3 years ago
August 24, 2021
काठमाडौं (हाम्रो खेलकुद) – एसियाली फुटबल महासंघ (एएफसी) र अन्तर्राष्ट्रिय खेलकुद सामाग्री निर्माण कम्पनी केल्मीबीच सहकार्य भएको छ । केल्मी एएफसीले आयोजना गर्ने राष्ट्रिय टोलीको सहभागिता रहने प्रतियोगिता ग्लोबल सपोर्टरका रुपमा आबद्ध भएको एएफसीले जनाएको छ । सम्झौता सन् २०२१ देखि २०२४ सम्म गरि तीन वर्षको रहेको छ । केल्मीले २०२२ देखि ०२४ सम्म एएफसीले […]
काठमाडौं (हाम्रो खेलकुद) – एसियाली फुटबल महासंघ (एएफसी) र अन्तर्राष्ट्रिय खेलकुद सामाग्री निर्माण कम्पनी केल्मीबीच सहकार्य भएको छ । केल्मी एएफसीले आयोजना गर्ने राष्ट्रिय टोलीको सहभागिता रहने प्रतियोगिता ग्लोबल सपोर्टरका रुपमा आबद्ध भएको एएफसीले जनाएको छ । सम्झौता सन् २०२१ देखि २०२४ सम्म गरि तीन वर्षको रहेको छ ।
केल्मीले २०२२ देखि ०२४ सम्म एएफसीले आयोजना गर्ने राष्ट्रिय टोलीबीको प्रतिस्पर्धामा खेल समाग्री उपलब्ध गराउने छ । त्यस्तै २०२३ मा चीनमा आयोजना हुने एएफसी एसिया कपमा केल्मीको बल प्रयोग गरिनेछ । यो सम्झौतासँगै एफसीका महत्वपूर्ण प्रतियोगितामा केल्मीको सहकार्य रहनेछ । विश्वकप छनोट अन्र्तगत शीर्ष १२ को खेल, एएफसीले आयोजना गर्ने एसिया कप चीन, एएफसी महिला एसिया कप भारत २०२२ र एएफसी यू २३ एसिया कप उज्वेकिस्तानमा केल्मीको सहकार्य रहनेछ ।
खेल समाग्री उत्पादनमा ६ दशक भन्दा लामो अनुभव बटुलेको केल्मीले ला लिगा र दोस्रो डिभिजनका क्लबलाई प्रायोजन गर्नै आएको छ । त्यस्तै केहि वर्षयता प्रिमियर लिग टोली, रसियन सुपर लिग क्लब र अन्य अन्तर्राष्ट्रिय क्लबलाई पनि प्रायोजन गर्दै आएको छ । चीनको महिला सुपर लिग क्लब, चाइन लिग वान, टु लगायतका क्लबसँग पनि केल्मीले सहकार्य गर्दै आएको छ ।
एएफसीका महासचिव विन्डसर जोनले केल्मीलाई ग्लोबल पार्टरका रुपमा स्वागत गर्न पाउँदा खुसी लागेको बताएका छन् । उनलेले विश्व व्यापी रुपमा एएफसीको प्रतियोगिता र केल्मीको प्रचार हुने विश्वास लिएको एएफसीले जनाएको छ । ‘केल्मी विश्वको एक स्थापित खेलकुद सामाग्री उत्पादन कम्पनी हो । यस्तो परिचित कम्पनीले एएफसीसँग सहयकार्य गरेको धन्यवाद ,’ उनले भनेका छन्, ‘एएफसी विश्वस्तर प्रतियोगिता पस्कनका लागि प्रतिबद्ध छ । यो सहकार्यले एफसी र केल्मी दुवैलाई फाइदा पुग्नेछ ।’
केल्मीका अध्यक्ष योङझ्याङले एएफसीसँग सहयकार्य गर्न पाउँदा खुसी लागेको बताएका छन् । एसियाका साथै विश्वमा हामी नजिक रहेर फुटबल विकासका लागि सहकार्य गर्न चाहन्छौं । ‘दसकौं देखि हामीले आफ्नो ब्रान्डलाई फुटबलमा केन्द्रित गरेका छौं,’ उनले भने, ‘हामी स्तरीय सामाग्री प्रदान गर्नका लागि प्रतिबद्ध छौं ।’ केल्मीले २०१९ मा आयोजना भएको वल्र्ड मिलिट्री गेम्सलाई पनि प्रायोजन गरेको थियो ।
केल्मीले नेपाली महिला र पुरुष भलिबल टोलीलाई प्रायोजन गर्दै आएको छ । यसअघि तीन वर्ष राष्ट्रिय फुटबल टोलीलाई पनि केल्मीले प्रायोजन गरेको थियो । हालै सम्पन्न टोकियो ओलम्पिक र मंगलबार सुरु हुने पारालिम्पिकका सहभागी खेलाडीलाई पनि प्रायोजन गरेको छ । हालै नेपाल गल्फ संघ पनि केल्मीले सहकार्यका लागि सम्झौता गरेको छ । देशभर केल्मीका १३ वटा आउटलेट रहेका छन् ।
April 18, 2024
एजेन्सी – साविक विजेता म्याचेस्टर सिटीलाई हराउँदै रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । सिटीलाई बुधबार पेनाल्टी सुट आउटमा ४–३ ले हराउँदै रियल अन्तिम चारमा पुगेको हो । गोलकिपर लुनिनले दुई पेनाल्टी रोकेपछि १४ पटकको विजेता रियलको सेमिफाइनल यात्रा तय गरेको थियो । त्यसअघि रियल र सिटीबीचको क्वार्टरफाइनलको दोस्रो लेगको निर्धारित र थप सयम […]
April 18, 2024
एजेन्सी – बायर्न म्युनिख च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । इंग्लिस क्लब आर्सनललाई बुधबार दोस्रो लेगमा १–० ले हराएपछि समग्रमा ३–२ को नतिजासहित जर्मन टोली बार्यन अन्तिम चारमा पुगेको हो । आर्सनलको मैदानमा भएको पहिलो लेग २–२ को बराबरीमा टुंगिएको थियो । जोसुवा किमिचले गरेको गोल बायर्नका लागि निर्णायक बन्यो । उनले ६३ औं […]
April 17, 2024
काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत बुधबार भएको खेलमा सानेपा क्लब विजयी भएको छ । एन्फा कम्प्लेक्समा भएको दिनको दोस्रो खेलमा सानेपा क्लबले स्वयम्भू क्लब माथि २-१ को जित निकालेको हो । सानेपाको लागि पेम्बा दोर्जे र निरञ्जन जंग शाहीले १-१ गोल गरे । पराजित स्वयम्भूका लागि सुग्रीत मगरले एक गोल […]