default_image

3 years ago

August 23, 2021

खेलाडी कुट्न समर्थकहरु मैदानभित्र पसेपछि..

एजेन्सी – फ्रान्सेली लिग वन अन्तर्गत आइतबार राती भएको निस र मार्सेबीचको खेल घरेलु टोली निसका समर्थक विपक्षी खेलाडी कुट्न मैदान प्रवेश गरेपछि खेल रद्द भएको छ । खेलको ७४ औं मिनेटमा निसका समर्थकले मार्सेका डिमीट्री पाएटलाई बोतलले हानेका थिए । बोतल लागेपछि मैदानमा ढलेका उनले उठेर उक्त बोतल समर्थकतर्फ नै फ्याँके । त्यसपछि निसका […]

42 views

0 Bookmark

एजेन्सी – फ्रान्सेली लिग वन अन्तर्गत आइतबार राती भएको निस र मार्सेबीचको खेल घरेलु टोली निसका समर्थक विपक्षी खेलाडी कुट्न मैदान प्रवेश गरेपछि खेल रद्द भएको छ ।

खेलको ७४ औं मिनेटमा निसका समर्थकले मार्सेका डिमीट्री पाएटलाई बोतलले हानेका थिए । बोतल लागेपछि मैदानमा ढलेका उनले उठेर उक्त बोतल समर्थकतर्फ नै फ्याँके । त्यसपछि निसका समर्थक उनीमाथि जाइलाग्न मैदान पस्न थाले । लगत्तै मार्सेका अन्य खेलाडी पनि पाएटकै पछि लागे ।

एकातर्फ निसका खेलाडी मार्सेका खेलाडीलाई रोक्ने प्रयासमा थिए । त केहि समर्थक मैदान पसेर विपक्षी खेलाडीमाथि हातपात नै गर्न । एक्कासी भएको घटनामा मैदानका स्टेवार्ड (सुरक्षा दिने टोली) ले पनि भिड थाम्न सकेनन् । समर्थकको आक्रमणले मार्सेका तीन खेलाडी घाइते हुन पुगेका बुझिएको छ ।

रेफ्री बेनोइत बास्तीएनले खेल केहि बेर रोक्दै दुवै टोलीलाई भित्र लगे । तर पुन: खेल सुचारु गर्ने वातावारण नदेखेपछि रेफ्रीले खेल रद्द गर्ने निर्णय गरे । लिग आयोजकले भने खेल अघि बढ्नु पर्ने अड्डी राखेको थियो । निसका खेलाडी मैदान प्रवेश गर्दा मार्सेका खेलाडी भने खेल्न उचित वातावरण नरहेको बताउँदै मैदान प्रवेश गरेनन् । खेलमा निसले १-० को अग्रता लिएको थियो । कास्पर डोलबर्गले ४९ औं मिनेटमा अग्रता दिलाएका थिए ।

लिग आयोजकको निर्देशन अनुसार रेफ्रीले खेल सुचारु गरेका थिए । मैदानमा मार्सेका खेलाडी नै उपस्थित नभएपछि लिगको नियमावली अनुसार खेल ३-० ले निसको पक्षमा जित दिइएको छ । तर मार्सेले यस विषयमा अपिल गर्ने निर्णय गरेको छ । रेफ्रीले नै खेल सुचारु गर्न राम्रो वातावरण नरहेको बताइरहँदा आयोजल लिग वनको दबाबमा खेल गरेको टोलीको दावी छ ।

समर्थकको आक्रमणबाट पाएटको ढाडमा चोट लागेको छ । यसै सिजन क्लबमा आएका मिडफिल्डर म्याटियो गुएन्डोजी र लुइस पेरेसको घांटीमा पनि निलडाम रहेको छ । यस्तै अन्य खेलाडीले पनि सामान्य चोट बोकेका छन् । खेलको नतिजा निसको पक्षमा गएपनि टोलीले ठूलो जरिवाना बेहोर्रने सम्भावना छ ।

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

Success

Thank you for your time.