default_image

3 years ago

August 22, 2021

लाजियो र एटलान्टाको जित

एजेन्सी – इटालियन सिरी ‘ए’ को नयाँ सिजनको पहिलो खेलमा लाजियो र एटलान्टाले विजयी सुरुवात गरेका छन् । लाजियोले नव प्रवेशी इम्पोलीमाथि उसकै मैदानमा एक गोलले पछि परेको अवस्थामा ३–१ को पूनरागमन जित दर्ता गरेको हो । लाजियोको जितमा सेर्गेज मिलिन्कोभिक साभिक, म्यानुयल लज्जारी र सिरो इम्मोविलेले गोल गरे । घरेलु टोलीका फिलिप्पो वान्डीनेलीको गोल […]

35 views

0 Bookmark

एजेन्सी – इटालियन सिरी ‘ए’ को नयाँ सिजनको पहिलो खेलमा लाजियो र एटलान्टाले विजयी सुरुवात गरेका छन् । लाजियोले नव प्रवेशी इम्पोलीमाथि उसकै मैदानमा एक गोलले पछि परेको अवस्थामा ३–१ को पूनरागमन जित दर्ता गरेको हो ।

लाजियोको जितमा सेर्गेज मिलिन्कोभिक साभिक, म्यानुयल लज्जारी र सिरो इम्मोविलेले गोल गरे । घरेलु टोलीका फिलिप्पो वान्डीनेलीको गोल सान्त्वना बन्यो । खेलको चौथो मिनेटमा नै फिलिप्पो वान्डीनेलीको गोलबाट घरेलु टोलीले अग्रता लिएको थियो ।

तर त्यो अग्रता लामो समय टिकेन छैटौं मिनेटमा नै सेर्गेज मिलिन्कोभिक साभिकले बराबरी गोल फर्काए । ३१औं मिनेटमा म्यानुयल लज्जारीले गोल गर्दै लाजियोलाई २–१ ले अघि बढाए ।

४१औं मिनेटमा सिरो इम्मोविलेले पेनाल्टीमार्फत गोल गरेपछि लाजियोले पहिलो हाफमै ३–१ को अग्रता लियो । दोस्रो हाफमा दुवै टोलीबाट गोल निस्कन नसक्दा पहिलो हाफको नतिजा नै लाजियोको जितमा निर्णायक बन्यो ।

अर्काे खेलमा एटलान्टाले टोरिनोमाथि २–१ को जित दर्ता गर्दै सिरी ‘ए’ मा विजयी सुरुवात गरेको छ । एटलान्टाको जितमा लुइस मुरिएल र रोबर्टाे पिकोलीले गोल गरे । घरेलु टोली टोरिनोका एन्ड्रिया बेलोट्टीले एक गोल फर्काए ।

बराबरीतर्फ धकेलिएको खेलको इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा रोबर्टाे पिकोलीले गोल गर्दै एटलान्टालाई ३ अंक दिलाएका थिए ।

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

Success

Thank you for your time.