default_image

3 years ago

August 21, 2021

लिभरपुलको लगातार दोस्रो जित

एजेन्सी – सेनेगलका साडियो माने र पोर्चुगिज डिएगो जोटाको गोलको मद्दतमा मर्सिसाइड क्लब लिभरपुलले इंग्लिस प्रिमियर लिगमा लगातार दोस्रो जित हात पारेको छ । पहिलो खेलमा नर्विच सिटीलाई ३–० ले पराजित गरेको लिभरपुलले शनिबार घरेलु मैदानमा भएको खेलमा बर्नलेमाथि २–० को सहज जित हात पारेको हो । जोटाले पहिलो हाफमा तथा मानेले दोस्रो हाफमा गोल […]

45 views

0 Bookmark

एजेन्सी – सेनेगलका साडियो माने र पोर्चुगिज डिएगो जोटाको गोलको मद्दतमा मर्सिसाइड क्लब लिभरपुलले इंग्लिस प्रिमियर लिगमा लगातार दोस्रो जित हात पारेको छ ।

पहिलो खेलमा नर्विच सिटीलाई ३–० ले पराजित गरेको लिभरपुलले शनिबार घरेलु मैदानमा भएको खेलमा बर्नलेमाथि २–० को सहज जित हात पारेको हो । जोटाले पहिलो हाफमा तथा मानेले दोस्रो हाफमा गोल गरे ।

एनफिल्डमा खेलको सुरुवातदेखि नै बल पोसेसनमा पकड बनाएको लिभरपुलले खेलको १८औं मिनेटमा डिएगो जोटाको गोलबाट अग्रता लिएको थियो । उनले कोन्सटानटिनोस सिमिकासको क्रसमा हेडरमार्फत गोल गरेका थिए । २७औं मिनेटमा हार्भे एलिओटको पासमा मोहम्मद सलाहले गोल गरेपनि उनको गोलले भिएआरबाट मान्यता नपाउँदा लिभरपुल अग्रता दोब्बर पार्नबाट चुक्यो । भिएआरमा उनी अफसाइड पोजिसनमा रहेको देखिएको थियो ।

४५औं मिनेटमा म्याथ्यु लोटनको लामो फ्रिकिकमा जेम्स टार्काेओस्कीले गोलरक्षक एलिसन बेकरले बिट गर्दै गरेको हेडर पोस्ट नजिकैबाट बाहिरिदा बर्नले बराबरीबाट चुक्यो । दोस्रो हाफको शुरुमै लोटनकै क्रसमा हार्भे बार्नेसले गोल गरेपनि उनी अफसाइड ठहरिदा बर्नले पुनः बराबरीबाट चुक्यो ।

५८औं मिनेटमा साडियो मानेले अवसर खेर फाल्दा लिभरपुलले अग्रता दोब्बर पार्न सकेन । ६२औं मिनेटमा डिएगो जोटाकै पासमा मानेको प्रहारलाई बर्नले गोलरक्षक निक पोपले विफल पारे । ६९औं मिनेटमा ट्रेन्ट एलेक्सान्डर अर्नाेल्डको पासमा साडियो मानेले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर पारे ।

७३औं मिनेटमा एलेक्सान्डर अर्नाेल्डको क्रसलाई भर्जिल भान डाइकले गोलरक्षक पोपलाई अल्झाइरहेको अवस्थामा जोएल मटिपको प्रहार फितलो बन्दा बार्नेसले गोल लाइनबाट बचाउँदै बर्नलेको अर्काे संकट टारे ।

यो जितसँगै लिभरपुलको २ खेलबाट ६ अंक पुगेको छ । दुवै खेलमा पराजित बर्नलेले दुई खेलबाट अंक जोड्न सकेको छैन । बर्नले पहिलो खेलमा ब्राइटनसँग २–१ ले पराजित भएको थियो ।

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

April 18, 2024

एन्फा उपाध्यक्ष लामा छुटे

काठमाडाैं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा छुटेका छन् । उनी बुधबार पक्राउ परेका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर लामालाई बिहीबार उच्च अदालत पाटनमा पेश गरेको थियो । सो क्रममा लामाले सर्वोच्च अदालतबाट तारेखमा राख्नु भन्ने आदेश लिएको पेश गरेपछि उनी छुटेको अपराध अनुसन्धान कार्यालयले […]

April 18, 2024

सिटीलाई हराउँदै रियल च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी – साविक विजेता म्याचेस्टर सिटीलाई हराउँदै रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । सिटीलाई बुधबार पेनाल्टी सुट आउटमा ४–३ ले हराउँदै रियल अन्तिम चारमा पुगेको हो । गोलकिपर लुनिनले दुई पेनाल्टी रोकेपछि १४ पटकको विजेता रियलको सेमिफाइनल यात्रा तय गरेको थियो । त्यसअघि रियल र सिटीबीचको क्वार्टरफाइनलको दोस्रो लेगको निर्धारित र थप सयम […]

Success

Thank you for your time.