default_image

3 years ago

August 23, 2021

मेस्सीलाई आफ्नो टोलीबाट खेलाउने बेकह्यामको प्रयास

एजेन्सी – लिओनल मेस्सीले पेरिस सेन्ट जर्मेन (पिएसजी) बाट डेब्यू गर्न बाँकी छ । पिएसजीबाट डेब्यू नै नगर्दा मेस्सीमा अर्को ट्रान्सफरबारे चर्चा सुरु भइसकेको छ । इंग्ल्यान्डका पूर्व कप्तान डेभिड बेकह्यामले भविष्यमा मेस्सीलाई इन्टर मायमीबाट खेलाउन प्रयास गर्ने समाचार सर्वाजनिक भएको छ । बार्सिलोनाले मेस्सीलाई निरन्तरता दिन नसक्ने बताएपछि विश्व फुटबल जगत आश्चार्यमा परेको थियो […]

40 views

0 Bookmark

एजेन्सी – लिओनल मेस्सीले पेरिस सेन्ट जर्मेन (पिएसजी) बाट डेब्यू गर्न बाँकी छ । पिएसजीबाट डेब्यू नै नगर्दा मेस्सीमा अर्को ट्रान्सफरबारे चर्चा सुरु भइसकेको छ ।

इंग्ल्यान्डका पूर्व कप्तान डेभिड बेकह्यामले भविष्यमा मेस्सीलाई इन्टर मायमीबाट खेलाउन प्रयास गर्ने समाचार सर्वाजनिक भएको छ । बार्सिलोनाले मेस्सीलाई निरन्तरता दिन नसक्ने बताएपछि विश्व फुटबल जगत आश्चार्यमा परेको थियो । बार्सिलोनामा बिदाईमा निकै भावुक भएका मेस्सी अन्ततः पिएसजीमा आबद्ध भएका थिए ।

डेली मिररका अनुसार बेकह्यामले मेस्सीसँग सम्पर्क गरिसकेका छन् । इन्टर मायमीका बालिक बेकह्यामले पिएसजीमा सम्झौता सकिएपछि आफ्नो एमएलएस टोली इन्टर मायमीबाट खेल्न प्रस्ताव गरेका छन् । मेस्सीले पनि केहि अघि मायमीमा केहि सुविधाजनक अपार्टमेन्ट किनिसकेका छन् । त्यसलाई भविष्यमा उनी अमेरिका जान सक्ने सम्भावनासँग जोडेर हेरिएको छ ।

बेकह्याम र सह मालिक जोर्जे मासले फुटबलका अर्का सुपर स्टार क्रिस्टियानो रोनाल्डोलाई पनि लिन चाहिरहेको बताइन्छ । ‘डेभिड यो विषयमा काम गरिरहेका छन् । हामी उत्कृष्ट खेलाडीलाई आफ्नो टोलीमा लिन चाहन्छौं’, उनले भने, ‘मेस्सी एउटा पुस्ताका उत्कृष्ट खेलाडी हुन् । सम्भवत उनी विश्वकै सर्वकालिन उत्कृष्ट खेलाडी हुन् ।’

मास मेस्सीलाई भित्राउन सकिनेमा आशावादी पनि छन् । ‘मेस्सीले मायमीको जर्सीमा खेल्नेमा म सकारात्मक छु । मलाई लाग्छ हामीले उत्कृष्ट खेलाडीलाई क्लबबाट खेलाउने परम्परा बनाएका छौं’, उनले थपे, ‘हामी मालिकहरुको सपना भनेको मायमीलाई विश्वको उत्कृष्ट टोलीका रुपमा निर्माण गर्नु हो ।’

मेस्सीले पिएसजीसँग अहिले दुई वर्षको र अर्को विकल्पका रुपमा एक वर्ष थप्न सकिने गरि सम्झौता गरेका छन् । पछिल्लो समय विश्वका स्टार फुटबलरहरुले मध्य पूर्वी तथा अमेरिकी लिगमा खेल्दै करिअरको बिट मार्ने गरेका छन् ।

April 23, 2024

आदर्श च्यालेन्ज कप – आदर्श र ध्रुवताराबीच उद्घाटन खेल हुने

हिमाल खरेल, मेचीनगरझापाको बुद्धशान्तिमा शनिबार सुरु हुने तेस्रो आदर्श च्यालेन्ज कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । खेल मैदान बुद्ध आदर्श माविको सभाहलमा आज भएको पत्रकार सम्मेलनमा खेल तालिका सार्वजनिक भएको हो । खेल तालिकाअनुसार उद्घाटन खेलमा आयोजक आदर्श युवा क्लबले दमकको ध्रुवतारा स्पोर्टिङ क्लबको सामना गर्नेछ । त्यस्तै, दोस्रो खेल आइतबार बिर्तामोड […]

April 23, 2024

बेलिङहमले जिते ब्रेकथ्रु अवार्ड

एजेन्सी – इङ्ल्यान्ड तथा स्पेनिस क्लब रियल म्याड्रिडका युवा मिडफिल्डर जुड बेलिङहमले अवार्ड जितेका छन् । बेलिङहमले सन् २०२४ को लौरेस वल्ड स्पोर्ट्स ब्रेकथ्रु अफ द इयर अवार्ड जितेका हुन् । गत समरमा जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट ८९ मिलियन पाउण्डमा रियल आएका २० वर्षीय बेलिङहम क्लबका लागि महत्वपूर्ण खेलाडी बनेका छन् । उनले आइतबार एल […]

April 23, 2024

इन्टर मिलान सिरी ‘ए’ च्याम्पियन

एजेन्सी – मिलान डर्वीमा शहरी प्रतिद्धन्द्धी एसी मिलानलाई पराजित गर्दै इन्टर मिलान यस सिजन २०२३–२४ को इटालियन सिरी ‘ए’ को च्याम्पियन बनेको छ । मिलानोमा सोमबार राति भएको खेलमा इन्टरले एसी मिलानलाई २–१ ले पराजित गर्दै २०औं पटक सिरी ‘ए’ को च्याम्पियन बन्न सफल भएको हो । इन्टर यो सिजन पाँच खेल अगावै च्याम्पियन बनेको […]

Success

Thank you for your time.