default_image

3 years ago

August 25, 2021

डिफेन्डर देवेन्द्र मच्छिन्द्रमै रहने

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय टोलीबाट खेलिसकेका डिफेन्डर देवेन्द्र तामाङले लिग च्याम्पियन मच्छिन्द्र फुटबल क्लबसँग सम्झौता नवीकरण गरेका छन् । मच्छिन्द्रले बुधबार आफ्नो आधिकारिक फेसबुक पेजमार्फत देवेन्द्रले क्लबसँग सम्झौता नवीकरण गरेको जनाएको छ । यससँगै उनी थप एक सिजन मच्छिन्द्रकै जर्सीमा देखिनेछन् । मच्छिन्द्रले क्लब इतिहासमै पहिलोपटक शीर्ष डिभिजनको लिग जित्दा देवेन्द्र टोलीका मुख्य खेलाडी […]

41 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय टोलीबाट खेलिसकेका डिफेन्डर देवेन्द्र तामाङले लिग च्याम्पियन मच्छिन्द्र फुटबल क्लबसँग सम्झौता नवीकरण गरेका छन् ।

मच्छिन्द्रले बुधबार आफ्नो आधिकारिक फेसबुक पेजमार्फत देवेन्द्रले क्लबसँग सम्झौता नवीकरण गरेको जनाएको छ । यससँगै उनी थप एक सिजन मच्छिन्द्रकै जर्सीमा देखिनेछन् ।

मच्छिन्द्रले क्लब इतिहासमै पहिलोपटक शीर्ष डिभिजनको लिग जित्दा देवेन्द्र टोलीका मुख्य खेलाडी रहेका थिए । देवेन्द्रले घरेलु फुटबलमा मनाङ–मर्स्याङ्दी, थ्री स्टार, च्यासल र झापा ११ बाट लिगसँगै मोफसलका विभिन्न प्रतियोगिता खेलिसकेको अनुभव छ । नयाँ सिजनको ‘ए’ डिभिजन लिग २९ कात्तिकबाट हुने तालिका छ । राष्ट्रिय लिगको मिति तय हुन सकेको छैन ।

मच्छिन्द्रले नयाँ सिजनको लागि डिफेन्डर रञ्जित धिमाल, गोलरक्षक विशाल श्रेष्ठ, फरवार्ड रेजिन सुब्बा र अभिषेक रिजाल र मिडफिल्डर सुजल श्रेष्ठसँगको सम्झौता नवीकरण गरिसकेको छ । नयाँ खेलाडीको रुपमा युवा स्टार मनिष डाँगीलाई भित्र्याएको छ ।

सुनिल बल, छिरिङ गुरुङ र गौरव बुढाथोकीलगायतका खेलाडीलाई मच्छिन्द्रले अनुबन्ध गर्ने तयारी गरिरहेको छ । यसअघि मच्छिन्द्रमा रहेका दीपक राई र एडेलाजा सोमिडे मनाङ फर्किएका छन् ।

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

Success

Thank you for your time.