।

यता, पहिलो खेलमा रियल सोसिडालाई हराएर सुखद सुरुवात गरेको बार्सिलोना ला लिगामा लगातार दोस्रो जितको खोजीमा हुनेछ । अघिल्लो खेलमा उच्च प्रदर्शन गरेका मार्टिन ब्रेथवेट, मेम्फिस डिपाए र एन्टोइन ग्रिजमन टोलीमा रहेका छन् ।

यस्तै पेड्री, सर्जियो बुस्क्वेट्स, फ्रान्की डि योङ, जोर्डी अल्वा, जेरार्ड पिके, एरिक गार्सिया, सर्जिनो डेस्ट र गोलरक्षक नेटो टोलीमा रहेका छन् । पहिलो रोजाईमा नियमित गोलरक्षक मार्क आन्द टेर स्टेगन प्रशिक्षणमा फर्किएका छन् । इमर्सन रोयल, सर्जी रोबर्टाे, रिकी पुच, युसुप डेमिर, गावी, निको गोन्जालेज, रोनाल्ड एराउजो, क्लेमेन्ट लेङ्लेट र रे मानाज पनि टोलीमा रहेका छन् ।

यि दुई टोलीको पछिल्लो ३५ खेलमो नतिजामा बार्सिलोना २२ खेलमा विजयी भएको छ । बिल्वाओले ६ खेल आफ्नो पक्षमा पार्दा ७ खेल बराबरीमा सकिएको छ । गत सिजन यि दुई टोलीले चार खेल खेल्दा बार्सिलोनाले ३ खेलमा जित हात पारेको थियो । स्पेनिस सुपर कपको फाइनलमा बिल्वाओले अतिरिक्त समयमा बार्सिलोनालाई हराएके थियो ।

अन्य खेल :

एलाभेसविरुद्ध मर्लाेका (राति ८:४५ बजे)

इस्पान्योलविरुद्ध भिल्लारियल (राति ८:४५ बजे)

ग्रानडाविरुद्ध भ्यालेन्सिया (राति ८:४५ बजे)

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

Success

Thank you for your time.