default_image

3 years ago

August 26, 2021

साख्तर, साल्जवर्ग र सेरिफ च्याम्पियन्स लिगमा छनोट

एजेन्सी – युक्रेनी क्लब साख्तर डोनेक्स, अष्ट्रियन क्लब रेडबुल साल्जवर्ग र मोल्दोभाको एफसी सेरिफ युइएफए च्याम्पियन्स लिगमा छनोट हुन सफल भएको छ । दोस्रो लेग अतिरिक्त समयमा २–२ गोलको बराबरी टुंगिदामा साख्तरले फ्रान्सेली क्लब मोनाकोलाई समग्रमा ३–२ ले पराजित गर्दै च्याम्पियन्स लिगको समूह चरणमा स्थान पक्का गरेको हो । दोस्रो लेगमा विसान विन यडरले दुई […]

30 views

0 Bookmark

एजेन्सी – युक्रेनी क्लब साख्तर डोनेक्स, अष्ट्रियन क्लब रेडबुल साल्जवर्ग र मोल्दोभाको एफसी सेरिफ युइएफए च्याम्पियन्स लिगमा छनोट हुन सफल भएको छ ।

दोस्रो लेग अतिरिक्त समयमा २–२ गोलको बराबरी टुंगिदामा साख्तरले फ्रान्सेली क्लब मोनाकोलाई समग्रमा ३–२ ले पराजित गर्दै च्याम्पियन्स लिगको समूह चरणमा स्थान पक्का गरेको हो ।

दोस्रो लेगमा विसान विन यडरले दुई अवे गोल गर्दै मोनाकोको सम्भावना जीवित राख्दै खेललाई अतिरिक्त समयमा लम्ब्याएपनि अतिरिक्त समयमा रुवेन एगुइलरले आत्मघाती गोल गरेपछि मोनाको च्याम्पियन्स लिगलाई छनोट हुन सकेन । दोस्रो लेगमा साख्तरका मार्लोसले एक गोल गरेका थिए । त्यसअघि विसाम विन यडरको दुई गोलमा मोनाकोले पहिलो हाफमै मोनाकोले २–० को अग्रता लिएको थियो ।

यस्तै प्ले अफको अर्काे खेलमा डेनिस क्लब ब्रोन्डवी आइएफलाई समग्रमा ४–२ को जित निकाल्दै साल्जवर्गले च्यामिपन्स लिगको समूह चरणमा स्थान बनाउन सफल भयो । साल्जवर्गले पहिलो र दोस्रो लेगमा समान २–१ कै जित निकाल्यो । दोस्रो लेगमा साल्जवर्गको जितमा बेन्जामिन सेस्को र ब्रेन्डेन आरोन्सनले गोल गरे । घरेलु टोली ब्रोन्डवीका एन्ड्रेस म्याक्सले एक गोल फर्काए ।

अर्काे खेलमा मोल्दोभाको एफसी सेरिफले क्रोएसिएन क्लब डिनामो जाग्रिवलाई समग्रमा ३–० ले पराजित गर्दै क्लब इतिहासमै पहिलोपटक च्याम्पियन्स लिगलाई छनोट हुन सफल भएको छ । दोस्रो लेग गोलरहित बराबरीमा सकिदा पहिलो लेगको ३–० को जित नै सेरिफलाई समूह चरण पुग्न पर्याप्त बन्यो ।

यो नतिजासँगै नयाँ सिजनको लागि सबै ३२ टोलीको टुंगो लागेको छ । बिहीबार तीन टोलीको टुंगो लागेको थियो । आज (बिहीबार) नै समूह विभाजन र खेल तालिका सार्वजनिक हुनेछ ।

April 20, 2024

हालान्डले चेल्सीविरुद्धको खेल गुमाउने सम्भावना!

एजेन्सी – म्यानचेस्टर सिटीका नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डले चेल्सीविरुद्ध हुने एफए कपको सेमिफाइनल गुमाउने सम्भावना बढेको छ । एफए कपको सेमिफाइनलमा आज राति सिटीले चेल्सीसँग वेम्वली स्टेडियममा प्रतिस्पर्धा गर्दैछ । बुधबार च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडसँग टाइब्रेकरमा ४–३ पराजित हुँदा समस्या देखिएपछि हालान्डलाई अन्तिम समयमा परिवर्तन गरिएको थियो । सिटीका प्रशिक्षक पेप […]

April 20, 2024

माने चम्कँदा अल नासरको पूनरागमन जित

एजेन्सी – सेनेगली फरवार्ड साडियो मानेको उच्च प्रदर्शनमा अल नासरले साउदी प्रो लिगमा सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा १-० ले पछि परेको स्थिति उल्ट्याएर अल नासरले अल फयामाथि ३-१ को सानदार पूनरागमन जित दर्ता गरेको हो । अल नासरको जितमा साडियो मानेले २ तथा अब्दुलेह अल एम्रीले १ गोल गरे । अल […]

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

Success

Thank you for your time.