default_image

3 years ago

August 22, 2021

बेटिस प्रशिक्षक पेलेग्रिनीले गरे ‘सुस्त’ ला लिगाको आलोचना

एजेन्सी – रियल बेटिसका प्रशिक्षक म्यानुएल पेलेग्रिनीले आफैं प्रतिस्पर्धा गरिरहेको स्पेनिस ला लिगा निकै सुस्त रहेको भन्दै आलोचना गरेका छन् । शुक्रबार क्याडिजसँग १-१ को बराबरीमा रोकिएपछि उनले लिगको चावी सुधार्न आवश्यक रहेको बताएका हुन् । पेलेग्रिनीको टोलीले शुक्रबार अन्त्यतिर क्याडिजको निकै रक्षात्मक शैलीका कारण बराबरी गोल फर्काउन सकेको थिएन । रियल म्याड्रिड र म्यानचेस्टर […]

26 views

0 Bookmark

एजेन्सी – रियल बेटिसका प्रशिक्षक म्यानुएल पेलेग्रिनीले आफैं प्रतिस्पर्धा गरिरहेको स्पेनिस ला लिगा निकै सुस्त रहेको भन्दै आलोचना गरेका छन् ।

शुक्रबार क्याडिजसँग १-१ को बराबरीमा रोकिएपछि उनले लिगको चावी सुधार्न आवश्यक रहेको बताएका हुन् । पेलेग्रिनीको टोलीले शुक्रबार अन्त्यतिर क्याडिजको निकै रक्षात्मक शैलीका कारण बराबरी गोल फर्काउन सकेको थिएन । रियल म्याड्रिड र म्यानचेस्टर सिटीका समेत प्रशिक्षक रहिसकेका पेलेग्रिनीले लिगको अस्मिता सुधार्न सबै टोलीले आ-आफ्नो तर्फबाट योगदान दिनुपर्ने बताए ।

खेलको गति नै रोक्ने कतिपय टोलीको रणनीतिले लिगलाई असर गर्ने उनको बुझाइ छ । ‘यस लिगका रेफ्री, प्रशिक्षक र खेलाडीले संयुक्त रुपमा आफ्नो छवी सुधार्नु पर्छ । रेफ्रीहरुले बताए अनुसार स्पेनिस लिग युरोपकै सुस्त लिगमा पर्छ । समर्थकहरु फुटबलको मजा लिन आएका छन् र हामी त्यो दिन सकिरहेका छैनौं,’ उनले भने ।

‘खेलमा समय खेर फाल्ने, डाइभ गरेर फल जित्ने जस्ता गतिविधिले राम्रो संदेश दिदैन । समर्थकहरु खेल हेर्न आएका हुन् । तर विपक्षीले फुटबल नखेल्ने रणनीति लिएपछि कसैको केहि लाग्दैन । क्याडिजले अन्तिम १५ मिनेट बल रोक्ने बाहेक कुनै रणनीति लिएन,’ उनले भने ।

पेलेग्रिनीको टोली बेटिसले लिगमा लगातार दोस्रो बराबरी खेलेको हो । अब टोलीले अर्को साता रियल म्याड्रिडको आतिथ्यता गर्नेछ । पछिल्लो ६ खेलमा बेटिसले रियलविरुद्ध २ जित र १ बराबरीको नतिजा निकालेको छ ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.