default_image

3 years ago

August 22, 2021

इन्टर मिलानको सानदार सुरुवात

एजेन्सी – गत सिजनको विजेता इन्टर मिलानले नयाँ सिजनको इटालियन सिरी ‘ए’ मा सानदार विजयी सुरुवात गरेको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा इन्टरले जिनोआमामाथि ४–० को जित निकाल्दै सिरी ‘ए’ मा सानदार सुखद् सुरुवात गरेको हो । इन्टरको फराकिलो जितमा मिलान स्क्रिनिएर, हकान चलहानोग्लु, आर्टुरो भिडाल र इडेन जेकोले गोल गरे । […]

32 views

0 Bookmark

एजेन्सी – गत सिजनको विजेता इन्टर मिलानले नयाँ सिजनको इटालियन सिरी ‘ए’ मा सानदार विजयी सुरुवात गरेको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा इन्टरले जिनोआमामाथि ४–० को जित निकाल्दै सिरी ‘ए’ मा सानदार सुखद् सुरुवात गरेको हो ।

इन्टरको फराकिलो जितमा मिलान स्क्रिनिएर, हकान चलहानोग्लु, आर्टुरो भिडाल र इडेन जेकोले गोल गरे । पहिलो र दोस्रो हाफमा समान दुई गोल निस्किएको थियो । घरेलु मैदान मिलानोमा इन्टरले खेलको छैटौ मिनेटमा मिलान स्क्रिनिएरको गोलबाट अग्रता लिएको थियो । उनले हकान चलहानोग्लुको पासमा गोल गरेका थिए ।

१४औं मिनेटमा हकान चलहानोग्लुले इडेन जेकोको पासमा गोल गरेपछि इन्टरले पहिलो हाफमा २–० को अग्रता लिन सफल भएको थियो ।७४औं मिनेटमा सब्सिच्युट आर्टुरो भिडालले गोल गर्दै इन्टरलाई फराकिलो जिततर्फ अग्रसर गराए । स्टेफानो सेन्सीको स्थानमा मैदान छिरेको भिडालले मैदान छिरेको ६ मिनेट भित्रै निकोलो बरेल्लाको पासमा गोलगर्न सफल भएका थिए ।

खेल सकिन तीन मिनेट बाँकी रहँदा भिडालको पासमा इडेन जेकोले गोल गर्दै इन्टरलाई ४–० को सानदार जित दिलाए । यो समरमा मुख्य फरवार्ड रोमेलु लुकाकु र डिफेन्डर अचरफ हाकिमीले क्लब छाडेपनि त्यसको असर इन्टरको खेलमा देखिएन । लुकाकु चेल्सी तथा हाकिमी पीएसजी पुगेका छन् ।

सिरी ए कै अर्काे खेलमा सस्सुलोले १० खेलाडीमा समेटिएको हेलास भेरोनालाई ३–२ ले पराजित गरेको छ । सस्सुलोको जितमा जियाकोमो रास्पाडोरी, फिलिप र हामेद ट्राओरेले गोल गरे ।

घरेलु टोलीका माटिया जाकाग्नीले दुवै गोल गरे । एक गोलले पछि रहेको अवस्थामा मिगुइल भेलोसो दोहोरो पहेँलो कार्ड पाएपछि हेलास भेरोना १० खेलाडीमा समेटिन पुगेको थियो ।

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

Success

Thank you for your time.