default_image

3 years ago

August 22, 2021

रियल म्याड्रिडलाई लेभान्टेको चुनौती

एजेन्सी – स्पेनिस ला लिगामा आज राति विभिन्न तीन खेलमा प्रतिस्पर्धा हुँदा साविकको उपविजेता रियल म्याड्रिड लेभान्टे भ्रमणमा निस्कँदैछ । खेल लेभान्टेको मैदानमा नेपाली समयअनुसार राति १:४५ बजे हुनेछ । घरेलु मैदानमा रियललाई स्तब्ध पार्दै लेभान्टे ला लिगाको नयाँ सिजनमा पहिलो जित निकाल्ने लक्ष्यमा हुनेछ । लेभान्टेले पहिलो खेलमा क्याडिजसँग १–१ गोलको बराबरी खेलेको थियो […]

38 views

0 Bookmark

एजेन्सी – स्पेनिस ला लिगामा आज राति विभिन्न तीन खेलमा प्रतिस्पर्धा हुँदा साविकको उपविजेता रियल म्याड्रिड लेभान्टे भ्रमणमा निस्कँदैछ । खेल लेभान्टेको मैदानमा नेपाली समयअनुसार राति १:४५ बजे हुनेछ ।

घरेलु मैदानमा रियललाई स्तब्ध पार्दै लेभान्टे ला लिगाको नयाँ सिजनमा पहिलो जित निकाल्ने लक्ष्यमा हुनेछ । लेभान्टेले पहिलो खेलमा क्याडिजसँग १–१ गोलको बराबरी खेलेको थियो । टोलीसँग रोजर, जोस लुइस मोरालेस, जर्ग डि फ्रुटोस, कार्लाेस, गोन्जालो मेलेरो, जोश काम्पना, सन, ओस्कार डुआर्टे, रोवेर, कोकी र गनेलरक्षक एइटर रहेका छन् ।

यता, रियल पनि ला लिगामा लगातार दोस्रो जित दर्ता गर्नै लक्ष्यमा मैदानमा उत्रनेछ । रियलले पहिलो खेलमा एलाभेसलाई ४–१ ले पराजित गरेको थियो । टोलीसँग पहिलो खेलमै दुई गोल गरेका करिम बेन्जेमा, इडेन हाजार्ड, ग्यारेथे बेल, क्यासमिरो, फेडे भाल्र्भेडे, इस्को, डेभिड अलाबा, इडर मिलिसाओ, नाचो फर्नान्डेस, लुकास भास्क्वेज र गोलरक्षक थिवाउट कोर्टुवा रहेका छन् ।

यस्तै भिनिसियस जुनियर, रोड्रिगो र मार्काे एसेन्सियो पनि टोलीसँग रहेका छन् । चोटका कारण मिडफिल्डरद्धय लुका मोड्रिच र टोनी क्रुस टोलीमा हुनेछैनन् ।

यि दुई टोलीबीचको २२ खेलको नतिजामा रियल हावी छ । रियलले १४ खेल आफ्नो पक्षमा पार्दा लेभान्टे ५ खेलमा विजयी भएको छ । ३ खेल बराबरीमा सकिएको छ । पछिल्लो दुई भेटमा दुवै टोलीले समान एक–एक जित निकालेका छन् । तर पछिल्ला खेलमा लेभान्टेले रियललाई पराजित गरेको छ ।

अन्य खेल

रियल सोसिडाडविरुद्ध रायो भालेकानो (राति ८:४५ बजे)

एट्लेटिको म्याड्रिडविरुद्ध इल्चे (राति ११:१५ बजे)

April 24, 2024

युभेन्ट्स कोपा इटालियाको‌ फाइनलमा

एजेन्सी – युभेन्ट्स कोपा इटालियाको फाइनलमा प्रवेश गरेको छ। खेलको अन्त्यतिर गोल गरेपछि समग्रमा लाजियोलाई ३-२ ले पछि पार्दै युभेन्टस अन्तिम दुईमा पुगेको हो। बुधबार भएको दोस्रो लेगमा २-१ ले पराजित भएको युभेन्ट्सले पहिलो लेगमा २-० को‌ जित निकालेको थियो।८३ औं मिनेटमा परिवर्तित खेलाडीका रुपमा मैदान प्रवेश गरेको केही सेकेन्डमै आर्काडिउज मिलिकले गोल गरेपछि युभेन्ट्सको […]

April 24, 2024

चेल्सीमाथि आर्सनलको सानदार जित

एजेन्सी – आर्सनलले इंग्लिस प्रिमियर लिगमा ३ अंकको‌ स्पष्ट अग्रता लिएको छ। चेल्सीलाई मंगलबार ५-० ले हराउँदै आर्सनलले दोस्रो स्थानको लिभरपुललाई ३ अंकले पछि छाडेको छ । आर्सनलको ७७ अंक छ । लिभरपुलले एक खेल कम खेलेको छ भने २ खेल कम खेलेको तेस्रो स्थानको म्यानचेस्टर सिटी ७३ अंक छ।एफए कपको सेमिफाइनलमा सिटी सँग पराजित […]

April 23, 2024

महिला लिग छनोटमा लुम्बिनीको पहिलो जित

सुर्खेत (हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले महिला लिग छनोटमा पहिलो जित हासिल गरेको छ । उत्कृष्ट पूनरागमन गर्दै लुम्बिनीले मंगलबार बागमती प्रदेशलाई ३–१ को नतिजामा माथ दिएको हो । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलमा पहिलो अग्रता बागमतीले बनायो। २४औं मिनेटमा सुमित्रा तामाङको गोलमा बागमती अगाडि लागेको थियो । तर यो अग्रता खेलको ४०औं मिनेटमा […]

Success

Thank you for your time.