default_image

3 years ago

August 22, 2021

रोनाल्डोले उडिनेजेविरुद्ध खेल्ने

एजेन्सी – पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले यस सिजन इटालियन क्लब युभेन्टसबाट नै खेल्ने पक्का भएको छ । क्लबका प्रशिक्षक मसिमिलिआनो एलेग्रीले लिगको पहिलो खेलअघि रोनाल्डोले युभेन्टसबाट निरन्तर खेल्ने बताएका हुन् । उमेरले ३६ वर्ष पुगेका रोनाल्डोको युभेन्टससँग सम्झौताको यो अन्तिम वर्ष हो । रोनाल्डो र क्लब दुवै एक अर्कासँग खुसी रहेको भनेपनि युरोपका अन्य क्लबले […]

49 views

0 Bookmark

एजेन्सी – पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले यस सिजन इटालियन क्लब युभेन्टसबाट नै खेल्ने पक्का भएको छ । क्लबका प्रशिक्षक मसिमिलिआनो एलेग्रीले लिगको पहिलो खेलअघि रोनाल्डोले युभेन्टसबाट निरन्तर खेल्ने बताएका हुन् ।

उमेरले ३६ वर्ष पुगेका रोनाल्डोको युभेन्टससँग सम्झौताको यो अन्तिम वर्ष हो । रोनाल्डो र क्लब दुवै एक अर्कासँग खुसी रहेको भनेपनि युरोपका अन्य क्लबले उनलाई अनुबन्ध गर्ने प्रयास जारी राखेका थिए । यसबीचमा रोनाल्डो आफैंले पनि आफ्नो भविष्यबारे टिप्पणी गर्न उचित नरहेको बताएका थिए ।

एलेग्रीले शनिबार भएको पत्रकार सम्मेलनमा बोल्दै रोनाल्डो यस सिजन क्लबमा रहने बताएका हुन् । ‘रोनाल्डोले कहिल्यै क्लब छोड्न चाहेका छैनन् । उनले आफैं म क्लबमा बस्नेछु भन्ने जानकारी दिएका छन् । उडिनेजेविरुद्ध खेलमा पनि रोनाल्डो खेल्नेछन् । रोनाल्डो छाड्नेबारे चर्चामा कुनै सत्यता छैन,’ उनले भने । युभेन्टसले आइतबार राती १०:१५ बजे लिगको पहिलो खेल खेल्दैछ ।

रोनाल्डो युभेन्टसमा चौथो सिजन सुरु गर्न लागेका छन् । यसक्रममा रोनाल्डोले १ सय ३३ खेल खेल्दै १ सय १ गोल गरेका छन् । रोनाल्डोले यसक्रममा २-२ पटक सिरी ए र इटालियन सुपर कप जितेका छन् । उनले गत सिजन कोपा इटालिया पनि जितेका थिए ।

गत साता स्पेनिस संचारमाध्यमले रोनाल्डो रियल म्याड्रिड फर्कने भन्दै समाचार जारी गरेपछि प्रशिक्षक कार्लो एन्चेलोटिले पनि सामाजिक संजालबाट उक्त हल्ला निराधार रहेको बताएका थिए । त्यसपछि रोनाल्डोले पनि मंगलबार नै रियल म्याड्रिडसँग आफ्नो यात्रा सफल रहेको र आफू पूर्ण रुपमा त्यसबाट सन्तुष्ट रहेको बताएका हुन् ।

रोनाल्डोले चुप रहन संकेत दिएको तस्बिरसहित यस्तो लेखेका थिए :

‘सबैलाई थाहा छ म आफ्नो काममा कति केन्द्रित हुन्छु भन्ने । कम कुरा र धेरै काम गर्नु मेरो खेल जीवनको सुरुवातदेखिको आदर्श हो’, उनले इन्स्टाग्राममा लेखेका छन्, ‘पछिल्लो समयमा मेरा बारेमा जे जति लेखिएका छन् त्यसमा आफ्नो धारणा प्रष्टपार्न चाहन्छु । यो सबै एउटा मान्छे र खेलाडीका रुपमा त्यो अपमान भन्दा बढी हो । यसमा जोडिएका क्लब र त्यसमा कार्यरत स्टाफहरुलाई पनि न्यायोचित छैन ।’

