default_image

3 years ago

August 23, 2021

हालान्डको बढ्दो प्रभाव

एजेन्सी – रियल म्याड्रिडको प्राथमिकतामा अहिले पेरिस सेन्ट जर्मेन (पिएसजी) का केलियन एमबाप्पे र बोरुसिया डर्टमन्डका हर्लिङ हालान्ड छन् । तर, दुई वर्षअघि नर्वेजियन फरवार्ड हालान्ड रियलको प्राथमिकताको सुचीमा थिएनन् । सन् २०१९ अगष्ट ७ मा हालान्डले रियलविरुद्ध रेडबुल साल्जबर्गबाट मैत्रीपूर्ण खेलका थिए । त्यति बेला रियलको सम्झौताका लागि मुख्य प्राथमिकतामा इडेन हाजार्ड थिए । […]

41 views

0 Bookmark

एजेन्सी – रियल म्याड्रिडको प्राथमिकतामा अहिले पेरिस सेन्ट जर्मेन (पिएसजी) का केलियन एमबाप्पे र बोरुसिया डर्टमन्डका हर्लिङ हालान्ड छन् । तर, दुई वर्षअघि नर्वेजियन फरवार्ड हालान्ड रियलको प्राथमिकताको सुचीमा थिएनन् ।

सन् २०१९ अगष्ट ७ मा हालान्डले रियलविरुद्ध रेडबुल साल्जबर्गबाट मैत्रीपूर्ण खेलका थिए । त्यति बेला रियलको सम्झौताका लागि मुख्य प्राथमिकतामा इडेन हाजार्ड थिए । हालान्डले त्यति बेला खासै प्रभाव जमाउन सकेका थिएनन् । दुई वर्ष पछाडि परिस्थिति बदलिएको छ ।

विश्वका ठूला क्लब हालान्डलाई भित्राउन चाहन्छन् । जति बेला उनी साल्जबर्गमा आबद्ध भए त्यसपछि उनी निरन्तर गोल गरिरहेका छन् । साल्जबर्गका लागि उनले च्याम्पियन्स लिगका ६ खेलमा ११ गोल गरेका थिए । च्याम्पियन्स लिगमा डेब्यू गरेकै सिजनमा उनले जेन्कविरुद्ध ह्याट्रिक गरेका थिए ।

च्याम्पियन्स लिगको समूह चरणमा ८ गोल गरेका हालान्ड पछि उनी डर्टमन्डमा आबद्ध भएका थिए । क्लबको लगानी खेर गएन । उनले त्यहाँ उच्च प्रदर्शन गरे । बुन्डेसलिगका सुरुवाती ३ खेलमा ७ गोल गर्दै प्रभाव जमाएका उनले पिएसजीविरुद्ध च्याम्प्यिन्स लिगमा २ गोल गरेका थिए ।

२०१९-२० को सिजनमा मात्र हालान्डले ४० गोल गरेका थिए । अहिले २१ वर्षका हालान्डको सरुवा बजारमा १ सय ३० मिलियन युरो मुल्य रहेको विश्वास गरिन्छ । अर्को सिजन उनको सम्झौतामा ७० मिलियन युरोको रिलिज क्लज रहेको चर्चा पनि छ । तर उनको एजेन्टको भूमिका यसमा महत्त्वपूर्ण हुनेछ ।

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

April 25, 2024

एभर्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]

Success

Thank you for your time.