default_image

3 years ago

September 5, 2021

महिल टोलीले दशरथ रंगशालामा बंगलादेशसँग दुई खेल खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला फुटबल टोलीले बंगलादेशसँग दुई मैत्रीपुर्ण खेल खेल्ने पक्का भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले घरेलु मैदानमा बंगलादेशसँग दुई मैत्रीपुर्ण खेल पक्का भएको जनाएको छ । मैत्रीपुर्ण खेल २४ र २७ भदौमा हुनेछ । मंगलबार मात्रै महिला टोलीका मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले एएफसी महिला एसिया कप […]

76 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला फुटबल टोलीले बंगलादेशसँग दुई मैत्रीपुर्ण खेल खेल्ने पक्का भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले घरेलु मैदानमा बंगलादेशसँग दुई मैत्रीपुर्ण खेल पक्का भएको जनाएको छ । मैत्रीपुर्ण खेल २४ र २७ भदौमा हुनेछ ।

मंगलबार मात्रै महिला टोलीका मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले एएफसी महिला एसिया कप छनोटका लागि २३ सदस्यीय टोलीको घोषणा गरेको छ । जसमा ७ नयाँ खेलाडीले सिनियर राष्ट्रिय टोलीमा स्थान बनाएका छन् ।

पहिलो पटक टोलीमा पर्नेमा मिडफिल्डर प्रिति राई, फरवार्ड सविता राना, रश्मी घिसिङ, रजनी थोकर, डिफेन्डर विमला विक निशा थोकर र सृजना सिंह रहेका छन् । पहिलो पटक क्याम्पमा परेकी अमिषा कार्की, अनुभवी डिफेन्डर अन्जली वाइवा र फरवार्ड शर्मिला थापामगर सँगै हेमा चौधरी र मनिषा राउत भने अन्तिम छनोटमा पर्न सकेनन् । उज्वेकिस्तानमा हुने छनोटमा नेपालले असोज २ गते फिलिपिन्स तथा असोज ४ गते हङकङसँग प्रतिस्पर्धा गर्नेछ । समूहको शीर्ष टोली भारतमा अर्को वर्ष हुने एसिया कपका लागि छनोट हुनेछ ।

नेपालले हङकङ र फिलिपिन्ससँग अर्काे महिना खेल्दैछ । उज्वेकिस्तानमा हुने छनोटमा नेपालले असोज २ गते फिलिपिन्स तथा असोज ४ गते हङकङसँग प्रतिस्पर्धा गर्नेछ । समूहको शीर्ष टोली भारतमा अर्को वर्ष हुने एसिया कपका लागि छनोट हुनेछ ।

एसिया कप छनोटका लागि नेपाली टोली

गोलकिपर – अन्जना राना मगर, एन्जिला तुम्बापो सुब्बा, उषा नाथ

डिफेन्डर : अमृता जैसी, विमला विक, गिता राना, हिराकुमारी भुजेल, निशा थोकर, पुनम जर्घा मगर, सृजना सिंह, पूजा राना

मिडफिल्डर : अनिता बस्नेत, विमला चौधरी, दीपा राई, इन्दिरा राई, मन्जली तामाङ योन्जन, प्रिति राई, रेनुका नगरकोटे,

फरवार्ड : अनिता केसी, रजनी थोकर, रश्मी घिसिङ, सविता राना, सरु लिम्बु

April 24, 2024

सुदूरपश्चिमसँग मधेशको हार, कोशी शीर्षमा

सुर्खेत (हाम्रो खेलकुद)– सुदूरपश्चिम प्रदेशले महिला लिग छनोटमा दोस्रो जित निकालेको छ । अस्मिता चौधरीको २ गोलको मद्दतमा सुदूरपश्चिमले बुधबार मधेश प्रदेशलाई ३–० ले हराएको छ । कर्णाली प्रदेश रंगशालामा भएको खेलमा पाँचौं मिनेटमा यसोदाकुमारी चिरलको गोलबाट सुदूरपश्चिमले अग्रता लिएको थियो । अस्मिताले ५१ औं र ६१ औं मिनेटमा गोल गर्दै टोलीलाई जित दिलाइन् । […]

April 24, 2024

रानीवन र गोलबजारको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक सी डिभिजन लिगमा पुछारमा रहेको गोलबजार स्पोर्ट्स क्लबसँग रानीवन स्पोर्ट्स क्लब १–१ को बराबरीमा रोकिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा योञ्जन हमालको गोलमा खेलको १६औं मिनेटमा गोलबजारले अग्रता बनायो। तर यो अग्रतालाई जोगाउन भने सकेन। ४४औं मिनेटमा हिमाञ्चल सिंहले बराबरी गोल फर्काए । दोस्रो हाफमा दुवै टिमबाट […]

April 24, 2024

शीर्षस्थानको कोशीसँग गण्डकीको हार

सुर्खेत (हाम्रो खेलकुद) – समिक्षा मगरको गोलमा कोशी प्रदेशले महिला लिग छनोट गण्डकी प्रदेशलाई ३–० ले सहजै हराएको छ । लगातार तेस्रो जितपछि ९ कोशी शीर्षस्थानमा छ । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा बुधबार भएको खेलमा कोशीले एकपक्षीय दबाब बनायो। छैटौं मिनेटमा समिक्षाले गोल गर्दै टोलीलाई पहिलो हाफमा १–० को अग्रता दिलाइन् । गण्डकी दोस्रो हाफमा […]

Success

Thank you for your time.