default_image

3 years ago

August 25, 2021

डेनिस कप्तान केयर र मेडिकल टिमलाई ‘युईएफए प्रेसिडेन्ट अवार्ड’

एजेन्सी – डेनमार्कका कप्तान सिमोन केयर र मेडिकल स्टाफलाई युइएफए प्रेसिडेन्ट अवार्ड प्रदान गरिने भएको छ । गत जुलाईमा सम्पन्न भएको युरो २०२० अन्तर्गत समूह चरणमा डेनमार्क र फिनल्यान्डबीच भएको खेलमा मैदानमा ढल्न पुगेका क्रिस्टियन एरिक्सनलाई बचाउन गरेको प्रयासलाई सम्मान गर्दै युईएफएले यो अवार्ड प्रदान गर्ने भएको हो । एरिक्सन पहिलो हाफको अन्त्यतिर आफ्नै साथीले दिएको बल […]

63 views

0 Bookmark

एजेन्सी – डेनमार्कका कप्तान सिमोन केयर र मेडिकल स्टाफलाई युइएफए प्रेसिडेन्ट अवार्ड प्रदान गरिने भएको छ । गत जुलाईमा सम्पन्न भएको युरो २०२० अन्तर्गत समूह चरणमा डेनमार्क र फिनल्यान्डबीच भएको खेलमा मैदानमा ढल्न पुगेका क्रिस्टियन एरिक्सनलाई बचाउन गरेको प्रयासलाई सम्मान गर्दै युईएफएले यो अवार्ड प्रदान गर्ने भएको हो ।

एरिक्सन पहिलो हाफको अन्त्यतिर आफ्नै साथीले दिएको बल पास लिने क्रममा मैदानमा ढल्न पुगेका थिए । हृदयघातका कारण मैदानमा ढले लगत्तै नजिकै रहेका केयरले एरिक्सनलाई सहि पोजिसनमा ल्याउँदै उनको जिब्रो बाहिर निकालेका थिए । उनले तुरुन्त उक्त कदम चालेपछि मेडिकल स्टाफले उनलाई पुनर्जिवन दिन सफल भएका थिए ।

यूईएफएका अनुसार सिमोनको द्रुत निर्णय र ‘असाधारण नेतृत्व गुण’ लागि सम्मानित गरिएको हो । उनले एरिक्सनलाई रिकभरीको स्थितिमा राखे र सिपिआर पनि सुरु गरेका थिए । मिडियाको नजरबाट बाहिर राख्न सहयात्रीलाई गोलबद्ध गरेर एक कुशल नेतृत्वकर्ताको भूमिका देखाए । सँगै आफ्ना सहकर्मीलाई सम्हाल्दै अन्यलाई पनि सान्त्वना दिए । एरिक्सनको पत्नीलाई पनि मैदानभित्र उनले सम्हालेका थिए ।

इटालियन क्लब एसी मिलानका डिफेन्डरले आफुले निभाएको उक्त भुमिका समयको आवश्यकता मात्रै रहेको बताएका छन् । ‘म फुटबलरको रुपमा जीवनको हरेक पक्ष (मैदान भित्र र बाहिर) नेतृत्व गर्ने कोशिस गर्दछु । मलाई लाग्छ कि यो मेरो करिअरको सबैभन्दा ठुलो क्षणमध्ये एक हो,’ ३२ वर्षीय सिमोनले भने, ‘म धेरै वर्षदेखि क्रिस्टियनलाई चिन्छु । उनको परिवार छ । धेरै साथीहरु छन् । उनको लागि सबैले राम्रो चाहन्छन् । जबसम्म उनी र उनको परिवार खुसी छन् । म पनि खुसी छु ।’

इंग्लिस क्लब टोटेनहमका पुर्व मिडफिल्डर सन् २०२० को जनवरीमा इन्टर मिलान पुगेका थिए । उनी अझै फुटबल खेल्छन् कि खेल्दैनन् भन्ने अझै अस्पष्ट छ । एरिक्सनले आफ्नो जीवन बचाउने सबैलाई धन्यवाद व्यक्त गरेका थिए ।

एरिक्सनको घट्नामा मेडिकल स्टाफको रुपमा मोगेन्स क्रिट्जफेल्ड (चिफ मेडिकल अफिसर), फ्रेडेरिक फ्लेन्सटेड (स्टेडियम मेडिकल म्यानेजर), एन्डर्स बोइसेन (पिच साइड इमरजेन्सी डक्टर) र पेडर (पारामेडिक) रहेका थिए । यस्तै डेनमार्क मेडिकल टिममा मोर्टेन, मोर्टेन बोइसेन र युइएफए भेन्यु मेडिकल अफिसर जेन्स क्लेनिफिल्डर र भालेन्टिन भेलिकोभ रहेका थिए ।

युइएफएका अध्यक्ष अलेक्जेन्डर सेफेरिनले यो पुरस्कार फुटबल भन्दा माथि रहेको बताएका छन् । ‘यो एउटा महत्वपुर्ण र लामो समयसम्म सम्झने घट्ना हो । जीवन कति अमुल्य छ भन्ने यसले स्पष्ट पार्दछ । म क्रिस्टियन एरिक्सन र उनको परिवारलाई स्वास्थ्य लाभको कामनासहित शुभकामना व्यक्त गर्न चहान्छु,’ अध्यक्ष सेफेरिनले भने ।

April 23, 2024

महिला लिग छनोटमा लुम्बिनीको पहिलो जित

सुर्खेत (हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले महिला लिग छनोटमा पहिलो जित हासिल गरेको छ । उत्कृष्ट पूनरागमन गर्दै लुम्बिनीले मंगलबार बागमती प्रदेशलाई ३–१ को नतिजामा माथ दिएको हो । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलमा पहिलो अग्रता बागमतीले बनायो। २४औं मिनेटमा सुमित्रा तामाङको गोलमा बागमती अगाडि लागेको थियो । तर यो अग्रता खेलको ४०औं मिनेटमा […]

April 23, 2024

आदर्श च्यालेन्ज कप – आदर्श र ध्रुवताराबीच उद्घाटन खेल हुने

हिमाल खरेल, मेचीनगरझापाको बुद्धशान्तिमा शनिबार सुरु हुने तेस्रो आदर्श च्यालेन्ज कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । खेल मैदान बुद्ध आदर्श माविको सभाहलमा आज भएको पत्रकार सम्मेलनमा खेल तालिका सार्वजनिक भएको हो । खेल तालिकाअनुसार उद्घाटन खेलमा आयोजक आदर्श युवा क्लबले दमकको ध्रुवतारा स्पोर्टिङ क्लबको सामना गर्नेछ । त्यस्तै, दोस्रो खेल आइतबार बिर्तामोड […]

April 23, 2024

बेलिङहमले जिते ब्रेकथ्रु अवार्ड

एजेन्सी – इङ्ल्यान्ड तथा स्पेनिस क्लब रियल म्याड्रिडका युवा मिडफिल्डर जुड बेलिङहमले अवार्ड जितेका छन् । बेलिङहमले सन् २०२४ को लौरेस वल्ड स्पोर्ट्स ब्रेकथ्रु अफ द इयर अवार्ड जितेका हुन् । गत समरमा जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट ८९ मिलियन पाउण्डमा रियल आएका २० वर्षीय बेलिङहम क्लबका लागि महत्वपूर्ण खेलाडी बनेका छन् । उनले आइतबार एल […]

Success

Thank you for your time.