default_image

3 years ago

August 25, 2021

एमबाप्पेलाई रियल म्याड्रिडको प्रस्ताव!

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडले फ्रान्सेली युवा फरवार्ड केलियन एमबाप्पे अनुबन्धको लागि पेरिस सेन्ट जर्मेन (पीएसजी) सँग आधिकारिक प्रस्ताव राखेको छ । एमबाप्पे र रियलको लामो चर्चापछि रियलले मंगलबार पीएसजीसामु एमबाप्पे अनुबन्धको लागि १३७ मिलियन पाउन्डको पहिलो प्रस्ताव गरेको हो । यसमा पीएसजी सकारात्मक रहने रियलले आशा राखेको छ । तर पिएसजी एमबाप्पेलाई राख्ने […]

50 views

0 Bookmark

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडले फ्रान्सेली युवा फरवार्ड केलियन एमबाप्पे अनुबन्धको लागि पेरिस सेन्ट जर्मेन (पीएसजी) सँग आधिकारिक प्रस्ताव राखेको छ ।

एमबाप्पे र रियलको लामो चर्चापछि रियलले मंगलबार पीएसजीसामु एमबाप्पे अनुबन्धको लागि १३७ मिलियन पाउन्डको पहिलो प्रस्ताव गरेको हो । यसमा पीएसजी सकारात्मक रहने रियलले आशा राखेको छ । तर पिएसजी एमबाप्पेलाई राख्ने पक्षमा अडिग छ ।

स्पेनिस पत्रिका मार्काले रियलका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले विश्व विजेता एमबाप्पे अनुबन्धको लागि पीएसजी समक्ष १३७ मिलियन पाउन्डको प्रस्ताव राखेको पुष्टि गरेको छ । पीएसजीमा एमबाप्पेको सम्झौता अर्काे समरसम्म रहेको छ ।

अर्काे समरमा एमबाप्पे फ्रि एजेन्ट हुने भएकाले पीएसजीले यो समरमा नै उचित मुल्यमा बेच्ने अपेक्षा रियल र खेलाडी आफैंले राखेका छन् । एमबाप्पेले यो नयाँ सिजनमा पीएसजीबाट ३ खेल खेल्दा एक गोल गरिसकेका छन् ।

एमबाप्पेले पीएसजीका लागि यो सिजनसहित ५ सिजनमा १७४ खेलमा १३३ गोल गरेका छन् । उनले पीएसजीबाट ३ लिग वान, ३ कप दि फ्रान्स, २ कप दि ला लिग र २ ट्रफी डेस च्याम्पियन जितेका छन् । एक पटक च्याम्पियन्स लिगको उपविजेता बनेका छन् ।

म्याड्रिड आशावादी

यसै समरमा एमबाप्पे अनुबन्ध गर्न सक्नेमा रियल म्याड्रिड आशावादी रहेको छ । यो सिजनको समर ट्रान्सफर ३१ अगस्टको मध्यरातसँगै सकिँदैछ । एमबाप्पेले पीएसजीमा नयाँ सम्झौता गर्न अस्वीकार गरेपछि पनि रियल आशावादी रहेको बुझिएको छ ।

प्रशिक्षक कार्लाे एन्सेलोट्टी पनि एमबाप्पे क्लबमा आउनेमा आशावादी छन् । रियल म्याड्रिडमा गत मे महिनादेखि कसैले पनि एमबाप्पेको बारेमा टिप्पणी गरेका छैनन् । यसको अर्थ एमबाप्पेलाई क्लबमा स्वागत गर्न सबै आतुर छन् ।

पीएसजी छाड्ने एमबाप्पेको इच्छा

पीएसजीलाई थाहा छ कि एमबाप्पे क्लब छोड्ने सोचमा छन् । पीएसजीले यो पनि स्पष्ट पारेका छन् कि उनीसँग नविकरण गर्ने कुनै योजना छैन र उनी रियल म्याड्रिडका लागि खेल्न चहान्छन् । एमबाप्पेले पीएसजीमा सम्झौता नविकरण गर्नेमा क्लब विश्वस्त रहेपनि उनले अस्वीकार गरेपछि यो अब परिवर्तन भएको छ । अब १३७ मिलियन पाउन्डको प्रस्ताव आएको छ । पीएसजीको प्रतिक्रिया के हुन्छ, त्यो कुर्नुपर्नेछ ।

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

April 25, 2024

एभर्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]

Success

Thank you for your time.