default_image

3 years ago

August 21, 2021

दोस्रो खेलमै डर्टमुन्डको हार

एजेन्सी – बोरुसिया डर्टमुन्डले जर्मन बुन्डेसलिगा अन्तर्गत लिगको दोस्रो खेलमा हार बेहोरेको छ । डर्टमुन्डले घरेलु टोली फ्रेइवर्गसँग २–१ को हार बेहोरेको हो । डर्टमुन्डलाई हार चखाउन फ्रेइवर्गका भिन्सेन्जो ग्रिफो र रोलान्ड सल्लाईले गोल गरे । डर्टमुन्डले एकमात्र गोल आत्मघाती गोल पाएको थियो । फ्रइवर्गमा शनिबार भएको खेलको छैटौ मिनेटमा नै ग्रिफोले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । उनले ३० यार्ड टाढाबाट गरेको […]

56 views

0 Bookmark

एजेन्सी – बोरुसिया डर्टमुन्डले जर्मन बुन्डेसलिगा अन्तर्गत लिगको दोस्रो खेलमा हार बेहोरेको छ । डर्टमुन्डले घरेलु टोली फ्रेइवर्गसँग २–१ को हार बेहोरेको हो ।

डर्टमुन्डलाई हार चखाउन फ्रेइवर्गका भिन्सेन्जो ग्रिफो र रोलान्ड सल्लाईले गोल गरे । डर्टमुन्डले एकमात्र गोल आत्मघाती गोल पाएको थियो । फ्रइवर्गमा शनिबार भएको खेलको छैटौ मिनेटमा नै ग्रिफोले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । उनले ३० यार्ड टाढाबाट गरेको फ्रिकिक सिधै गोल भएको थियो ।

एक गोलले पछि परेपछि डर्टमुन्डले बल पोसेसन राख्दै घरेलु टोलीलाई लगातार दवाव बढाएपनि दोस्रो हाफमा अर्काे गोल खान पुगेको थियो । ५३औं मिनेटमा रोलान्डले गोल गर्दै फ्रेइवर्गको अग्रता दोब्बर पारे । उनले लुकास होलेरको पासमा गोल गर्न सफल भएको थिए ।

५९औं मिनेटमा यान्निक केइटेलले आत्मघाती गोल गरेपछि डर्टमुन्ड खेलमा फर्कने संकेत देखिएको थियो । तर, त्यसपछि पनि डर्टमुन्डले फ्रेइवर्गको बलियो रक्षापङ्तिलाई तोड्न नसक्दा पराजित हुन पुग्यो ।

पहिलो जित दर्ता गरेको फ्रेइवर्गको दुई खेलबाट ४ अंक पुगेको छ । फ्रेइवर्ग पहिलो खेलमा अर्मेनिया बिलेफिल्डसँग गोलरहित बराबरीमा रोकिएको थियो । पराजित डर्टमुन्डको दुई खेलबाट ३ अंक छ ।

अन्य नतिजा

बोचुनविरुद्ध मेइन्ज (–०)

फ्रान्कफर्टविरुद्ध अग्सवर्ग (०–०)

ग्रिथेर फुर्थविरुद्ध अर्मेनिया बिलेफिल्ड (१–१)

हर्था बर्लिनविरुद्ध वल्फ्सबर्ग (१–)

April 20, 2024

हालान्डले चेल्सीविरुद्धको खेल गुमाउने सम्भावना!

एजेन्सी – म्यानचेस्टर सिटीका नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डले चेल्सीविरुद्धको एफए कपको सेमिफाइनल गुमाउने सम्भावना बढेको छ । एफए कपको सेमिफाइनलमा आज राति सिटीले चेल्सीसँग वेम्वली स्टेडियममा प्रतिस्पर्धा गर्दैछ । बुधवार च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडसँग टाइब्रेकरमा ४–३ पराजित हुँदा समस्या देखिएपछि हालान्डलाई अन्तिम समयमा परिवर्तन गरिएको थियो । सिटीका प्रशिक्षक पेप गुआर्डिओलाले […]

April 20, 2024

माने चम्कँदा अल नासरको पूनरागमन जित

एजेन्सी – सेनेगली फरवार्ड साडियो मानेको उच्च प्रदर्शनमा अल नासरले साउदी प्रो लिगमा सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा १–० ले पछि परेको स्थिति उल्ट्याएर अल फयामाथि ३–१ को सानदार पूनरागमन जित दर्ता गरेको हो । अल नासरको जितमा साडियो मानेले दुई तथा अब्दुलेह अल एम्रीले एक गोल गरे । अल फयाका फेसन […]

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

Success

Thank you for your time.