default_image

3 years ago

August 22, 2021

म्यानचेस्टर युनाइटेड बराबरीमा रोकियो

एजेन्सी – लिगको पहिलो खेलमा लिड्स युनाइटेडमाथि सानदार जित हात पारेको म्यानचेस्टर युनाइटेड साउथह्याम्टनसँग १-१ को बराबरीमा रोकिएको छ । एक गोलले पछि परेको अवस्थामा मासन ग्रीनवुडले गोल गर्दै युनाइटेडलाई हारबाट जोगाएका हुन् । साउथह्याम्टनको घरेलु मैदान सेन्ट मेरिज स्टेडियममा आइतबार भएको खेलमा घरेलु टोलीले खेलको ३०औं मिनेटमा आत्मघाती गोलबाट अग्रता लिएको थियो । चे एडाम्सको प्रहार फ्रेडलाई डिफ्लेक्ट हुदै गोलमा परिणत हुँदा […]

28 views

0 Bookmark

एजेन्सी – लिगको पहिलो खेलमा लिड्स युनाइटेडमाथि सानदार जित हात पारेको म्यानचेस्टर युनाइटेड साउथह्याम्टनसँग १-१ को बराबरीमा रोकिएको छ । एक गोलले पछि परेको अवस्थामा मासन ग्रीनवुडले गोल गर्दै युनाइटेडलाई हारबाट जोगाएका हुन् ।

साउथह्याम्टनको घरेलु मैदान सेन्ट मेरिज स्टेडियममा आइतबार भएको खेलमा घरेलु टोलीले खेलको ३०औं मिनेटमा आत्मघाती गोलबाट अग्रता लिएको थियो । चे एडाम्सको प्रहार फ्रेडलाई डिफ्लेक्ट हुदै गोलमा परिणत हुँदा युनाइटेड पछि परेको थियो । एक गोलले पछि परेपछि सम्हालिएको खेल पस्कदै घरेलु टोलीलाई दवावमा राखेपनि बराबरीको लागि दोस्रो हाफ नै कुर्नुपर्यो ।

५५औं मिनेटमा मेसन ग्रीनवुडले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । अघिल्लो खेलमा चार असिस्ट दिएका फ्रान्सेली मिडफिल्डर पल पोग्वाको पासमा उनले गोल गरेका थिए । त्यसपछि थप गोल निस्कन नसक्दा खेल बराबरीमा सकियो ।

बराबरीपछि म्यानचेस्टरको २ खेलबाट ४ अंक पुगेको छ । पहिलो अंक जोडेको साउथह्याम्टनको दुई खेलबाट १ अंक छ ।

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

Success

Thank you for your time.