default_image

3 years ago

August 25, 2021

बेन्फिका, योङ ब्वाइज र माल्मो च्याम्पियन्स लिगमा छनोट

एजेन्सी – पोर्चुगिज क्लब बेन्फिका, स्वीट्जरल्यान्डको योङ ब्वाइज र स्वीस क्लब माल्मो युइएफए च्याम्पियन्स लिगलाई छनोट हुन सफल भएको छ । पोर्चुगिज क्लब बेन्फिकाले प्ले अफमा डच क्लब पीएसभी इन्डहोभेनलाई पराजित गर्दै च्याम्पियन्स लिगमा स्थान बनाएको हो । दोस्रो लेग गोलरहित बराबरीमा सकिदा पहिलो लेगको २–१ को नतिजा नै बेन्फिकालाई पर्याप्त बन्यो । फिलिप्स स्टेडियममा […]

56 views

0 Bookmark

एजेन्सी – पोर्चुगिज क्लब बेन्फिका, स्वीट्जरल्यान्डको योङ ब्वाइज र स्वीस क्लब माल्मो युइएफए च्याम्पियन्स लिगलाई छनोट हुन सफल भएको छ ।

पोर्चुगिज क्लब बेन्फिकाले प्ले अफमा डच क्लब पीएसभी इन्डहोभेनलाई पराजित गर्दै च्याम्पियन्स लिगमा स्थान बनाएको हो । दोस्रो लेग गोलरहित बराबरीमा सकिदा पहिलो लेगको २–१ को नतिजा नै बेन्फिकालाई पर्याप्त बन्यो ।

फिलिप्स स्टेडियममा मंगलबार राति भएको खेलमा घरेलु टोली पीएसभीले बेन्फिका १० खेलाडीमा समेटिएपनि त्यसको फाइदा उठाउन सकेन । ३२औं मिनेटमा लुकास भेरिससिमो दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि बेन्फिका १० खेलाडीमा समेटिएको थियो ।

अर्काे खेलमा स्वीट्जरल्यान्डको योङ ब्वाइजले हंगेरीको फेरेन्कभारोसलाई पराजित गर्दै च्याम्पियन्स लिगमा स्थान पक्का गरेको छ । प्ले अफको दोस्रो लेगमा ३–२ को तथा समग्रमा ६–४ को जित निकाल्दै योङ ब्वाइजले च्याम्पियन्स लिगमा स्थान पक्का गरेको हो ।

योङ ब्वाइजको जितमा सेडरिक जेसिगर, क्रिस्टियन फासनाट्च र फेलिक्स मामविम्वीले गोल गरे । फेरेन्कभारोसका हेनरी विनगो र रायन माइले गोल गरेपनि हार टार्न सकेन । ६४औं मिनेटमा एइसा लाइडोनी दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि फेरेन्कभारोस समस्यामा परेको थियो । ७१औं मिनेटमा योङ ब्वाइजले पेनाल्टी सदुपयोग गर्न सकेन ।

यस्तै अर्काे खेलमा स्वीडेनको माल्मोले बुल्गेरियाको लुडोगोरेट्स राजग्राडलाई समग्रमा ३–२ ले पराजित गर्दै च्याम्पियन्स लिगमा स्थान बनाउन सफल भएको छ । पहिलो लेगमा २–० को जित निकालेको माल्मोले दोस्रो लेगमा २–१ को हार बेहोरेको थियो ।

अब तीन स्थानको लागि आज राति ब्रनवी र रेडबुल साल्जवर्ग, डिनामो जाग्रिव र एफसी सेरिफ तथा साख्तर डोनेस्क र मोनाकोबीच प्रतिस्पर्धा हुदैछ । यो खेलपछि यो सिजनको च्याम्पियन्स लिगलाई अन्तिम ३२ टोलीको टुंगो लाग्नेछ । २६ अगस्टमा समूह विभाजन र खेल तालिका सार्वजनिक हुनेछ ।

April 23, 2024

आदर्श च्यालेन्ज कप – आदर्श र ध्रुवताराबीच उद्घाटन खेल हुने

हिमाल खरेल, मेचीनगरझापाको बुद्धशान्तिमा शनिबार सुरु हुने तेस्रो आदर्श च्यालेन्ज कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । खेल मैदान बुद्ध आदर्श माविको सभाहलमा आज भएको पत्रकार सम्मेलनमा खेल तालिका सार्वजनिक भएको हो । खेल तालिकाअनुसार उद्घाटन खेलमा आयोजक आदर्श युवा क्लबले दमकको ध्रुवतारा स्पोर्टिङ क्लबको सामना गर्नेछ । त्यस्तै, दोस्रो खेल आइतबार बिर्तामोड […]

April 23, 2024

बेलिङहमले जिते ब्रेकथ्रु अवार्ड

एजेन्सी – इङ्ल्यान्ड तथा स्पेनिस क्लब रियल म्याड्रिडका युवा मिडफिल्डर जुड बेलिङहमले अवार्ड जितेका छन् । बेलिङहमले सन् २०२४ को लौरेस वल्ड स्पोर्ट्स ब्रेकथ्रु अफ द इयर अवार्ड जितेका हुन् । गत समरमा जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट ८९ मिलियन पाउण्डमा रियल आएका २० वर्षीय बेलिङहम क्लबका लागि महत्वपूर्ण खेलाडी बनेका छन् । उनले आइतबार एल […]

April 23, 2024

इन्टर मिलान सिरी ‘ए’ च्याम्पियन

एजेन्सी – मिलान डर्वीमा शहरी प्रतिद्धन्द्धी एसी मिलानलाई पराजित गर्दै इन्टर मिलान यस सिजन २०२३–२४ को इटालियन सिरी ‘ए’ को च्याम्पियन बनेको छ । मिलानोमा सोमबार राति भएको खेलमा इन्टरले एसी मिलानलाई २–१ ले पराजित गर्दै २०औं पटक सिरी ‘ए’ को च्याम्पियन बन्न सफल भएको हो । इन्टर यो सिजन पाँच खेल अगावै च्याम्पियन बनेको […]

Success

Thank you for your time.