default_image

3 years ago

August 22, 2021

पिएसजीले मेस्सीलाई अर्जेन्टिनाबाट खेल्न दिने

एजेन्सी – अर्जेन्टिनी फरवार्ड लिओनेल मेस्सीले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) सँग अनुबन्धन गरेपनि डेब्यु भने गरेका छैनन् । अनुबन्धनको दुई साता बितिसक्दा पनि मेस्सी म्याच फिट नभएको जानकारी प्रशिक्षक माउरिसियो पोचेटिनोले दिएका थिए । पिएसजीबाट डेब्यु नगरेको अवस्थामा पनि क्लबले मेस्सीलाई अर्को साता हुने विश्वकप छनोटका तीन खेलमा मेस्सीलाई अर्जेन्टिनाबाट खेल्न दिने भएको […]

41 views

0 Bookmark

एजेन्सी – अर्जेन्टिनी फरवार्ड लिओनेल मेस्सीले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) सँग अनुबन्धन गरेपनि डेब्यु भने गरेका छैनन् । अनुबन्धनको दुई साता बितिसक्दा पनि मेस्सी म्याच फिट नभएको जानकारी प्रशिक्षक माउरिसियो पोचेटिनोले दिएका थिए ।

पिएसजीबाट डेब्यु नगरेको अवस्थामा पनि क्लबले मेस्सीलाई अर्को साता हुने विश्वकप छनोटका तीन खेलमा मेस्सीलाई अर्जेन्टिनाबाट खेल्न दिने भएको छ । मेस्सीले पछिल्लो केहि दिन पूर्ण प्रशिक्षणमा सहभागिता जनाएका छन् । उनले अर्को साता राइम्सविरुद्ध हुने लिग वनको खेलमा डेब्यु गर्ने सम्भावना छ । तर त्यसपछि मेस्सी एक साताका लागि अर्जेन्टिना जाने बुझिएको छ ।

अर्जेन्टिनाले सेप्टेम्बर पहिलो साता विश्वकप छनोट अन्तर्गत तीन खेल खेल्दैछ । कतार २०२२ को छनोट अन्तर्गत अर्जेन्टिनाले भेनेजुएला, ब्राजिल र बोलिभियासँग खेल्ने कार्यक्रम छ । छनोटका ६ खेलमा अर्जेन्टिना अपराजित छ । टोलीले ३ जित र ३ बराबरीसँगै १२ अंक जोडेको छ । अर्जेन्टिना अंक तालिकाको दोस्रो स्थानमा छ भने ६ खेलमा १८ अंक जोडेको ब्राजिल शीर्षस्थानमा छ ।

प्रशिक्षक पोचेटिनोले मेस्सी अर्जेन्टिना जाने विषयमा कुनै समस्या नरहेको बताए । ‘हामीले राष्ट्रिय टोलीको छनोटकर्ता सँग छलफल त गरेका छैनौं । तर हाम्रा खेलाडीले राष्ट्रिय टोलीबाट खेल्ने कुरामा हामी सधैं सकारात्मक छौं । अर्जेन्टिना मात्र होइन, अन्य खेलाडी र देशको विषयमा पनि हाम्रो यहि धारणा हो,’ उनले भने ।

मेस्सीसँगै ब्राजिलका नेयमार पनि विश्वकप छनोटको खेलमा सहभागी हुनेछन् । गत महिना मात्र अर्जेन्टिनाले ब्राजिललाई नै पराजित गर्दै कोपा अमेरिकाको उपाधि जितेको थियो । मेस्सीले अन्तर्राष्ट्रिय उपाधिको खडेरी तोड्ने क्रममा ४ गोल र ५ असिस्टसहित गोल्डेन बुट पनि जितेका थिए ।

April 24, 2024

सुदूरपश्चिमसँग मधेशको हार, कोशी शीर्षमा

सुर्खेत (हाम्रो खेलकुद)– सुदूरपश्चिम प्रदेशले महिला लिग छनोटमा दोस्रो जित निकालेको छ । अस्मिता चौधरीको २ गोलको मद्दतमा सुदूरपश्चिमले बुधबार मधेश प्रदेशलाई ३–० ले हराएको छ । कर्णाली प्रदेश रंगशालामा भएको खेलमा पाँचौं मिनेटमा यसोदाकुमारी चिरलको गोलबाट सुदूरपश्चिमले अग्रता लिएको थियो । अस्मिताले ५१ औं र ६१ औं मिनेटमा गोल गर्दै टोलीलाई जित दिलाइन् । […]

April 24, 2024

रानीवन र गोलबजारको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक सी डिभिजन लिगमा पुछारमा रहेको गोलबजार स्पोर्ट्स क्लबसँग रानीवन स्पोर्ट्स क्लब १–१ को बराबरीमा रोकिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा योञ्जन हमालको गोलमा खेलको १६औं मिनेटमा गोलबजारले अग्रता बनायो। तर यो अग्रतालाई जोगाउन भने सकेन। ४४औं मिनेटमा हिमाञ्चल सिंहले बराबरी गोल फर्काए । दोस्रो हाफमा दुवै टिमबाट […]

April 24, 2024

शीर्षस्थानको कोशीसँग गण्डकीको हार

सुर्खेत (हाम्रो खेलकुद) – समिक्षा मगरको गोलमा कोशी प्रदेशले महिला लिग छनोट गण्डकी प्रदेशलाई ३–० ले सहजै हराएको छ । लगातार तेस्रो जितपछि ९ कोशी शीर्षस्थानमा छ । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा बुधबार भएको खेलमा कोशीले एकपक्षीय दबाब बनायो। छैटौं मिनेटमा समिक्षाले गोल गर्दै टोलीलाई पहिलो हाफमा १–० को अग्रता दिलाइन् । गण्डकी दोस्रो हाफमा […]

Success

Thank you for your time.