सञ्चारमाध्यममा त्यसरी चर्चा गरिनु, त्यसमा क्लबहरुलाई समेत समावेश गराइनु, अन्य खेलाडी र स्टाफलाई उद्धत गर्नु ती सबै अपमान नै भएको रोनाल्डोको निष्कर्ष छ । रियल फर्कने चर्चाका विषयमा पनि उनले आफ्नो धारणा राखेका छन् ।

‘रियलमा मेरो इतिहास लेखिसकिएको छ । त्यो दर्ता भइरहेको छ, अंक र उपाधिमा । कति त्यसका शीर्षक बनेका छन । बेर्नाबेउको संग्रहालयमा सुरक्षित छन् । त्यस्तै क्लबका समर्थकको मानसपटलमा छन्’, उनले भनेका छन्, ‘अनि जे मैले प्राप्त गरे मलाई ती नौ बर्ष र त्यहाँका समर्थकसँग प्रति सम्मान छ । रियलका समर्थकलेलाई आफ्नो मुटुमा राख्नेछन् र म उनीहरुलाई दिमागमा राख्नेछु ।’

पछिल्लो समय स्पेनमा आउने गरेका विभिन्न लिगमा जाने चर्चाका विषयमा समाचारमा खासै सन्त्यता नहुने गरेको पनि उनले बताएका छन् । ‘मैले आफ्नो मौनता तोडेको छु । म मेरो बारेमा खेल्ने अनुमति कसैलाई दिन्न’, उनले भनेका छन्, ‘म आफ्नो काम र करियरमा केन्द्रित छु । म सबै चुनौती स्वीकार्नका लागि तयार छु ।’

April 24, 2024

सुदूरपश्चिमसँग मधेशको हार, कोशी शीर्षमा

सुर्खेत (हाम्रो खेलकुद)– सुदूरपश्चिम प्रदेशले महिला लिग छनोटमा दोस्रो जित निकालेको छ । अस्मिता चौधरीको २ गोलको मद्दतमा सुदूरपश्चिमले बुधबार मधेश प्रदेशलाई ३–० ले हराएको छ । कर्णाली प्रदेश रंगशालामा भएको खेलमा पाँचौं मिनेटमा यसोदाकुमारी चिरलको गोलबाट सुदूरपश्चिमले अग्रता लिएको थियो । अस्मिताले ५१ औं र ६१ औं मिनेटमा गोल गर्दै टोलीलाई जित दिलाइन् । […]

April 24, 2024

रानीवन र गोलबजारको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक सी डिभिजन लिगमा पुछारमा रहेको गोलबजार स्पोर्ट्स क्लबसँग रानीवन स्पोर्ट्स क्लब १–१ को बराबरीमा रोकिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा योञ्जन हमालको गोलमा खेलको १६औं मिनेटमा गोलबजारले अग्रता बनायो। तर यो अग्रतालाई जोगाउन भने सकेन। ४४औं मिनेटमा हिमाञ्चल सिंहले बराबरी गोल फर्काए । दोस्रो हाफमा दुवै टिमबाट […]

April 24, 2024

शीर्षस्थानको कोशीसँग गण्डकीको हार

सुर्खेत (हाम्रो खेलकुद) – समिक्षा मगरको गोलमा कोशी प्रदेशले महिला लिग छनोट गण्डकी प्रदेशलाई ३–० ले सहजै हराएको छ । लगातार तेस्रो जितपछि ९ कोशी शीर्षस्थानमा छ । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा बुधबार भएको खेलमा कोशीले एकपक्षीय दबाब बनायो। छैटौं मिनेटमा समिक्षाले गोल गर्दै टोलीलाई पहिलो हाफमा १–० को अग्रता दिलाइन् । गण्डकी दोस्रो हाफमा […]

Success

Thank you for your time.