default_image

3 years ago

August 22, 2021

टोटेनहमको लगातार दोस्रो जित

एजेन्सी – टोटेनहम हटस्परले इंग्लिस प्रिमियर लिगमा लगातार दोस्रो जित दर्ता गर्दा गर्ने क्रममा वल्भ्सलाई १–० ले पराजित गरेको छ । वल्भ्सको घरेलु मैदान मोलिन्यु स्टेडियममा आइतबार डेले अलीले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले १०औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए । सर्जियो रिगुइलोनको थ्रु पासमा गोलरक्षक जोस शाले पेनाल्टी बक्समा डेल […]

40 views

0 Bookmark

एजेन्सी – टोटेनहम हटस्परले इंग्लिस प्रिमियर लिगमा लगातार दोस्रो जित दर्ता गर्दा गर्ने क्रममा वल्भ्सलाई १–० ले पराजित गरेको छ ।

वल्भ्सको घरेलु मैदान मोलिन्यु स्टेडियममा आइतबार डेले अलीले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले १०औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए । सर्जियो रिगुइलोनको थ्रु पासमा गोलरक्षक जोस शाले पेनाल्टी बक्समा डेल अलीलाई लडाएपछि रेफ्रीले स्पर्सलाई पेनाल्टी प्रदान गरेका थिए । जसलाई अली आफैंले सदुपयोग गरे ।

२७औं मिनेटमा घरेलु टोली बराबरीबाट चुक्यो । मौटिन्होको फ्लिक पासलाई राहुल जिमिनेजले सदुपयोग गर्न सकेनन् । ३३औं मिनेटमा ट्रिन्काओको प्रहार सिधै गोलरक्षक ह्युगो लोरिसको हातमा पुग्यो । ५२औं मिनेटमा ह्युङ मिन सनले मौका पाएपनि उनको प्रहार क्रसबारमा लाग्दै बाहिरिदा टोटेनहम अग्रता दोब्बर पार्नबाट चुक्यो ।

५९औं मिनेटमा वल्भ्सका नेल्सन सेमेडोले अवसर खेर फाले । ६१औं मिनेटमा रुभेन नेभेसको प्रहारमा गोलरक्षक लोरिस बाधक बन्दा वल्भ्स बराबरीबाट चुक्यो । ६३औं मिनेटमा रोमेन सइसको हेडरले पोस्टको गति लिन सकेन । ६५औं मिनेटमा काउन्टर अट्याकमा गोलरक्षक शाले स्टेभन वर्गवाइन र सनको प्रहारलाई दोहोरो बचाउँ गर्दा टोटेनहम अग्रता दोब्बर पार्नबाट चुक्यो ।

खेलको अन्तिम २० मिनेटमा टोटेनहमका फरवार्ड ह्यारी केन मैदान प्रवेश गरेका थिए । म्यानचेस्टर सिटी जाने चर्चाका बीच केनले टोटेनहमका लागि पहिलो खेल खेलेका हुन् । ८२ औं मिनेटमा केनकै प्रहार विफल पार्दै गोलरक्षक शाले खेल १-० को स्थितिमा राखे । लगत्तै उनले बर्गवाइनको प्रहार पनि बचाए ।

पहिलो खेलमा म्यानचेस्टर सिटीलाई हराएको टोटेनहमले प्रशिक्षक नुनो स्पिरिटो सान्तोको पूर्व टोलीविरुद्ध जित हासिल गर्दै सुखद सुरुवात गरेको छ । प्रशिक्षक नुनो यसै सिजन वल्भ्स छाड्दै टोटेनहमको प्रशिक्षक बनेका थिए । या जितसँगै टोटेनहमको २ खेलबाट ६ अंक पुगेको छ । पराजित वल्भ्सले अंकको खाता खोल्न सकेको छैन । वल्भ्स पहिलो खेलमा लेस्टर सिटीसँग १–० ले पराजित भएको थियो ।

आइतबार नै लिगको पहिलो खेलमा लिड्स युनाइटेडमाथि सानदार जित हात पारेको म्यानचेस्टर युनाइटेड साउथह्याम्टनसँग १-१ को बराबरीमा रोकिएको छ । एक गोलले पछि परेको अवस्थामा मासन ग्रीनवुडले गोल गर्दै युनाइटेडलाई हारबाट जोगाएका हुन् ।

साउथह्याम्टनको घरेलु मैदान सेन्ट मेरिज स्टेडियममा आइतबार भएको खेलमा घरेलु टोलीले खेलको ३०औं मिनेटमा आत्मघाती गोलबाट अग्रता लिएको थियो । चे एडाम्सको प्रहार फ्रेडलाई डिफ्लेक्ट हुदै गोलमा परिणत हुँदा युनाइटेड पछि परेको थियो । एक गोलले पछि परेपछि सम्हालिएको खेल पस्कदै घरेलु टोलीलाई दवावमा राखेपनि बराबरीको लागि दोस्रो हाफ नै कुर्नुपर्यो ।

५५औं मिनेटमा मेसन ग्रीनवुडले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । अघिल्लो खेलमा चार असिस्ट दिएका फ्रान्सेली मिडफिल्डर पल पोग्वाको पासमा उनले गोल गरेका थिए । त्यसपछि थप गोल निस्कन नसक्दा खेल बराबरीमा सकियो ।

बराबरीपछि म्यानचेस्टरको २ खेलबाट ४ अंक पुगेको छ । पहिलो अंक जोडेको साउथह्याम्टनको दुई खेलबाट १ अंक छ ।

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

March 27, 2024

बेलिङहमको गोलमा इंग्ल्यान्ड हारबाट जोगियो

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका मिडफिल्डर जुड बेलिङहमले अन्तिम समयमा गोल गरेपछि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा इंग्ल्यान्ड हारबाट जोगिएको छ । घरेलु मैदानमा इंग्ल्यान्डले बेल्जियमसँग २–२ गोलको बराबरी खेलेको हो । एक गोल इभान टोनीले गरे । बेल्जियमका लागि दुवै गोल युरी टिलेमान्सले गरेपनि जितको लागि पर्याप्त भएन । वेम्वली स्टेडियम लन्डनमा मंगलबार राति भएको […]

Success

Thank you for your time.