default_image

3 years ago

August 25, 2021

फुटबल विवाद : छानविन समितिले आज प्रतिवेदन बुझाउँदै

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङ र पुरुष राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीबीच विवादको छानविनका लागि राष्ट्रिय खेलकुद परिषद (राखेप) ले बनाएको छानविन समितिले आज प्रतिवेदन बुझाउने भएको छ । समितिकी सदस्य सुवर्ण श्रेष्ठले छानविन प्रक्रिया पूरा भएको र टोलीले आज राखेप सदस्य सचिव रमेशकुमार सिलवाललाई […]

125 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङ र पुरुष राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीबीच विवादको छानविनका लागि राष्ट्रिय खेलकुद परिषद (राखेप) ले बनाएको छानविन समितिले आज प्रतिवेदन बुझाउने भएको छ ।

समितिकी सदस्य सुवर्ण श्रेष्ठले छानविन प्रक्रिया पूरा भएको र टोलीले आज राखेप सदस्य सचिव रमेशकुमार सिलवाललाई प्रतिवेदन बुझाउने योजना रहेको जानकारी दिइन् । ‘छानविनको काम सम्पन्न भएको छ । आज टोलीले सदस्य सचिवज्युलाई प्रतिवेदन बुझाउन जाँदैछौं । सदस्य सचिवसँग समय लिएपछि कतिबेला बुझाउने तय हुनेछ ,’ उनले भनिन् ।

यसअघि श्रेष्ठले छानविनका क्रममा १४ जनाको बयान लिएको र त्यसअनुसार आवश्यक कागजात पनि प्राप्त भएको जानकारी दिएकी थिइन् । ‘ हामीले छानविनका क्रममा १४ जनासँग बयान लियौं । माग गरेको सम्पूर्ण कागजात पनि हामीले पाएका छौं । अब घटनाको विवरण, त्यसमा कसको के कमजोरी रहेको छ भन्ने सबै समेट्छौं । त्यसै अनुसार सुझाव पनि समेटेर प्रतिवेदन पेस गर्नेछौं,’ उनले भनिन् । राखेप सदस्य सचिवले मन्त्रालयमा उक्त प्रतिवेदन बुझाउने र त्यहाँबाट एन्फामा उक्त प्रतिवेदन पुग्नेछ ।

प्रतिवेदन सार्वजनिक गर्नुअघि नै समितिले सहमति जुटाउन पहल पनि गरेको थियो । गत साता एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा, महासचिव इन्द्रमान तुलाधरसहित नेम्बाङ र अन्य एन्फा पदाधिकारीबीच विहीबार भेट गराउँदै सहमतिको लागि गरिएको प्रयास विफल भएको सहभागी एक पदाधिकारीले बताएका थिए । छलफलमा राखेप सदस्य सचिव रमेश सिलवाल, संयोजक लाखे, समितिका अन्य तीन सदस्य, एन्फा अध्यक्ष शेर्पा, महासचिव तुलाधार, नेम्बाङ, अन्य दुई उपाध्यक्ष कृष्णबहादुर थापा, वीरबहादुर थापा, एन्फा सदस्य समेत रहेका राष्ट्रिय टोलीका व्यवस्थापक मदुसुधन उपाध्याय सहभागी थिए ।

छलफलमा नेम्बाङले पुरानै माग अलमुताइरीले आफ्नो विरुद्धमा लेखेको फेसबुक स्ट्यासटस मेटाएर सरी भन्नु पर्ने दोहोर्याएका थिए । तर, त्यसमा एन्फा अध्यक्ष शर्पा र तुलाधरले आफूहरु त्यस्तो गराउन नसक्ने जवाफ दिएपछि सहमति हुन नसकेको बताइएको छ । नेम्बाङले आफ्नो गल्ति भए राजीनामा दिन तयार रहेको छलफलमा पनि बताएका थिए । नेम्बाङले एन्फा नेतृत्वकै कमजोरीका कारण विवाद समाधान गर्न नसकेको समितिमा बयान दिने क्रममा बताएका थिए ।

गत महिना सुरु भएको विवादका विषयमा समितिले पनि बढी दोष अलमुताइरीकै देखेको हुन सक्ने सम्भावनाका आधारमा प्रतिवेदन सार्वजनिक गर्नुअघि नै सहमति जुटाउने प्रयास गरेको देखिन्छ । तर, अलमुताइरी पटक पटक एन्फामाथि हावी हुँदै आएका कारण विवाद समाधान हुने सम्भावना अझै देखिएको छैन ।

अध्यक्ष, महासचिवले नै अलमुताइरीलाई माफी मगाउन राजी गर्न कठिन हुने जवाफ दिएपछि बिहीबार साँझ तीन घण्टा भन्दा बढी चलेको छलफल विना निष्कर्ष टुंगिएको थियो । समितिले फेरि एक पटक अलमुताइरीसँग छलफल गर्न सम्भावना रहेको ती पदाधिकारीले अनुमान गरे । अलमुताइरी राष्ट्रिय टोलीको बन्द प्रशिक्षणका लागि पोखरामा छन् । सुरुमा एन्फाले अर्को व्यवस्था नभएसम्मका लागि भन्दै प्रशिक्षणमा रोक लगाएपछि पोखरामा भने प्रशिक्षण गर्न अनुमति दिएको थियो ।

