default_image

3 years ago

August 23, 2021

युभेन्ट्स बराबरीमा रोकियो

एजेन्सी – सुरुवाती दुई गोलको अग्रता जोगाउन नसक्दा युभेन्ट्सले नयाँ सिजनको इटालियन सिरी ‘ए’ को पहिलो खेलमा बराबरीको नतिजा निकालेको छ । युभेन्ट्स घरेलु टोली उडिनेससँग २–२ गोलको बराबरीमा रोकिएको हो । डासिया एरिना उडिनमा आइतबार राति भएको खेलमा युभेन्ट्सका पाउलो डिबाला र जुआन कोर्डाडाले गोल गर्दा घरेलु टोलीका रोबर्टाे पेरेरा र जेरार्ड डिलोफिउले बराबरी […]

57 views

0 Bookmark

एजेन्सी – सुरुवाती दुई गोलको अग्रता जोगाउन नसक्दा युभेन्ट्सले नयाँ सिजनको इटालियन सिरी ‘ए’ को पहिलो खेलमा बराबरीको नतिजा निकालेको छ । युभेन्ट्स घरेलु टोली उडिनेससँग २–२ गोलको बराबरीमा रोकिएको हो ।

डासिया एरिना उडिनमा आइतबार राति भएको खेलमा युभेन्ट्सका पाउलो डिबाला र जुआन कोर्डाडाले गोल गर्दा घरेलु टोलीका रोबर्टाे पेरेरा र जेरार्ड डिलोफिउले बराबरी गोल फर्काए । खेलको पाँचौ मिनेटमा नै पाउलो डिबालाको गोलबाट युभेन्ट्सले अग्रता लिएको थियो । उनले रोड्रिगो बेन्टानकरको पासमा गोल गरेका थिए ।

२३औं मिनेटमा जुआन कोर्डाडाले डिबालाको पासमा गोल गरेपछि युभेन्ट्सले पहिलो हाफमा २–० को अग्रता लिएको थियो । तर दोस्रो हाफमा युभेन्ट्सले उक्त अग्रतालाई जोगाउन सकेन । ५१औं मिनेटमा रोबर्टाे पेरेराले पेनाल्टीमार्फत गोल गर्दै घरेलु टोल उडिनेसलाई खेलमा फर्काउने संकेत दिए ।

आर्सलानलको पहिलो प्रहारलाई राम्ररी नियनत्रणमा लिन नसक्दा दोस्रो प्रयास गर्दा गोलरक्षक वजनिएस सिजेस्नीले आर्सलानललाई पेनाल्टी बक्समा आर्सलानलाई गोलरक्षक वजनिएस सिजेस्नीले फल गरेपछि उडिनेसले पेनाल्टीको मौका पाएको थियो । ८३औं मिनेटमा गोलरक्षक सिजेस्नीको गल्तीमा जेरार्ड डिलोफिउले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । उनले स्टेफानो ओकाका चुकाको पासमा गोल गरेका थिए ।

इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा सब्सिच्युट पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले गोल गरेपनि उनको गोलले मान्यता नपाउँदा युभेन्ट्स जितबाट वञ्चित बन्यो । ६०औं मिनेटमा अल्भारो मोराटाको स्थानमा मैदान छिरेका रोनाल्डोले फेडरिको चिइसाको क्रसमा आफ्नो ट्रेडमार्क हेडरमार्फत बललाई जाली चुमाएपनि उनी भिएआरमा अफसाइड पोजिसनमा देखिएको थियो । बराबरी पछि दुबै टोलीले समान १ अंक जोडेका छन् ।

अन्य नतिजा
बोलोग्नाविरुद्ध सालेरनिटाना (–२)
नेपोलीविरुद्ध भेनेजिया (–०)
रोमाविरुद्ध फियोरेन्टिना (–१)

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

April 18, 2024

एन्फा उपाध्यक्ष लामा छुटे

काठमाडाैं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा छुटेका छन् । उनी बुधबार पक्राउ परेका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर लामालाई बिहीबार उच्च अदालत पाटनमा पेश गरेको थियो । सो क्रममा लामाले सर्वोच्च अदालतबाट तारेखमा राख्नु भन्ने आदेश लिएको पेश गरेपछि उनी छुटेको अपराध अनुसन्धान कार्यालयले […]

Success

Thank you for your time.