default_image

3 years ago

August 21, 2021

गोलरक्षक विशाल मछिन्द्रमै रहने

काठमाडौं (हाम्रो खेलकुद) – गोलरक्षक विशाल श्रेष्ठले सहिद स्मारक ‘ए’ डिभिजन च्याम्पियन क्लब मछिन्द्र फुटबल क्लबसँग सम्झौता नविकरण गरेका छन् । क्लबले आफ्नो पहिलो रोजाईका गोलरक्षक विशालसँग सम्झौता नविकरण भएको जानकारी दिएको छ । सम्झौता तत्कालका लागि आसन्न ‘ए’ डिभिजन लिग र राष्ट्रिय लिगसम्मलाई रहेको बुझिएको छ । नयाँ सिजनको ‘ए’ डिभिजन लिग कार्तिक २९ […]

55 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – गोलरक्षक विशाल श्रेष्ठले सहिद स्मारक ‘ए’ डिभिजन च्याम्पियन क्लब मछिन्द्र फुटबल क्लबसँग सम्झौता नविकरण गरेका छन् ।

क्लबले आफ्नो पहिलो रोजाईका गोलरक्षक विशालसँग सम्झौता नविकरण भएको जानकारी दिएको छ । सम्झौता तत्कालका लागि आसन्न ‘ए’ डिभिजन लिग र राष्ट्रिय लिगसम्मलाई रहेको बुझिएको छ । नयाँ सिजनको ‘ए’ डिभिजन लिग कार्तिक २९ देखि सुरु हुने तालिका छ । राष्ट्रिय लिगको मिति घोषणा भइसकेको छैन ।

मछिन्द्र क्लब इतिहासमै पहिलोपटक लिग च्याम्पियन बन्दा उनको भूमिका महत्तपूर्ण रहेको थियो । मछिन्द्रले लिग जित्ने लक्ष्यसहित २०७६ मा टोली निर्माण गर्दा गोलरक्षक विशालसहित आधादर्जन बढीले लिगको सर्वाधिक सफल क्लब मनाङ छाड्दै मछिन्द्रमा आबद्ध भएका थिए ।

विशाल हाल राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा छन् । साफ च्याम्पियनसिपको तयारीका लागि टोलीमा २८ खेलाडी बाँकी रहँदा विशाल पनि छनोटमा छन् । झन्डै एक दशक राष्ट्रिय टोलीमा रहेका उनले हालसम्म डेब्युको अवसर पाएका छैनन् । भारतविरुद्ध मैत्रीपूर्ण खेलमा उनले डेब्यु गर्ने सम्भावना छ ।

मछिन्द्रले नयाँ सिजनका लागि फरवार्ड अभिषेक रिजाल र रेजिन सुब्बा, मिडफिल्डर सुजल श्रेष्ठसँग सम्झौता नविकरण तथा मनिष डाँगीलाई क्लबमा भित्र्याइसकेको छ । यसअघि च्यासल युथ क्लबमा रहेका सुनिल बल, छिरिङ गुरुङ र गौरव बुढाथोकी मछिन्द्र जाने चर्चा छ ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.