default_image

3 years ago

August 23, 2021

भिनिको दुई गोलमा रियल म्याड्रिड हारबाट जोगियो

एजेन्सी – ब्राजिली विंगर फरवार्ड भिनिसियस जुनियरले दुई गोल गरेपछि रियल म्याड्रिड स्पेनिस ला लिगामा हारबाट जोगिएको छ । सुरुवाती अग्रता लिएपनि त्यसलाइै जोगाउन नसक्दा रियलले १० खेलाडीमा समेटिएको घरेलु टोली लेभान्टेसँग ३–३ गोलको बराबरी खेलेको हो । भ्यालेन्सियामा आइतबार राति भएको खेलको पाँचौ मिनेटमा नै ग्यारेथ बेलको गोलबाट रियलले अग्रता लिएको थियो । उनले […]

64 views

0 Bookmark

एजेन्सी – ब्राजिली विंगर फरवार्ड भिनिसियस जुनियरले दुई गोल गरेपछि रियल म्याड्रिड स्पेनिस ला लिगामा हारबाट जोगिएको छ । सुरुवाती अग्रता लिएपनि त्यसलाइै जोगाउन नसक्दा रियलले १० खेलाडीमा समेटिएको घरेलु टोली लेभान्टेसँग ३–३ गोलको बराबरी खेलेको हो ।

भ्यालेन्सियामा आइतबार राति भएको खेलको पाँचौ मिनेटमा नै ग्यारेथ बेलको गोलबाट रियलले अग्रता लिएको थियो । उनले कप्तान करिम बेन्जेमाको पासमा गोल गरेका थिए ।

पहिलो हाफमा १–० को अग्रता लिएको रियलले दोस्रो हाफको शुरुमै दुई गोल खाएपछि खेलमा २–१ ले पछि परेको थियो । ४६औं मिनेटमा रोजरले गोन्जालो मेरेलोको पासमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

५७औं मिनेटमा जोस काम्पानाले जर्ग डि फ्रुटोसको पासमा गोल गरेपछि रियल खेलमा २–१ ले पछि परेको थियो । तर त्यसपछि सब्सिच्युट ब्राजिली विंगर फरवार्ड भिनिले १२ मिनेटको अन्तरमा दुई गोल गरेपछि रियल हारबाट जोगिन सफल भयो ।

५९औं मिनेटमा इडेन हाजार्डको स्थानमा मैदान छिरेका भिनिले ७३औं मिनेटमा गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । उनले क्यासमिरोको पासमा गोल गरेका थिए । ७९औं मिनेटमा रोवेरले गोल गर्दै लेभान्टेलाई खेलमा पुनः ३–२ ले अघि बढाए ।

८५औं मिनेटमा भिनिले बेन्जेमाको पासमा व्यत्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै खेललाई ३–३ गोलको बराबरीमा ल्याए । ८७औं मिनेटमा काउन्टर अट्याकमा नाचो फर्नान्डेसलाई पेनाल्टी बक्सबाहिर आएर फल गरेपछि लेभान्टेका गोलरक्षक एइटर सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपनि त्यसको फाइदा रियलले उठाउन सकेन ।

यो बराबरीपछि रियलको २ खेलबाट ४ अंक पुगेको छ । लेभान्टेको २ खेलबाट २ अंक छ ।

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

April 25, 2024

एभर्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]

Success

Thank you for your time.