default_image

3 years ago

August 25, 2021

पिएसजीले नकार्यो एमबाप्पेको लागि रियलले राखेको प्रस्ताव

एजेन्सी – सम्झौताको अन्तिम वर्षमा रहेका युवा फरवार्ड किलीयन एमबाप्पेका लागि स्पेनिस क्लब रियल म्याड्रिडले राखेको १ सय ६० मिलियन युरोको प्रस्ताव पेरिस सेन्ट जर्मेन (पीएसजी) ले नकारेको छ । लामो चर्चापछि रियलले मंगलबार पीएसजीसामु एमबाप्पे ट्रान्सफरका लागि औपचारिक प्रस्ताव गरेको थियो । तर पिएसजीले एमबाप्पेलाई बेच्ने मनसाय नरहेको भन्दै उक्त प्रस्ताव अस्विकार गरेको छ […]

62 views

0 Bookmark

एजेन्सी – सम्झौताको अन्तिम वर्षमा रहेका युवा फरवार्ड किलीयन एमबाप्पेका लागि स्पेनिस क्लब रियल म्याड्रिडले राखेको १ सय ६० मिलियन युरोको प्रस्ताव पेरिस सेन्ट जर्मेन (पीएसजी) ले नकारेको छ ।

लामो चर्चापछि रियलले मंगलबार पीएसजीसामु एमबाप्पे ट्रान्सफरका लागि औपचारिक प्रस्ताव गरेको थियो । तर पिएसजीले एमबाप्पेलाई बेच्ने मनसाय नरहेको भन्दै उक्त प्रस्ताव अस्विकार गरेको छ । सम्झौताको अन्तिम वर्षमा रहेपनि पिएसजी एमबाप्पेले नयाँ सम्झौताका लागि प्रयासरत छ । तर एमबाप्पेले भने त्यसमा इच्छा देखाएका छैनन् ।

अर्काे समरमा एमबाप्पे फ्रि एजेन्ट हुने भएकाले पीएसजीले केहि रकम प्राप्त गर्ने हो भने यो समरमा नै उचित मुल्यमा बेच्नुपर्ने छ । पिएसजी भने अहिले नै रियललाई बेच्नुपरेको अवस्थामा पनि अझै बढी रकम पाउने आशामा छ । रियलले एमबाप्पे पिएसजी आउँदा पनि अनुबन्धनमा चासो देखाएको थियो, तर त्यसबेला एमबाप्पेले पिएसजी रोजेका थिए ।

एमबाप्पेले यो नयाँ सिजनमा पीएसजीबाट ३ खेल खेल्दा एक गोल गरिसकेका छन् । एमबाप्पेले पीएसजीका लागि यो सिजनसहित ५ सिजनमा १७४ खेलमा १३३ गोल गरेका छन् । उनले पीएसजीबाट ३ लिग वान, ३ कप दि फ्रान्स, २ कप दि ला लिग र २ ट्रफी डेस च्याम्पियन जितेका छन् । एक पटक च्याम्पियन्स लिगको उपविजेता बनेका छन् ।

म्याड्रिड आशावादी

यसै समरमा एमबाप्पे अनुबन्ध गर्न सक्नेमा रियल म्याड्रिड आशावादी रहेको छ । यो सिजनको समर ट्रान्सफर ३१ अगस्टको मध्यरातसँगै सकिँदैछ । एमबाप्पेले पीएसजीमा नयाँ सम्झौता गर्न अस्वीकार गरेपछि पनि रियल आशावादी रहेको बुझिएको छ ।

प्रशिक्षक कार्लाे एन्सेलोट्टी पनि एमबाप्पे क्लबमा आउनेमा आशावादी छन् । रियल म्याड्रिडमा गत मे महिनादेखि कसैले पनि एमबाप्पेको बारेमा टिप्पणी गरेका छैनन् । यसको अर्थ एमबाप्पेलाई क्लबमा स्वागत गर्न सबै आतुर छन् ।

पीएसजी छाड्ने एमबाप्पेको इच्छा

पीएसजीलाई थाहा छ कि एमबाप्पे क्लब छोड्ने सोचमा छन् । पीएसजीले यो पनि स्पष्ट पारेका छन् कि उनीसँग नविकरण गर्ने कुनै योजना छैन र उनी रियल म्याड्रिडका लागि खेल्न चहान्छन् । एमबाप्पेले पीएसजीमा सम्झौता नविकरण गर्नेमा क्लब विश्वस्त रहेपनि उनले अस्वीकार गरेपछि यो अब परिवर्तन भएको छ ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.