default_image

3 years ago

August 22, 2021

आर्सनल र चेल्सी भिड्दै

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आज राति आर्सनलले घरेलु मैदान इमिरेट्स स्टेडियममा चेल्सीको सामना गर्दैछ । लन्डन डर्बी नेपाली समयअनुसार राति ९:१५ बजे हुनेछ । पहिलो खेलमा नव प्रवेशी ब्रेन्टफर्डसँग २–० को हार बेहोरेको आर्सनल उक्त खेलमा भएको कमजोरी सुधार गर्दै पहिलो जितको खोजीमा हुनेछ । आर्सनलसँग गाब्रियल मार्टिनेली, इमिल स्मिथ रोवी, निकोलस पेपे, बुकायो […]

78 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आज राति आर्सनलले घरेलु मैदान इमिरेट्स स्टेडियममा चेल्सीको सामना गर्दैछ । लन्डन डर्बी नेपाली समयअनुसार राति ९:१५ बजे हुनेछ ।

पहिलो खेलमा नव प्रवेशी ब्रेन्टफर्डसँग २–० को हार बेहोरेको आर्सनल उक्त खेलमा भएको कमजोरी सुधार गर्दै पहिलो जितको खोजीमा हुनेछ । आर्सनलसँग गाब्रियल मार्टिनेली, इमिल स्मिथ रोवी, निकोलस पेपे, बुकायो साका, ग्रानिट झाँका, अल्बर्ट साम्वी लोकांगा, हेक्टर बर्लिन, पाब्लो मारी, बेन ह्वाइट र गोलरक्षक बन्ड लेनो रहेका छन् ।

यता, चेल्सी पनि आर्सनललाई हराउँदै लिगमा लगातार दोस्रो जितको खोजीमा हुनेछ । टिमो वेर्नर, मासन माउन्ट, मार्काेस अलन्सो, जर्गिन्हो, एङ्गोलो कान्टे, सिसर एज्पिलिक्वेटा, एन्टेनियो रुडिगर, आन्द्रेस क्रिस्टिटेन्सेन र फर्लान्ड मेन्डी टोलीमा रहेका छन् । गत सात अनुबन्ध भएका रोमेलु लुकाकुले सुरुवातमै मौका पाउने सम्भावना छ ।

चेल्सीले पहिलो खेलमा क्रिस्टल प्यालेसमाथि ३–० को सहज जित हात पारेको थियो । यि दुई टोलीबीचको हालसम्मको ३३ खेलमा चेल्सी १४ खेलमा विजयी भएको छ । आर्सनलले १० खेल आफ्नो पक्षमा पार्दा ९ खेल बराबरीमा सकिएको छ । पछिल्लो दुई भेटमा दुवै टोलीले एक–एक जित निकालेका छन् ।

अन्य खेल

वेस्ट ह्यामविरुद्ध लेस्टर सिटी (राति १२ः४५ बजे)

April 24, 2024

सुदूरपश्चिमसँग मधेशको हार, कोशी शीर्षमा

सुर्खेत (हाम्रो खेलकुद)– सुदूरपश्चिम प्रदेशले महिला लिग छनोटमा दोस्रो जित निकालेको छ । अस्मिता चौधरीको २ गोलको मद्दतमा सुदूरपश्चिमले बुधबार मधेश प्रदेशलाई ३–० ले हराएको छ । कर्णाली प्रदेश रंगशालामा भएको खेलमा पाँचौं मिनेटमा यसोदाकुमारी चिरलको गोलबाट सुदूरपश्चिमले अग्रता लिएको थियो । अस्मिताले ५१ औं र ६१ औं मिनेटमा गोल गर्दै टोलीलाई जित दिलाइन् । […]

April 24, 2024

रानीवन र गोलबजारको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक सी डिभिजन लिगमा पुछारमा रहेको गोलबजार स्पोर्ट्स क्लबसँग रानीवन स्पोर्ट्स क्लब १–१ को बराबरीमा रोकिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा योञ्जन हमालको गोलमा खेलको १६औं मिनेटमा गोलबजारले अग्रता बनायो। तर यो अग्रतालाई जोगाउन भने सकेन। ४४औं मिनेटमा हिमाञ्चल सिंहले बराबरी गोल फर्काए । दोस्रो हाफमा दुवै टिमबाट […]

April 24, 2024

शीर्षस्थानको कोशीसँग गण्डकीको हार

सुर्खेत (हाम्रो खेलकुद) – समिक्षा मगरको गोलमा कोशी प्रदेशले महिला लिग छनोट गण्डकी प्रदेशलाई ३–० ले सहजै हराएको छ । लगातार तेस्रो जितपछि ९ कोशी शीर्षस्थानमा छ । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा बुधबार भएको खेलमा कोशीले एकपक्षीय दबाब बनायो। छैटौं मिनेटमा समिक्षाले गोल गर्दै टोलीलाई पहिलो हाफमा १–० को अग्रता दिलाइन् । गण्डकी दोस्रो हाफमा […]

Success

Thank you for your time.