default_image

3 years ago

August 24, 2021

लिभरपुलले चार खेलाडी राष्ट्रिय टोलीमा नपठाउने

एजेन्सी – इंग्लिस क्लब लिभरपुलले आफ्ना मुख्य चार खेलाडीलाई आफ्नो राष्ट्रिय टोलीबाट खेल्न जान नदिने भएको छ । लिभरपुलले कोभिड –१९ र क्वारेन्टिन प्रोटोकलका कारण इजिप्टका मोहम्मद सलाह, ब्राजिलका रोबर्टाे फिर्मिनो, फाबिन्हो र एलिसन बेकरलाई अन्तर्राष्ट्रिय ब्रेकमा नपठाउने निर्णय गरेको हो । सलाहलाई इजिप्टको राष्ट्रिय टोलीले अफ्रीका महादेशको विश्वकप छनोट अन्तर्गत गाबोन र अंगोलाविरुद्धको खेलको […]

39 views

0 Bookmark

एजेन्सी – इंग्लिस क्लब लिभरपुलले आफ्ना मुख्य चार खेलाडीलाई आफ्नो राष्ट्रिय टोलीबाट खेल्न जान नदिने भएको छ । लिभरपुलले कोभिड –१९ र क्वारेन्टिन प्रोटोकलका कारण इजिप्टका मोहम्मद सलाह, ब्राजिलका रोबर्टाे फिर्मिनो, फाबिन्हो र एलिसन बेकरलाई अन्तर्राष्ट्रिय ब्रेकमा नपठाउने निर्णय गरेको हो ।

सलाहलाई इजिप्टको राष्ट्रिय टोलीले अफ्रीका महादेशको विश्वकप छनोट अन्तर्गत गाबोन र अंगोलाविरुद्धको खेलको लागि टोलीमा समेटेको छ । फिर्मिनो, एलिसन र फाविन्होलाई ब्राजिलका प्रशिक्षक टिटेले विश्वकप छनोटको तीन खेलको लागि टोलीमा समेटेका छन् । इजिप्ट र ब्राजिल दुवै राष्ट्र इंग्ल्यान्डको क्वारेन्टिन नियमावली अनुसार ‘रेड जोन’ मा रहेको छ । यसको अर्थ खेलाडीहरु इंग्ल्यान्ड फर्कने बित्तिकै १० दिनको क्वारेन्टिन अवधि पुरा गर्नुपर्ने हुन्छ ।

इजिप्ट फुटबल फेडेरेसनले लिभरपुललाई आफ्ना खेलाडी पठाउन अनुरोध गर्दै पठाएको पत्रमा लिभरपुलले गावोनविरुद्धको खेलमा सलाहलाई पठाउन सकिने र अंगोलाविरुद्ध पठाउन नसकिने जनाएको छ । गावोन इंग्ल्यान्डको एम्वर सुचीमा रहँदा इजिप्ट रेड जोनमै रहेको छ । इजिप्टको राजधानी कायरोमा अंगोलासँग खेल हुनेछ । पत्रमा सलाहले गावोनविरुद्धको खेलपछि क्वारेन्टिन बस्नुपर्ने उल्लेख छ ।

यि चारै खेलाडी अन्तर्राष्ट्रिय ड्युटीमा रहँदा लिड्सविरुद्धको खेल गुमाउनेछन् । इजिप्टको विज्ञप्तिमा फिफासँग सलाह लगायतका अन्य खेलाडीका लागि छुट माग गरेको छ । यसको अर्थ उनले इजिप्टबाट खेलेपछि इंग्ल्यान्डमा क्वारेन्टिन बस्नुपर्ने छैन । यसबारेमा फिफाको केही धारणा आएको छैन ।

प्रिमियर लिगका प्रमुखले पनि सरकारसँग खेलाडीलाई क्वारेन्टिन बस्न नपर्ने व्यवस्था मिलाउन प्रयासरत छन् । खेलाडीहरु अन्तर्राष्ट्रिय ड्युटीमा रहेपछि फर्कदा प्रिमियर लिगसँगै च्याम्पियन्स लिगको समूह चरणको खेल हुनेछ । खेलाडीहरु क्वारेन्टिनमा रहँदा उनीहरुले उक्त खेलहरु गुमाउनेछन् ।

