default_image

3 years ago

August 22, 2021

चेल्सीले आर्सनललाई हरायो

एजेन्सी – लन्डन क्लबका लागि दोस्रोपटक डेब्यु गरेका बेल्जियन फरवार्ड रोमेलु लुकाकु र रिस जेम्सले गोल गरेपछि नर्थ लन्डन डर्वी भिडन्तमा चेल्सीले आर्सनललाई पराजित गरेको छ । चेल्सीले आर्सनललाई उसकै मैदानमा २–० को सहज जित हात पारेको हो । दुवै गोल पहिलो हाफमा भएको थियो । इमिरेट्स स्टेडियममा आइतबार भएको खेलको १५औं मिनेटमा लुकाकुको गोलबाट […]

47 views

0 Bookmark

एजेन्सी – लन्डन क्लबका लागि दोस्रोपटक डेब्यु गरेका बेल्जियन फरवार्ड रोमेलु लुकाकु र रिस जेम्सले गोल गरेपछि नर्थ लन्डन डर्वी भिडन्तमा चेल्सीले आर्सनललाई पराजित गरेको छ ।

चेल्सीले आर्सनललाई उसकै मैदानमा २–० को सहज जित हात पारेको हो । दुवै गोल पहिलो हाफमा भएको थियो । इमिरेट्स स्टेडियममा आइतबार भएको खेलको १५औं मिनेटमा लुकाकुको गोलबाट चेल्सीले अग्रता लिएको थियो ।

यसै समरमा ९८ मिलियन पाउन्डमा इटालियन च्याम्पियन इन्टर मिलानबाट चेल्सी आएका लुकाकुले माटियो कोभासिस हुदै रिस जेम्सबाट आएको पासलाई सिक्स यार्ड बक्सभित्रबाट सहजै फिनिस गरेका थिए । २१औं मिनेटमा लुकाकुले अर्काे अवसर खेर फाल्दा चेल्सी अग्रता दोब्बर पार्नबाट चुक्यो ।

२९औं मिनेटमा ग्रानिट झाकाको पासमा अल्वर्ट साम्वी लोकांगाको प्रहार क्रसबारबाट बाहिरिददा आर्सनल बराबरीबाट चुक्यो । ३५औं मिनेटमा रिस जेम्सले गोल गर्दै चेल्सीको अग्रता दोब्बर पारे । उनले मासन माउन्टको पासमा बायाँ कर्नरमा उत्कृष्ट गोल गर्न सफल हुदा गोलरक्षक बन्ड लेनोले रोक्ने कुनै अवसर नै पाएनन् ।

४१औं मिनेटमा रिस जेम्सले बुकायो साका फल गरेको भन्दै आर्सनलले पेनाल्टीको अपिल गरेपनि भिएआरले मान्यता दिएन । ५०औं मिनेटमा माटियो कोभासिसको पासमा लुकाकुको प्रहारलाई पाब्लो मारीले ब्लक गर्दा रिवाउन्डमा काई हाभर्टजको प्रयासलाई रोव होल्डिङले विफल पार्दा चेल्सीले थप अग्रता बढाउन सकेन ।

५२औं मिनेटमा बुकायो साकाको २५ यार्ड टाढाको प्रहार मार्काेस अलन्सोलाई डिफ्लेक्ट हुदै आएको प्रहारलाई गोलरक्षक इडुआर्ड मेन्डीले बचाउँदा आर्सनलले गोल अन्तर कम गर्न सकेन । ५९औं मिनेटमा रोव होल्डिङको हेडर पोस्ट नजिकैबाट बाहिरियो । ६८औं मिनेटमा मार्काेस अलन्सोको हाफ भली प्रहारले पोस्टको दिशा लिन सकेन ।

लगत्तै काउन्टर अट्याकमा पेपेको पासमा इमिल स्मिथ रोवीको प्रहारलाई चेल्सीका कप्तान सिसर एज्पिलिक्वेटाले ब्लक गरे । ७७औं मिनेटमा लुकाकुको प्रहारलाई आर्सनलका गोलरक्षक बन्ड लेनोले विफल पारे । ८७औं मिनेटमा लुकाकुको पासमा काई हाभर्टजको प्रहारलाई गोलरक्षक लेनोले विफल पारेपछि पहिलो हाफको दुई गोल नै चेल्सीको जितमा निणाएयक बन्यो ।

नयाँ सिजनका चेल्सीको यो लगातार दोस्रो जित हो । पहिलो राउन्डमा चेल्सीले क्रिस्टल प्यालेसलाई ३–० ले पराजित गरेको थियो । लगातार दोस्रो जितसँगै चेल्सी २ खेलबाट ६ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ । समान ६ अंक नै रहेपनि लिभरपुल, ब्राइटन र टोटेनहम हटस्पर गोल अन्तरमा पछि छ । लगातार दोस्रो हार बेहोरेको आर्सनल अंकविहीन हुदै पुछारमा छ ।

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

March 27, 2024

बेलिङहमको गोलमा इंग्ल्यान्ड हारबाट जोगियो

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका मिडफिल्डर जुड बेलिङहमले अन्तिम समयमा गोल गरेपछि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा इंग्ल्यान्ड हारबाट जोगिएको छ । घरेलु मैदानमा इंग्ल्यान्डले बेल्जियमसँग २–२ गोलको बराबरी खेलेको हो । एक गोल इभान टोनीले गरे । बेल्जियमका लागि दुवै गोल युरी टिलेमान्सले गरेपनि जितको लागि पर्याप्त भएन । वेम्वली स्टेडियम लन्डनमा मंगलबार राति भएको […]

Success

Thank you for your time.