default_image

3 years ago

August 28, 2021

एमबाप्पेले रियल रोज्नुको कारण

एजेन्सी – ढिला चाँडो केलियन एमबाप्पे रियल म्याड्रिडको खेलाडी बन्ने सम्भावना बलियो हुँदै गएको छ । त्यसका लागि रियलले प्रयास पनि अघि बढाइसकेको छ । यद्दपी पिएसजीले रियलको १ सय ६० मिलियन युरोको पहिलो प्रस्तावलाई अस्वीकार गरेपछि अर्को प्रस्ताव रियलसमक्ष पुगिसकेको छ । अझै पनि उनको सुरुवाको सम्भावना टरिसकेको छैन । यो सिजन वा अर्को […]

98 views

0 Bookmark

एजेन्सी – ढिला चाँडो केलियन एमबाप्पे रियल म्याड्रिडको खेलाडी बन्ने सम्भावना बलियो हुँदै गएको छ । त्यसका लागि रियलले प्रयास पनि अघि बढाइसकेको छ । यद्दपी पिएसजीले रियलको १ सय ६० मिलियन युरोको पहिलो प्रस्तावलाई अस्वीकार गरेपछि अर्को प्रस्ताव रियलसमक्ष पुगिसकेको छ ।

अझै पनि उनको सुरुवाको सम्भावना टरिसकेको छैन । यो सिजन वा अर्को सिजनमा भएपनि एमबाप्पे रियल जाने सम्भावना देखिन्छ । पिएसजीको नविकरणको प्रस्तावलाई एमबाप्पेले अस्वीकार गर्नुले पनि उनी नयाँ चुनौतीका लागि तयार रहेको सन्देश दिएको छ ।

२२ वर्षे फ्रान्सेली फरवार्ड पिएसजी छाडेर रियल जान चाहनुका केहि कारण छन् ।

रियलको खेलाडी बन्ने एमबाप्पेको सानै देखिएको सपना हो । युवा अवस्थामा उनको कोठामा टासिएको रियल म्याड्रिडका पोष्टरबाट पनि उनको सपना बुझ्न सकिन्छ । रियल र त्यसका पूर्व स्टार क्रिस्टियानो रोनाल्डोको फोटो उनको कोठामा टासिएका हुन्थे ।

अहिले पनि उनको सानो उमेरमा देखेको सपनामा यथावत रहेको देखिन्छ । उनले पिएसजीको नविकरण प्रस्तावलाई अस्वीकार गर्नुबाट पनि उनी रियल जान चाहेको बुझ्न सकिन्छ ।

आफ्नो भविष्यलाई लिएर एमबाप्पे प्रष्ट छन् । सन् २०१७ मा पनि उनले मोनाकोबाट रियल जाने मौका पाएका थिए । तर, त्यति बेला रियलमा ग्यारेथ बेल, करिम बेन्जेमा र रोनाल्डोको दबदबा रहेको रियलमा उनले आफ्नो भूमिका देखेनन् । जसका कारण उनी पिएसजी पुगे ।

अहिले परिस्थिति बदलिएको छ । अहिले रियलमा आबद्ध भएको अवस्थामा भविष्यमा त्यहाँको स्टार हुने सम्भावना रहन्छ । पिएसजीमा अहिले उनीभन्दा स्टार खेलाडी भएकाले त्यसको छायाँमा पर्न सक्छन् ।

आफ्नो बालपनका स्टार रोनाल्डोसँगै रियलमा खेल्ने अवसर एमबाप्पेले गुमाइसकेका छन् । यो सिजनमै उनी रियलमा आबद्ध भएको खण्डमा अर्का सुपर स्टार लिओनल मेस्सीविरुद्ध खेल्ने सम्भावना पनि टुंगिनेछ । तर, उनी नयाँ चुनौती स्वीकार गर्दै अघि बढ्न चाहेको देखिन्छ । त्यसका लागि रियल उपयुक्त गन्तव्य हुनेमा उनी पनि आशावादी छन् ।

बालापनको सपना पूरा गर्नका लागि मात्र एमबाप्पेले रियल रोजेका होइनन् । भविष्यमा त्यहाँ नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने सम्भावना भएकाले पनि उनी पिएसजी छाड्ने जोखिम उठाउन चाहन्छन् । रियलमा उनी भविष्यमा मुख्य खेलाडी बन्न सक्छन् । उनले आफ्नो त्यो क्षमता रहेको मैदानमा देखाइरहेका छन् ।

एमबाप्पे रियलमा जाने सम्भावना बलियो हुनुको अर्को कारण भनेको करिम बेन्जेमा हुन सक्छन् । युरो २०२० मा बेन्जेमासँग खेलेका कारण पनि एमबाप्पेले उनीसँगको सहकार्य सुखद हुने अपेक्षा राखेका छन् । रियलमा जानका लागि बेन्जेमाले पनि एमबाप्पेलाई बढी प्रभावमा पारेको देखिन्छ ।

रियल आफैं पनि लामो समयदेखि एमबाप्पेलाई भित्राउन योजना बनाएर बसेको छ । अर्का फ्रान्सेली पावल पोग्बा पनि अर्को समरमा रियलमा आबद्ध हुने सम्भावना छ । सम्भवत पोग्बाले पनि एमबाप्पेलाई रियल जान सुझाएको हुन सक्छ । पछिल्लो परिस्थिति हेर्दा ढिलो चाँडो एमबाप्पेले रियलबाट नयाँ अध्यायको सुरुवात गर्नेछन् ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.