युरोपियन क्लबको लागि सबैभन्दा ठुलो टाउको दुखाई दक्षिण अमेरिकी राष्ट्र नै हो । त्यहाँ कोरोना संक्रमण र मृत्युदर अझै नियन्त्रणमा आउन सकेको छैन । यसअघि दक्षिण अमेरिकी विश्वकप छनोटका केही खेल कोरोनाकै कारण सरिसकेको थियो । ब्राजिलले १० सेप्टेम्वरमा पेरुसँग खेल्दैछ । त्यसको ३६ घन्टापछि प्रिमियर लिग सुरु हुनेछ ।

यो समयमा म्यानचेस्टर सिटी र लेस्टर सिटी, म्यानचेस्टर युनाइटेडविरुद्ध न्युक्यासल, चेल्सी र एस्टन भिल्ला तथा टोटेनहम र क्रिस्टल प्यालेसले खेल्दैछ । यसो हुदा फ्रेड, गाब्रियल जेसस, थियागो सिल्भा, क्रिस्टियन रोमेरो र जियोभानी लो सेल्सो लगायतले उक्त खेल गुमाउनेछन् ।

यता फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले अर्जेन्टिनी फरवार्ड लिओनेल मेस्सीलाई भने राष्ट्रिय टोलीबाट खेल्न दिने भएको छ । पिएसजीसँग अनुबन्धन गरेपनि उनले डेब्यु भने गरेका छैनन् । अनुबन्धनको दुई साता बितिसक्दा पनि मेस्सी म्याच फिट नभएको जानकारी प्रशिक्षक माउरिसियो पोचेटिनोले दिएका थिए ।

पिएसजीबाट डेब्यु नगरेको अवस्थामा पनि क्लबले मेस्सीलाई अर्को साता हुने विश्वकप छनोटका तीन खेलमा मेस्सीलाई अर्जेन्टिनाबाट खेल्न दिने भएको छ । मेस्सीले पछिल्लो केहि दिन पूर्ण प्रशिक्षणमा सहभागिता जनाएका छन् । उनले अर्को साता राइम्सविरुद्ध हुने लिग वनको खेलमा डेब्यु गर्ने सम्भावना छ । तर त्यसपछि मेस्सी एक साताका लागि अर्जेन्टिना जाने बुझिएको छ ।

अर्जेन्टिनाले सेप्टेम्बर पहिलो साता विश्वकप छनोट अन्तर्गत तीन खेल खेल्दैछ । कतार २०२२ को छनोट अन्तर्गत अर्जेन्टिनाले भेनेजुएला, ब्राजिल र बोलिभियासँग खेल्ने कार्यक्रम छ । छनोटका ६ खेलमा अर्जेन्टिना अपराजित छ । टोलीले ३ जित र ३ बराबरीसँगै १२ अंक जोडेको छ । अर्जेन्टिना अंक तालिकाको दोस्रो स्थानमा छ भने ६ खेलमा १८ अंक जोडेको ब्राजिल शीर्षस्थानमा छ ।

प्रशिक्षक पोचेटिनोले मेस्सी अर्जेन्टिना जाने विषयमा कुनै समस्या नरहेको बताए । ‘हामीले राष्ट्रिय टोलीको छनोटकर्ता सँग छलफल त गरेका छैनौं । तर हाम्रा खेलाडीले राष्ट्रिय टोलीबाट खेल्ने कुरामा हामी सधैं सकारात्मक छौं । अर्जेन्टिना मात्र होइन, अन्य खेलाडी र देशको विषयमा पनि हाम्रो यहि धारणा हो,’ उनले भने ।

मेस्सीसँगै ब्राजिलका नेयमार पनि विश्वकप छनोटको खेलमा सहभागी हुनेछन् । गत महिना मात्र अर्जेन्टिनाले ब्राजिललाई नै पराजित गर्दै कोपा अमेरिकाको उपाधि जितेको थियो । मेस्सीले अन्तर्राष्ट्रिय उपाधिको खडेरी तोड्ने क्रममा ४ गोल र ५ असिस्टसहित गोल्डेन बुट पनि जितेका थिए ।

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

Success

Thank you for your time.