default_image

3 years ago

August 25, 2021

भाल्भेर्डेद्धारा रियल म्याड्रिडमा सम्झौता नविकरण

एजेन्सी – उरुग्वेली मिडफिल्डर फेडे भाल्भेर्डेले स्पेनिस क्लब रियल म्याड्रिडमा सम्झौता नविकरण गरेका छन् । रियलमा सन् २०२५ सम्म सम्झौता अवधि रहेपनि फेडेले आफ्नो रियल बसाई सन् २०२७ सम्म लम्ब्याएका हुन् । २३ वर्षीय फेडे यो अवधिसम्म टोलीमा रहेका खेलाडीमध्ये सबैभन्दा लामो सम्झौता गर्ने खेलाडी बनेका छन् । उरुग्वेली क्लब पेनारोलबाट उनी रियल दोस्रो टोलीमा […]

32 views

0 Bookmark

एजेन्सी – उरुग्वेली मिडफिल्डर फेडे भाल्भेर्डेले स्पेनिस क्लब रियल म्याड्रिडमा सम्झौता नविकरण गरेका छन् । रियलमा सन् २०२५ सम्म सम्झौता अवधि रहेपनि फेडेले आफ्नो रियल बसाई सन् २०२७ सम्म लम्ब्याएका हुन् ।

२३ वर्षीय फेडे यो अवधिसम्म टोलीमा रहेका खेलाडीमध्ये सबैभन्दा लामो सम्झौता गर्ने खेलाडी बनेका छन् । उरुग्वेली क्लब पेनारोलबाट उनी रियल दोस्रो टोलीमा समावेश भएका थिए । त्यसपछि २०१७–१८ को सिजनमा उनी डिपोर्टिभो ला कोरुनाबाट लोनमा खेल्दै २०१८ मा रियलको सिनियर टोलीमा पर्न सफल भएका थिए ।

उनलाई जुलियन लुपेटोगुईले रियलको सिनियर टोलीमा अवसर दिएका थिए । पछि सान्टियागो सोलारी प्रशिक्षक रहँदा उनले विरलै अवसर पाएका थिए । त्यसपछि जिनेदिन जिदानको प्रशिक्षणमा उनले लगातार खेल्ने मौका पाए । उनी आफ्नो नियमित पोजिसनभन्दा अर्काे पोजिसनमा पनि खेल्ने क्षमता राख्दछ ।

गत सिजन चोटका कारण उनले केही खेल गुमाएका थिए । फेडेले रियलबाट १०४ खेल खेलिसकेका छन् । उनले रियलको आइकोनिक मिडफिल्डरत्रय क्यासमिरो (२९), टोनी क्रुस (३२) र लुका मोड्रिच (३५) सँग मिडफिल्डमा आफुलाई प्रमाणित गरेका छन् ।

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

Success

Thank you for your time.