default_image

3 years ago

August 26, 2021

सेरिफ पहिलोपटक च्याम्पियन्स लिगमा छनोट

एजेन्सी – मोल्दोभाको एफसी सेरिफ टिरासपोल क्लब इतिहासमै पहिलोपटक युइएफए च्याम्पियन्स लिगमा छनोट हुन सफल भएको छ । क्रोएसिएन क्लब डिनामो जाग्रिवसँग प्ले अफको दोस्रो लेग गोलरहित बराबरीमा सकिएपनि समग्रमा ३–० को जित निकाल्दै सेरिफले क्लब इतिहासमै पहिलोपटक च्याम्पियन्स लिगमा छनोट हुन सफल भएको छ । सेरिफले पहिलो लेगको ३–० को सहज जित निकालेको थियो […]

47 views

0 Bookmark

एजेन्सी – मोल्दोभाको एफसी सेरिफ टिरासपोल क्लब इतिहासमै पहिलोपटक युइएफए च्याम्पियन्स लिगमा छनोट हुन सफल भएको छ ।

क्रोएसिएन क्लब डिनामो जाग्रिवसँग प्ले अफको दोस्रो लेग गोलरहित बराबरीमा सकिएपनि समग्रमा ३–० को जित निकाल्दै सेरिफले क्लब इतिहासमै पहिलोपटक च्याम्पियन्स लिगमा छनोट हुन सफल भएको छ ।

सेरिफले पहिलो लेगको ३–० को सहज जित निकालेको थियो । यससँगै सेरिफ मोल्दोभाबाट च्याम्पियन्स लिगमा छनोट हुने पहिलो र एक्लो टोली बन्न सफल भएको छ ।

मोल्दोभाको उत्कृष्ट टोली
सेरिफ मोल्दोभाको सर्वाेत्कृष्ट टोलीको रुपमा अघि रहेको छ । मोल्दोभाको फुटबलमा सन् २०१५ देखि लगातार ६ पटक शीर्ष डिभिजनको उपाधि जित्नुले पनि यसलाई पुष्टि गर्दछ । सन् १९९७ मा स्थापित सेरिफले मोल्दोभान नेसनल लिग १९ पटक जितिसकेको छ । मोल्दोभान कप १० पटक जितेको छ ।

सेरिफ मोल्दोभाको राजधानी टिरासपोलमा अवस्थित छ । यो युक्रेनी सीमामा छुट्दै राज्यको अवस्थित छ । यहाँ मोल्दोभान्सको तुलनामा रसियन नागरिकको बाहुल्यता छ । संयुक्त राष्ट्र संघको सदस्य राष्ट्र नरहेको मोल्दोभामा रुसी वाणिज्य दुतावास र सेनाको उपस्थिति रहेको छ ।

यो राष्ट्र अर्धगणतन्त्रात्मक राष्ट्र हो । सन् २०१४ मा संसद कब्जापछि रुसको हिस्सा बन्न सकेन । पछि युक्रेनको क्राइमिया क्षेत्र कब्जा गरेको थियो । अर्काे विषय यो विश्वको एकमात्र राष्ट्र हो जसले राष्ट्रिय झण्डामा सोभियत हथौढा र सिकलको प्रतिक प्रयोग गरिरहेको छ ।

सेरिफको च्याम्पियन्स लिग यात्रा
सेरिफ पहिलोपटक च्याम्पियन्स लिगको समूह चरणको यात्रा तय गर्दा चार राउन्डमा ८ खेले खेलेको थियो । जसमा सेरिफले ६ जित र २ बराबरीको नजिता निकाल्यो ।

पहिलो राउन्डमा सेरिफले अल्वानियाको टेउटा डुरेसलाई समग्रमा ५–० ले पराजित गरेको थियो । दोस्रो राउन्डमा राउन्डमा अर्मेनियाको एलासकर्ट एफसीलाई सम्रगमा ४–१ ले पराजित गरेको थियो । तेस्रो राउन्डमा सर्वियाको एफके क्रेभेना जेभेज्दालाई समग्रमा २–१ ले पराजित गरेको थियो ।

अब सेरिफले समूह चरणमै हेवीवेट साविकको विजेता चेल्सी, पेरिस सेन्ट जर्मेन (पीएसजी), बार्सिलोना र युभेन्ट्सको समूहमा पर्ने सम्भावना छ ।

पहिलो राउन्ड
टेउटा डुरेसविरुद्ध सेरिफ (०–)
सेरिफविरुद्ध टेउटा डुरेस (–०)

दोस्रो राउन्ड
एलसाकर्टविरुद्ध सेरिफ (०–)
सेरिफविरुद्ध एलासकर्ट (–१)

तेस्रो राउन्ड
एफके क्रेभेना जेभेज्दाविरुद्ध सेरिफ (१–१)
सेरिफविरुद्ध एफके क्रेभेना जेभेज्दा (–०)

चौथो राउन्ड
सेरिफ
विरुद्ध डिनामो जाग्रिव (–०)
डिनामो जाग्रिवविरुद्ध सेरिफ (०–०)

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

Success

Thank you for your time.