default_image

3 years ago

August 24, 2021

मिलानको विजयी सुरुवात

एजेन्सी – इटालियन सिरी ‘ए’ मा एसी मिलानले विजयी सुरुवात गरेको छ । घरेलु टोली साम्पडोरियामाथि १–० को जित दर्ता गर्दै मिलानले नयाँ सिजन जितसहित सुरुवात गरेको हो । जिनोभामा सोमबार राति भएको खेलमा मिलानको जितमा ब्राहिम डियाजले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । यसै समरमा स्पेनिस क्लब रियल म्याड्रिडबाट लोनमा मिलान पुगेका […]

43 views

0 Bookmark

एजेन्सी – इटालियन सिरी ‘ए’ मा एसी मिलानले विजयी सुरुवात गरेको छ । घरेलु टोली साम्पडोरियामाथि १–० को जित दर्ता गर्दै मिलानले नयाँ सिजन जितसहित सुरुवात गरेको हो ।

जिनोभामा सोमबार राति भएको खेलमा मिलानको जितमा ब्राहिम डियाजले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । यसै समरमा स्पेनिस क्लब रियल म्याड्रिडबाट लोनमा मिलान पुगेका उनले खेलको नवौं मिनेटमा डाभिड कालाब्रियाको पासमा गोल गरेका थिए ।

खेलको सुरुवातमै अग्रता लिएको मिलानले उक्त अग्रतालाई जोगाउँदै ३ अंक जोड्न सफल भयो । घरेलु टोलीले गोलको केही अवसर सिर्जना गरेपनि सदुपयोग गर्न नसक्दा हार बेहोर्न पुग्यो । खेलभर दुवै टोलीले केही सुवर्ण अवसर खेर फालेका थिए । यो जितसँगै मिलानले ३ अंक जोडेको छ । साम्पडोरिया अंक विहीन छ ।

सिरी ‘ए’ कै अर्काे खेलमा काग्लिएरी र स्पेजियाले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । घरेलु टोली काग्लिएरीले दुई गोलले पछि परेको अवस्थामा खेललाई बराबरीमा ल्याउन सफल भएको हो ।

काग्लिएरीका लागि दुवै गोल जाओ पेड्रोले गर्दा स्पेजियाका इमानुयल क्वार्टसिन र सिमिओन बास्टोनीले गोल गरे । बराबरीपछि दुवै टोलीले समान एक अंक जोडेका छन् ।

April 18, 2024

एन्फा उपाध्यक्ष लामा छुटे

काठमाडाैं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा छुटेका छन् । उनी बुधबार पक्राउ परेका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर लामालाई बिहीबार उच्च अदालत पाटनमा पेश गरेको थियो । सो क्रममा लामाले सर्वोच्च अदालतबाट तारेखमा राख्नु भन्ने आदेश लिएको पेश गरेपछि उनी छुटेको अपराध अनुसन्धान कार्यालयले […]

April 18, 2024

सिटीलाई हराउँदै रियल च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी – साविक विजेता म्याचेस्टर सिटीलाई हराउँदै रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । सिटीलाई बुधबार पेनाल्टी सुट आउटमा ४–३ ले हराउँदै रियल अन्तिम चारमा पुगेको हो । गोलकिपर लुनिनले दुई पेनाल्टी रोकेपछि १४ पटकको विजेता रियलको सेमिफाइनल यात्रा तय गरेको थियो । त्यसअघि रियल र सिटीबीचको क्वार्टरफाइनलको दोस्रो लेगको निर्धारित र थप सयम […]

April 18, 2024

बार्यन म्युनिख च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी – बायर्न म्युनिख च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । इंग्लिस क्लब आर्सनललाई बुधबार दोस्रो लेगमा १–० ले हराएपछि समग्रमा ३–२ को नतिजासहित जर्मन टोली बार्यन अन्तिम चारमा पुगेको हो । आर्सनलको मैदानमा भएको पहिलो लेग २–२ को बराबरीमा टुंगिएको थियो । जोसुवा किमिचले गरेको गोल बायर्नका लागि निर्णायक बन्यो । उनले ६३ औं […]

Success

Thank you for your time.