4 years ago
August 25, 2021
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्ला अलमुताइरीले राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा गठिन छानविन समितिको निष्कर्षप्रति असहमतिको संकेत गरेका छन् । छानविन समितिले प्रतिवेदन बुझाएको भएको केहि समयपछि नै बुधबार फेसबुकमा अलमुताइरीले स्टाटस लेखेका छन्, ‘म निस्किएँ, राजनीतिले काम गरोस् ।’

एक महिनामा दोस्रो पटक उनले सामाजिक सञ्जालमार्फत राष्ट्रिय टोली छाड्ने संकेत गरेका छन् । अघिल्लो स्टाटसमा आफू राजीनामा दिन गइरहेको र त्यसका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्बाङ जिम्मेवार रहेको उनको आशय थियो । त्यहिबाट विवादमा अनेक मोड आएका थिए ।
छानविन समितिले अलमुताइरीले व्यवाहारिक आचरणमा सुधार गर्नुपर्ने निष्कर्ष निकाल्दै राखेपलाई बुधबार आफ्नो प्रतिवेदन बुझाएको थियो । प्रतिवेदन कार्यान्वयनमा लाने प्रक्रिया सुरु नहुँदै अलमुताइरीले आफ्नो धारणा फेरि पनि फेसबुकबाट सार्वजनिक गरेका छन् । जबकी उनले समितिलाई बयान दिएपछि आफूले सबै विषय समिति समक्ष राखेको र समितिको निर्णय मान्ने प्रतिक्रिया दिएका थिए ।

एन्फा उपाध्यक्ष पंकजविक्रम नेम्बाङ र अलमुताइरीबीच विवाद बढेपछि राखेपले साउन १९ गते पुरेन्द्र विक्रम लाखेको संयोजकत्वमा छानविन समिति गठन गरेको छ । समितिले झन्डै ३ साता लगाएर तयार प्रतिवेदनमा अलमुताइरीले व्यवहारिक आचरणमा सुधार गर्नुपर्ने, एन्फाले आफ्ना विभागहरुलाई सक्रिय गर्नुपर्ने, आन्तरिक विवादलाई एन्फामै समाधान गर्नुपर्नेलगायत ११ बुँदे निर्देशनात्मक सुझाव प्रतिवेदनमा समेटेको छ ।
साउन ७ गतेको एउटा घटना बढ्दै जाँदा फुटबलमा त्यसले ठूलो विवादका रुपम लिएको थियो । दुई सञ्चारकर्मीसँगको आफ्नो विवादमा अलमुताइरीले वरिष्ठ उपाध्यक्ष नेम्बाङलाई पनि तानेपछि विवादको श्रृखंला लम्बिदै गएको थियो । अलमुताइरीले एन्फा कम्पाउन्ड बाहिर धुमपान गरेको विषय उनलाई दुई सञ्चाकर्मीले गरेको प्रश्नबाट विवाद सुरु भएको थियो ।

साउन १० गते अलमुताइरीले वरिष्ठ उपाध्यक्ष नेम्बाङका कारण आफूलाई काम गर्न अप्ठेरो भएको आशयका साथ पदबाट राजीनामा दिने घोषणा फेसबुकमार्फत गरेका थिए । सञ्चारकर्मीसँगको घटनामा नेम्बाङको संलग्नता रहेको दाबी अलमुताइरीले गर्दै आएका थिए । त्यसमा नेम्बाङले कडा आपत्ती जनाउँदै अलमुताइरीविरुद्ध छानबिनको माग राखेका थिए । अलमुताइरीले पनि नेम्बाङ र दुई सञ्चारकर्मीविरुद्ध छानविनको माग गरेका थिए ।
अलमुताइरीले नामै तोकेर नेम्बाङलाई विवादमा तान्नुलाई नै समितिले व्यवहारिक आचारणमा सुधार गर्नुपर्ने निष्कर्ष निकालेको देखिन्छ । एन्फा आफै आन्तरिक विवाद समाधानका लागि असफल देखिएपछि युवा तथा खेलकुद मन्त्रालय हुँदै राखेपले छानविन समिति गठन गर्नुपरेको थियो ।
अलमुताइरी यति खेल पोखरामा राष्ट्रिय टोलीका साथ रहेका छन् । भदौ १७ र २० गते दशरथ रंगशालमा भारतविरुद्ध हुने दुई मैत्रीपूर्ण खेलका लागि उनले मंगलबार मात्रै २५ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेका थिए ।
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]
December 7, 2025
एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्यो। मियामीका गोलरक्षक रोको रिओस […]
December 6, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल गरेका थिए। ६५ […]