default_image

3 years ago

August 24, 2021

रन्जित लिग च्याम्पियन मच्छिन्द्रमै रहने

काठमाडौं (हाम्रो खेलकुद) – लिग च्याम्पियन मच्छिन्द्र फुटबल क्लबले आफ्ना स्टार डिफेन्डर रन्जित धिमालसँगको सम्झौता नविकरण गरेको छ । क्लबले मंगलबार आफ्नो सामाजिक संजालमार्फत रन्जितसँग सम्झौता नवीकरण भएको जानकारी गराएको हो । मच्छिन्द्रले रन्जितसँग सन् २०२१–२२ को लागि सम्झौता नविकरण गरेको बताएको छ । सम्झौता रकम भने खुलाइएको छैन । मच्छिन्द्रलाई क्लब इतिहासमै पहिलोपटक लिग […]

40 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – लिग च्याम्पियन मच्छिन्द्र फुटबल क्लबले आफ्ना स्टार डिफेन्डर रन्जित धिमालसँगको सम्झौता नविकरण गरेको छ ।

क्लबले मंगलबार आफ्नो सामाजिक संजालमार्फत रन्जितसँग सम्झौता नवीकरण भएको जानकारी गराएको हो । मच्छिन्द्रले रन्जितसँग सन् २०२१–२२ को लागि सम्झौता नविकरण गरेको बताएको छ । सम्झौता रकम भने खुलाइएको छैन । मच्छिन्द्रलाई क्लब इतिहासमै पहिलोपटक लिग च्याम्पियन बनाउन रन्जितको भुमिका महत्त्वपूर्ण भुमिका रहेको थियो ।

क्लबले गत सिजन मच्छिन्द्रबाटै खेलेका सुजल श्रेष्ठ, रेजिन सुब्बा, विशाल श्रेष्ठ, अभिषेक रिजाल लगायतका खेलाडीहरुसँगको सम्झौता पनि नविकरण गरिसकेको छ । सुनिल बल र मनिष डाँगीलाई नयाँ खेलाडीको रुपमा भित्र्याएको छ ।

राष्ट्रिय टोलीको प्रशिक्षण क्याम्पमा रहेका रन्जित गत साता टोलीबाट बाहिरिएका थिए । लामो समय रुस्लान थ्री स्टारमा बिताएका रन्जितले गत जेठमा सम्पन्न नेपाल सुपर लिगमा विराटनगर सिटीको कप्तानी गरेका थिए ।

२०७६ सालमा लिग च्याम्पियन बन्ने मच्छिन्द्रको महत्त्वाकांक्षी योजना बुन्दा रन्जितले थ्री स्टार छाडेका थिए । अखिल नेपाल फुटबल संघ (एन्फा) ले २९ कात्तिकबाट सहिद स्मारक ‘ए’ डिभिजन लिग आयोजना गर्ने योजना बनाएको छ । राष्ट्रिय लिगको मिति भने घोषणा गरिएको छैन ।

April 16, 2024

चेल्सीको‌ जितमा पाल्मेरको ४ गोल

एजेन्सी – चेल्सीले इंग्लिस प्रिमियर लिगमा सोमबार सानदार जित निकालेको छ। घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीले एभर्टनलाई ६-० ले हराएको हो । चेल्सीका कोले पाल्मेरले ४ तथा निकोलस ज्याक्सन र अल्फी गिलक्रिस्टले समान १ गोल गरेका थिए। १३ औं मिनेटमा पहिलो गोल गरेका पाल्मेरले २९ औंमा ह्याट्रिक पूरा गरेका थिए। उनले दोस्रो गोल […]

April 16, 2024

पुलिस जीतपुरसिमरा गोल्डकप च्याम्पियन

सुनिल गाउँले, सिमरा नेपाल पुलिस क्लबले जगदम्बा स्टिल १४ औं जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । सिमरा रंगशालामा सोमबार भएको प्रतिस्पर्धात्मक फाइनल खेलमा मच्छिन्द्र क्लबलाई टाइब्रेकरमा ४–३ ले हराउँदै पुलिसले वर्षको पहिलो उपाधि जितेको छ । निर्धारित ९० मिनेट र थप समय गोलरहित बराबरीमा टुंगिएपछि टाइब्रेकरमा पुलिसले बाजी मारेको थियो । परिवर्तित गोलकिपर […]

April 15, 2024

लिभरपुलपछि आर्सनल पनि पराजित

एजेन्सी – लिभरपुलको हारपछि इंग्लिस प्रिमियर लिग शीर्षस्थानमा उक्लने मौकालाई आर्सनलले गुमाएको छ । आर्सनल आइतबार एस्टन भिल्लासँग २–० ले पराजित भएको छ । उपाधि होडमा रहेका दुई टोली लिभरपुल र आर्सनल पराजित भएपछि त्यसको फाइदा म्यानचेस्टर सिटीलाई पुगेको छ । खेलको अन्त्यतिर एस्टन भिल्लाले २ गोल गर्दै आर्सनलमाथि सानदार जित निकालेको हो । लियोन […]

Success

Thank you for your time.