समितिले गत साता ३ दिनको अन्तरमा कुल १४ जना सँग बयान लिएको थियो । समितिले बयानको अन्तिम दिन बिहीबार वरिष्ठ उपाध्यक्ष नेम्बाङ, दुई संचारकर्मी, कप्तान किरण चेम्जोङ, प्रशिक्षक अलमुताइरी र इक्वेस्ट्रीएन संघका अध्यक्ष रवि राजकर्णिकारसँग बयान लिएको हो । बयान दिएपछि अलमुताइरीले आफू छानविन प्रक्रियाबाट सन्तुष्ट रहेको बताएका थिए ।

समितिले त्यसअघि एन्फा अध्यक्ष शेर्पा, सदस्य किरण राई र राखेप अन्तर्गत फुटबलको मुख्य प्रशिक्षक अरुणा गुरुङ, बुधबार उपाध्यक्षद्वया थापा र खड्का, फुटबल प्रशिक्षक बालगोपाल महर्जन, महासचिव तुलाधर तथा व्यवस्थापक उपाध्यायको बयान लिएको थियो । एन्फाको साउन १५ गते बसेको कार्यकारी समितिको आपतकालिन बैठकले विवाद समाधान गर्न नसकेपछि छानबिनका लागि एन्फाले युवा तथा खेलकुद मन्त्रालयलाई अनुरोध गरेको थियो । त्यसकै आधारमा मन्त्रालयले राखेपलाई छानबिनका लागि पत्र काटेको थियो ।

साउन १९ गते नेम्बाङ र अलमुताइरीबीच गत साता मंगलबार एक होटलमा भएको भेटपछि दुवै पक्ष पुरानो विवादलाई नचर्काउन र आउने दिनमा सहकार्य गर्दै अघि बढ्न सहमत भएपछि तत्कालका लागि विवाद समाधान हुने सम्भवाना देखिएको थियो । फुटबलप्रेमीलाई सकारात्मक सन्देश दिनका लागि संयुक्त वक्तव्य जारी गर्ने भनिएपनि अहिले सम्म विज्ञप्ती जारी हुन सकेन । एक्वेस्टरियन संघका अध्यक्ष राजकर्णिकारको पहलमा नेम्बाङ र अलमुताइरीबीच विवाद समाधानका लागि पार्न भेटघाट भएको थियो ।

विवादको सुरुवात भने साउन ७ गतेको घटनाबाट भएको थियो । अलमुताइरी र दुई सञ्चारकर्मीसँगको विवादबाट बढ्दै जाँदा त्यसमा नेम्बाङ पनि तानिएका थिए । अलमुताइरीले एन्फा कम्पाउन्ड बाहिर धुमपान गरेको विषय उनलाई दुई सञ्चाकर्मीले गरेको प्रश्नबाट विवाद सुरु भएको थियो ।

साउन १० गते अलमुताइरीले वरिष्ठ उपाध्यक्ष नेम्बाङका कारण आफूलाई काम गर्न अप्ठेरो भएको आशयका साथ पदबाट राजीनामा दिने घोषणा फेसबुकमार्फत गरेका थिए । सञ्चारकर्मीसँगको घटनामा नेम्बाङको संलग्नता रहेको दाबी अलमुताइरीले गर्दै आएका थिए । त्यसमा नेम्बाङले कडा आपत्ती जनाउँदै अलमुताइरीविरुद्ध छानबिनको माग राखेका थिए । अलमुताइरीले पनि नेम्बाङ र दुई सञ्चारकर्मीविरुद्ध छानविनको माग गरेका थिए ।

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

April 18, 2024

एन्फा उपाध्यक्ष लामा छुटे

काठमाडाैं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा छुटेका छन् । उनी बुधबार पक्राउ परेका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर लामालाई बिहीबार उच्च अदालत पाटनमा पेश गरेको थियो । सो क्रममा लामाले सर्वोच्च अदालतबाट तारेखमा राख्नु भन्ने आदेश लिएको पेश गरेपछि उनी छुटेको अपराध अनुसन्धान कार्यालयले […]

April 18, 2024

सिटीलाई हराउँदै रियल च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी – साविक विजेता म्याचेस्टर सिटीलाई हराउँदै रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । सिटीलाई बुधबार पेनाल्टी सुट आउटमा ४–३ ले हराउँदै रियल अन्तिम चारमा पुगेको हो । गोलकिपर लुनिनले दुई पेनाल्टी रोकेपछि १४ पटकको विजेता रियलको सेमिफाइनल यात्रा तय गरेको थियो । त्यसअघि रियल र सिटीबीचको क्वार्टरफाइनलको दोस्रो लेगको निर्धारित र थप सयम […]

Success

Thank you for your time.