default_image

3 years ago

August 24, 2021

एमबाप्पेले यसै सिजन रियलबाट खेल्ने सम्भावना

एजेन्सी – युवा फरवार्ड केलियन एमबाप्पेसँगको सम्झौता नविकरण गर्ने विषयमा पेरिस सेन्ट जर्मेन (पिएसजी) फेरि असफल भएको बताइएको छ । पिएसजीले पछिल्लो पटक गरेको प्रस्तावलाई पनि एमबाप्पेले अस्वीकार गरेका छन् । एमबाप्पेको यो निर्णय रियल म्याड्रिडका अध्यक्ष फ्लोरिन्टिनो पेरेजको जानकारीमा रहिसकेकोले स्पेनिस टोलीले उनलाई भित्राउन अर्को प्रस्ताव गर्ने सम्भावना बढेको छ । फ्रान्सेली फरवार्डको पिएसजीसँगको […]

51 views

0 Bookmark

एजेन्सी – युवा फरवार्ड केलियन एमबाप्पेसँगको सम्झौता नविकरण गर्ने विषयमा पेरिस सेन्ट जर्मेन (पिएसजी) फेरि असफल भएको बताइएको छ । पिएसजीले पछिल्लो पटक गरेको प्रस्तावलाई पनि एमबाप्पेले अस्वीकार गरेका छन् ।

एमबाप्पेको यो निर्णय रियल म्याड्रिडका अध्यक्ष फ्लोरिन्टिनो पेरेजको जानकारीमा रहिसकेकोले स्पेनिस टोलीले उनलाई भित्राउन अर्को प्रस्ताव गर्ने सम्भावना बढेको छ । फ्रान्सेली फरवार्डको पिएसजीसँगको सम्झौता अर्को वर्ष सकिनेछ । १२ महिनापछि उनी फ्रि ट्रान्सफरमा जानेछन् । पिएसजीले कुनै ट्रान्सफर रकम प्राप्त गर्ने हो भने यो अन्तिम अवसर हुनेछ ।

लिओनल मेस्सी पिएसजीमा आबद्ध भएसँगै एमबाप्पेले क्लब छाड्ने सम्भावना बलियो भएको अनुमान पनि गरिएको छ । नेयमारले भने केहि समय अघि पिएसजीसँगको सम्झौता नविकरण गरिसकेका छन् । नयाँ परिस्थिति पनि पिएसजी एमबाप्पेलाई विक्री गर्न तयार हुने सम्भावना रहेको फ्रान्सेली सञ्चारमाध्यमले जनाएका छन् ।

पिएसजीले पाँच वर्षको प्रारम्भिक सम्झौता र विकल्पमा थप एक वषएको प्रस्ताव एमबाप्पेलाई गरेको थियो । सोमबार मात्र सञ्चारमाध्यमले एमबाप्पले अस्वीकार गरेको उल्लेख गरेको छ । प्रस्तावमा पारिश्रमिक बढाउने समेटिएको थियो, तर उनले यसअघि जस्तै प्रस्ताव मान्न अस्वीकार गरे ।

पिएसजीले एमबाप्पलेको प्रतिस्थापनका रुपमा एभर्टनका ब्राजिलियन अन्तर्राष्ट्रिय रिर्चलसनलाई प्राथमिकताको सुचीमा राखेको बताइन्छ । नेयमारकै सिफारिसमा उनी प्राथमिकतामा परेका हुन् ।

पिएसजीमा नयाँ परिस्थिति बनेपनि फ्रान्सेली सञ्चारमाध्यमका अनुसार रियल वा प्रिमियर लिगका क्लबबाट एमबाप्पेका लागि नयाँ प्रस्ताव भने गएको छैन । रियलले लामो समयदेखि एमबाप्पेको प्रतीक्षामा रहेको विश्वास गरिन्छ ।

रियलका अध्यक्ष पेरेज लामो समयका लागि उनलाई भित्राउन चाहिरहेको यसअघि पटक पटक सार्वजनिक भएको थियो । एमबाप्पे आफू पनि ठूलो सफलताका लागि नयाँ चुनौती लिन तयार रहेको विश्वास गरिन्छ । च्याम्पियन्स लिगको सफल टोली रियल एमबाप्पेका लागि उपयुक्त गन्तव्यका रुपमा हेरिएको छ ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.